Worksheetsप्रश्न नं — २
Total questions: 56
Worksheet time: 19mins
‘समझ’को पर्यायवाची शब्द.. हो ।
सक्कल
अक्कल
नक्कल
‘जोर’ को विपरीतार्थी शब्द ........... हो ।
खोर
निचोर
बिजोर
................... अनेकार्थक शब्द हो ।
हाल
बेहाल
नहाल
यस–यश .........शब्द हुन् ।
अनेकार्थी,
श्रुतिसमभिन्नार्थी
लघुतावाची
अनेकार्थी शब्द ...................... हो ।
पुतली
पुष्प
पुञ्ज
‘उन्नति’ को विपरीतार्थी शब्द ...... हो ।
प्रगति
अवनति
प्रकृति
‘रवि’ को पर्याययवाची शब्द ........ हो ।
भानु
शशी
छानु
‘पूर्वीय’ को विपरीतार्थी शब्द ..... हो ।
पूर्वाध
पाश्चात्य
पूर्वतर्फ
.................. अनेकार्थी शब्द हो ।
कसार
कछाड
कपास
‘कृतज्ञ’ को विपरीतार्थक शब्द ................ हो ।
कृदन्त
कृतघ्न
कृपा
.................... श्रुतिसमभिन्नार्थी शब्द हुन् ।
पत्ति–पट्टि
पट्टि–पट्टी
पट्टी–पत्ती
‘मुलुक’को पर्यायवाची शब्द .......... हो ।
मूल
देश
माटो
................... अनेकार्थी शब्द हो ।
माल
झगडा
रडाँको
‘अपेक्षा’ को विपरीतार्थक शब्द ...... हो ।
अनपेक्ष
उपेक्षा
विपक्ष
अनेकार्थी शब्द .......................... हो ।
तार
चार
घार
‘परदेश’ को पर्यायवाची शब्द ............ हो ।
प्रदेश
विदेश
स्वदेश
‘निरपेक्ष’ को विपरीतार्थी शब्द .......... हो ।
विपक्ष
परिपेक्ष
सापेक्ष
‘जुन—जून’ ...................... शब्द हुन् ।
अनेकार्थी
पर्यायवाची
श्रुतिसमभिन्नार्थी
.............. अनेकार्थी शब्द होइन ।
नाल
गोल
साहु
‘परिधान’ को पर्यायवाची शब्द ................ हो ।
उपाधि
पर्यावरण
पोसाक
‘स्वतन्त्र’ को विपरीतार्थी शब्द ............ हो ।
स्वतन्त्र
लोकतन्त्र
परतन्त्र
.......... श्रुतिसमभिन्नार्थी शब्द हुन् ।
फल—फुल
धर—मर
पाली—पालि
............. अनेकार्थक शब्द होइन ।
वर
कर
मन
‘सङ्कीर्ण’ को विपरीतार्थी शब्द ........ हो ।
उद्धार
उदार
चुत्थो
‘हावा’ को पर्यायवाची शब्द ............ हो ।
समिर
चन्द्र
वृक्ष
............... श्रुतिसमभिन्नार्थक शब्द हुन् ।
पूरा–पुरा
छल–बल
विरोध–शान्ति
‘दुर्गम’ को विपरीतार्थी शब्द ...... हो ।
ठाउँ
सुगम
पहाड
‘पृथ्वी’ को पर्यायवाची शब्द .......होइन ।
अवनि
धर्ती
आकास
‘लम्पट’ ......शब्द हो ।
अनेकार्थी
लघुतावाची
पर्यायवाची
............. श्रुतिसमभिन्ननार्थी शब्द हुन
गाउँ–ठाउँ
जन्म–मृत्यु
दिन–दीन
‘उच्च’ को विपरीतार्थी शब्द ....हो ।
ङिच्च
निम्न
समुच्च
‘सगर’ को पर्यायवाची शब्द .....होइन ।
समुद्र
नभ
व्योम
‘हल’ ...........शब्द हो ।
समूहवाची
लघुतावाची
अनेकार्थी
............... श्रुतिसमभिन्नार्थक शब्द हुन् ।
प्याट्ट–प्वाट्ट
च्यात्त–च्वात्त
भोक–भोग
‘स्मृति’ को पर्यायवाची शब्द ........ हो ।
विस्मृति
बेहोसी
सम्झना
............. अनेकार्थी शब्द होइन ।
खाल
धार
धर्म
शिला—सिला............... शब्द हुन् ।
अनेकार्थी
पर्यायवाची
श्रुतिसमभिन्नार्थी
दिन—दीन ....................शब्द हुन् ।
अनेकार्थी
पर्यायवाची
श्रुतिसमभिन्नार्थी
‘चक्षु’ को पर्यायवाची शब्द ........हो ।
आँखा
छाला
छाती
‘शुद्ध’ को विपरीतार्थी शब्द .......हो ।
स्वच्छ
अशुद्ध
विशुद्ध
‘मुद्रा’ को अर्थ ............... होइन ।
लास
अनुहार
पैसा
‘सापेक्ष’ को विपरीतार्थी शब्द ......... हो ।
प्रत्यक्ष
अदक्ष
निरपेक्ष
‘अभिमान’ को पर्यायवाची शब्द ......... होइन ।
अहङ्कार
सेखी
अभियान
‘अनल’ शब्दको पर्यायवाची शब्द ..........हो ।
पावक
ढोलक
समीर
‘पतन’ शब्दको विपरीतार्थक शब्द .......... हो ।
नूतन
उत्थान
कप्तान
.......... अनेकार्थी शब्द हो ।
बेला
कुबेला
अबेला
.......... श्रुतिसमभिन्नर्थाक शब्द हो ।
मुहार—प्रहार
खयर—वयर
कोट—कोत
......... श्रुतिसमभिन्नार्थी शब्द हुन् ।
गर्भ—गर्व
पक्ष—विपक्ष
साँचो—साँचो
............ अनेकार्थी शब्द होइन ।
ढिडो
टीको
छिटो
‘युक्ति’ को पर्यायवाची शब्द ..... हो ।
उपाय
मुक्ति
शक्ति
स्वतन्त्र शब्दको विपरीतार्थी शब्द ......... हो ।
स्वाधीन
परतन्त्र
पराधीन
......... श्रुतिसमभिन्नार्थी शब्द हुन् ।
तिर—तीर
झीर—भीर
थिर—धीर
‘हार’ शब्दको अर्थ .............होइन ।
पराजय
माला
प्रहार
‘अर्थ’ को विपरीतार्थक शब्द ...... हो ।
व्यर्थ
अनर्थ
स्वार्थ
‘आकाश’ को पर्यायवाची शब्द ........... हो ।
गगन
पाताल
पृथ्वी
.............. श्रुतिसमभिन्नार्थी शब्द हुन् ।
सिता—सीता
मित—सित
भारी—सारी
