wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

nepali 5

Total questions: 30

Worksheet time: 43mins

Name
Class
Date
1.

किसान कविताका रचनाकार को हुन् ?

a)

लक्ष्मीप्रसाद देवाकाेटा

b)

दैवज्ञराज न्यौपाने

c)

सिद्धिचरणा श्रेष्ठ

d)

माेतीराम भट्ट

2.

समूहवाचक नाम......... हाे ।

a)

ताँती

b)

फलाम

c)

हिमाल

d)

माया

3.

विशेषण शब्दमा चिह्न लगाऊ ।

a)

अल्छी

b)

हामी

c)

बिस्तारै

d)

पढ्छु

4.

शिक्षकले प्रार्थना गराउनुभयाे । कुन लिङ्ग हाे ?

a)

पुलिङ्ग

b)

स्त्रीलिङ्ग

c)

नपुंसकलिङ्ग

5.

खाली ठाउँमा मिल्ने नामयोगी भर ।

हाम्राे घर पूर्व .................... फर्केकाे छ ।

a)

पट्टि

b)

नेर

c)

बारे

d)

अगाडि

6.

खाली ठाउँमा मिल्ने क्रियायाेगी भर ।

पाठाे ....................उफ्रियाे ।

a)

बुर्लुक्क

b)

टुकुटुक

c)

तुरून्त

d)

जुरुक्क

7.

तलको खाली ठाउँमा मिल्ने संयोजक भर ।

तिमी गृहकार्य गर ....................... गुरूले गाली गर्नुहुनेछ ।

a)

तर

b)

नत्र

c)

वा

d)

अनि

8.

कठै शब्द .....................हाे ।

a)

नामयाेगी

b)

क्रियाविशेषण

c)

निपात

d)

विस्मयादिबाेधक

9.

उन्नति काे उल्टाे अर्थ दिने शब्द.......... हाे ।

a)

विनाश

b)

उकालाे

c)

अवन्रति

d)

धेरै

10.

दलहन शब्दकाे अर्थ ......................हाे ।

a)

गेडागुडी

b)

चियाबिस्कुट

c)

कुटाइ

d)

साथी

11.

खाली ठाउँमा मिल्ने क्रियापद भरेर वाक्य पूरा गर ।

मेराे साथी सधैँ गृहकार्य .................... ।

a)

गर्छ

b)

गर्छन्

c)

गर्नुहुन्छ

d)

गर्छाैँ

12.

दीर्घ उकार लागेको शब्द कुन हो ?

a)

कापी

b)

सुख

c)

धूप

d)

पोको

13.

कुन चाहिँ रेफ् लागेको शब्द हो ?

a)

साँचो

b)

केरा

c)

पर्व

d)

ऋषि

14.

तलका मध्ये परिमाणबोधक विशेषण कुन हो ?

a)

यो

b)

त्यो

c)

कालो

d)

धेरै

e)

नराम्रो

15.

तल दिइएका चित्रमध्ये तेस्रो पुरुष बुझाउने चित्रमा चिह्न लगाऊ ।

a)
b)
c)
16.

शुद्ध शब्दमा चिह्न लगाऊ ।

a)

दुस्ट

b)

दुष्ट

c)

दुश्ट

d)

दुष्त

17.

कुन नदीको ढुङ्गोलाई देवता मानिन्छ ?

a)

सप्तकोसी

b)

कालीगडकी

c)

नारायणी

d)

तामाकोसी

18.

बहुवचन बुझाउने वाक्य कुन हो ?

a)

उहाँ मेरो मामा हुनुहुन्छ ।

b)

तपाईं आज यहीँ बस्नुहोस् ।

c)

म भजन गाउँछु ।

d)

तिनीहरू केही नबोली बस्दैनन् ।

19.

तल दिइएका शब्दमध्ये निपातमा चिह्न लगाऊ ।

a)

आहा !

b)

तर्फ

c)

ब्यारे

d)

खुरुक्क

20.

तल दिइएको भनाइ कसले कसलाई भनेको हो ?

फेरि तपार्ईँलाई कसैले दियो भनौँ भने गाउँमा कोही दानी छैनन् ।

a)

गाउँलेले वृद्धालाई भनेको हो ।

b)

अधबैँसे मानिसले वृद्धालाई भनेको हो ।

c)

सुँगाले वृद्धालाई भनेको हो ।

d)

वृद्धाले अधबैँसे मानिसलाई भनेको हो ।

21.

तल दिइएको गाउँखाने कथाको सही उत्तरमा चिह्न लगाऊ ।

हुन पनि हो, छन पनि छ, खोज्दा पनि पाइँदैन, चाहिँदा पनि चाहिँदैन, के हो ?

a)

भूकम्प

b)

पहाड

c)

आकाश

d)

आगो

22.

तल दिइएका मध्ये कुन अनुकरणात्मक शब्द होइन ?

a)

लटरम्म

b)

टहटह

c)

छामछामछुमछुम

d)

वारिपारि

23.

हिमाली भेगमा फल्ने खानेकुरामा चिह्न लगाऊ ।

a)

मकै, कोदो र अम्बा

b)

जौ, स्याउ र फापर

c)

धान, गहुँ र नरिवल,

24.

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म कुन जिल्लामा भएको थियो ?

a)

चितवन

b)

मकवानपुर

c)

ललितपुर

d)

कास्की

25.

घरको पर्यायवाची शब्द...............हुन् ।

a)

गृह

b)

सदन

c)

निकेत

d)

माथिका सबै

26.

तल दिइएका मध्ये कुन जंगली जनावर होइन ?

a)
b)
c)
d)
27.

ठीक उत्तरमा चिह्न लगाऊ ।

वृद्धाले जंगलमा के भेट्टाइन् ?

a)

मन्दिरनजिकै सुँगा

b)

जंगलमा छटपटाइरहेको सुँगा

c)

अधबैँसे मानिस

d)

सिकारीले घाइले बनाएको ढुकुर

28.

तल दिइएका शब्दमध्ये कुन निपात होइन ?

a)

खै

b)

नाइँ

c)

अगाडि

d)

अरे

29.

तल दिइएका चित्रमध्ये कृषि पेसा बुझाउने चित्रमा चिह्न लगाऊ ।

a)
b)
c)
d)
30.

तल दिइएका मध्ये सुन्दा उस्तै सुनिने तर अर्थ फरक हुने शब्दमा चिह्न लगाऊ ।

a)

सित–शीत

b)

छमछम

c)

चक्षु–आँखा

d)

तल–माथि