wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

nepali l -4

Total questions: 30

Worksheet time: 30mins

Name
Class
Date
1.

गाउँछ गीत नेपाली कविता कसले रचना गरेकाे हाे ?

a)

माधवप्रसाद घिमिरे

b)

दैवज्ञराज न्याैपाने

c)

सिद्धिचरणा श्रेष्ठ

d)

लेखनाथ पाैड्याल

2.

खाली ठाउँमा मिल्ने क्रियापद भर ।

उनीहरू मिलेर ................................. ।

a)

बस्छ

b)

बस्छन्

c)

बस्छस्

d)

बस्नुहुन्छ

3.

तलका विकल्प मध्ये विशेषण शब्द कुन चाहिँ हो ?

a)

पसल

b)

असल

c)

कलम

d)

कमल

4.

नाम कति प्रकारका हुन्छन् ?

a)

चार

b)

पाँच

c)

d)

सात

5.

समूहवाचक नाम कुन हाेइन ?

a)

थुप्रो

b)

सगरमाथा

c)

फौज

d)

ताँती

6.

राम्रो, गुलियो, सानो, धनी कुन विशेषणमा पर्छन् ?

a)

परिमाणबोधक विशेषण

b)

संख्याबोधक विशेषण

c)

गुणबोधक विशेषण

d)

सार्वनामिक विशेषण

7.

गुरुलाई के गर्नुपर्छ ?

a)

श्रद्धा

b)

अपमान

c)

तिरस्कार

d)

माथिका सबै

8.

तलका मध्ये कुन शब्द शुद्ध हाे ?

a)

मउका

b)

माैका

c)

मउवका

d)

माैवका

9.

धरती शब्दकाे अर्थ कुन हाेइन ?

a)

पृथ्वी

b)

विश्व

c)

संसार

d)

बादल

10.

काकाकाे स्त्रीलिङ्गी शब्द............हाे ।

a)

नातिनी

b)

काकी

c)

नारी

d)

भाउजू

11.

खाली ठाउँमा मिल्ने शब्द भर ।

....................मा खाता खाेली पैसा जम्मा गरिन्छ ।

a)

हाटबजार

b)

बैंक

c)

अस्पताल

d)

पुलिस चाैकी

12.

तल दिइएका मध्ये कुन शब्दमा दीर्घ इकार लागेकाे छ ?

a)

गीत

b)

किरण

c)

कुबेर

d)

भाेक

13.

तलका मध्ये कुन संयाेजक खाली ठाउँमा मिल्छ ?

बिस्तारै हिँड................... लडिन्छ ।

a)

वा

b)

c)

नत्र

d)

तर

14.

तलका मध्ये कुन शब्द नामयाेगी हाे ?

a)

अलिकति

b)

c)

छिः

d)

तर्फ

15.

तल दिइएका मध्ये बहुवचनको वाक्य कुन हो ?

a)

केटो भकुन्डो खेल्छ ।

b)

चरो रूखमा बसेको छ ।

c)

केटाहरू भकुन्डो खेल्छन् ।

d)

तिमी सधैँ गृहकार्य गर्छौ ।

16.

धनीकाे उल्टो अर्थ आउने शब्द कुन होे ?

a)

माग्ने

b)

सम्पत्ति

c)

गरिब

d)

पैसा

17.

तिमीले पढेको कविताका आधारमा आकाशमा कति तारा चम्कन्छन् ?

a)

नौ लाख

b)

पचास लाख

c)

सात लाख

d)

पन्ध्र लाख

18.

तलको खाली ठाउँमा मिल्ने क्रियाविशेषण शब्द भर ।

बहिनी ओछ्यानमा .................निदाइछे ।

a)

टक्क

b)

खुरुक्क

c)

भुसुक्क

d)

मुसुक्क

19.

खाली ठाउँमा मिल्ने विस्मयादिबाेधक शब्द भर ।

.....................कस्ताे जाडाे भयाे ।

a)

बिचरा !

b)

उफ् !

c)

आत्था !

d)

आच्छु !

20.

तल दिइएका वाक्यमध्ये तेस्रो पुरुषमा चिह्न लगाऊ ।

a)

उहाँले हामीलाई माया गर्नुहुन्छ ।

b)

तिमी किन हिजोआज त्यति बोल्दैनौ ?

c)

तपाई आज यहीँ बस्नुहोस् ।

d)

हामी ज्ञानी छौँ ।

21.

कुन चाहिँ रेफ् लागेको शब्द हो ?

a)

साँचो

b)

ऋषि

c)

खर्च

d)

बोको

22.

सर्वनाम शब्दमा चिह्न लगाऊ ।

a)

मीठो

b)

राम

c)

d)

मुसुक्क

23.

.................................श्रुतिसमभिन्नार्थक शब्द हो ।

a)

पारि–पारी

b)

तल–माथि

c)

जुरुक्क

d)

साँझ

24.

तल दिइएको गाउँखाने कथाको सही उत्तरमा चिह्न लगाऊ ।

हरियो रङको डल्ले दाइको पेटभरि दाना, आँखा तिखा पार्नुपर्छ खाएर यो खाना, के हो ?

a)

मरिच

b)

लसुन

c)

अदुवा

d)

खुर्सानी

25.

मिल्ने विभक्ति खाली ठाउँमा भर ।

तिमी कुन बस ....................................आयौ ?

a)

ले

b)

बाट

c)

को

d)

लाई

26.

तल दिइएका मध्ये चन्द्रविन्दु लागेको शब्दमा चिह्न लगाऊ ।

a)

ऐना

b)

क्रमशः

c)

खाँचो

d)

अंश

27.

तल दिइएका चित्रमध्ये घरपालुवा जनावर कुन हो ?

a)
b)
c)
d)
28.

तल दिइएका मध्ये प्रश्नवाचक वाक्यमा चिह्न लगाऊ ।

a)

आच्छु ! कति चिसो पानी ।

b)

तिम्रो घर कहाँ छ ?

c)

मेरो विद्यालय बन्द छ ।

d)

आज मैले अम्बा, स्याउ र आँप खाएँ ।

29.

खाली ठाउँमा मिल्ने शब्द भर ।

.................................सद्भाव र उमङ्ले मनाइन्छ ।

a)

चाडपर्व

b)

रोपाइँ

c)

फजुल खर्च

d)

बसाइँसराइ

30.

तल दिइएका चित्रमध्ये वागमती नदीको किनारमा कुन मन्दिर छ ?

a)
b)
c)
d)