wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाली भाषा शिक्षण

Total questions: 15

Worksheet time: 30mins

Name
Class
Date
1.

भाषाशिक्षणलाई कुन कुराको शिक्षण मान्नु उपयुक्त हुन्छ ?

a)

भाषा व्यवहार

b)

भाषा सिद्धान्त

c)

भाषा व्यवस्था

d)

भाषा वैशिष्ट्य

2.

दोस्रो भाषा सिकाइमा कस्तो वातावरण हुन्छ ?

a)

परिचित

b)

अपरिचत

c)

अनियन्त्रित

d)

नियन्त्रित

3.

वर्णविभेदीकरणको अभ्यास गराउँदा कस्ता शब्दयुग्म बढी प्रभावकारी हुन्छन् ?

a)

सार्थक सार्थक

b)

निरर्थक सार्थक

c)

सार्थक निरर्थक

d)

निरर्थक निरर्थक

4.

बोलाइसँग असम्बन्धित क्रियालाप कुन हो ?

a)

कुराकानी

b)

बुँदा टिपोट

c)

मौखिक प्रतिवेदन

d)

भाषण

5.

क्षेत्रीयता तथा स्थानियताको प्रभाव हटाउन गरिने शिक्षण कुन हुन् ?

a)

उच्चारण शिक्षण

b)

सुनाइ शिक्षण

c)

पठनबोध शिक्षण

d)

श्रुतिलेखन शिक्षण

6.

भाव, विचार, शैली को मौलिकताका साथ काल्पनिक उडानमा प्रस्तुत गर्नुलाई कस्तो लेखन भनिन्छ ?

a)

यान्त्रिक लेखन

b)

निर्देशित लेखन

c)

व्यहारिक लेखन

d)

सृर्जनात्मक लेखन

7.

‘व्याकरणभित्र भाषा छ र भाषा व्याकरणबद्ध छ’ भन्ने मान्यता कुन विधिको हो ?

a)

आगमन विधि

b)

निगमन विधि

c)

प्रत्यक्ष विधि

d)

भाषापाठ्यपुस्तक विधि

8.

लेखाइ शिक्षणको क्रियाकलाप कुन होइन ?

a)

वस्तु तथा चित्र वर्णन

b)

प्रश्नोत्तर लेखन

c)

बुँदा टिपोट

d)

अन्तर्क्रिया

9.

उच्चारण शिक्षणको उद्देश्य कुन होइन ?

a)

क्षेत्रीयताको प्रभाव हटाउन

b)

भाषिक प्रभाव हटाउन

c)

व्यक्तित्व विकास गराउन

d)

अभिव्यक्तिमा सुधार ल्याउन

10.

कुनचाहिँ भाषा शिक्षणको सामान्य सिद्धान्त भित्र पर्दैन ?

a)

रूचिपूर्णता

b)

एककालिकता

c)

स्तरीयता

d)

निगमनात्मकता

11.

एककालिकताको सिद्धान्तअनुरूप भाषाको शिक्षण कसरी गराउनु राम्रो हुन्छ ?

a)

चारवटै सीपलाई बेग्ला–बेग्लै गरेर

b)

पूरक वा सन्दर्भ सामग्री उपयोग गरेर

c)

चारवटै सीपलाई आबद्ध गरेर

d)

पाठ्यपुस्तक र भाषिक अनुभवहरूको उपयोग गरेर

12.

द्रुत पठनको विकासका लागि कस्ता पाठ्यसामग्री बढी उपयुक्त हुन्छ ?

a)

आख्यानात्मक

b)

प्राविधिक

c)

विचारप्रधान

d)

विश्लेषणात्मक

13.

नेपालीका लागि विदेशी भाषा र जापानीको लागि स्वदेशी भाषा कुन हो ?

a)

नेपाली र जापानी

b)

जापानी र नेपाली

c)

नेपाली र नेपाली

d)

जापानी र जापानी

14.

आदानात्मक सिपभित्र कुन कुन भाषिक सिपहरु पर्दछन् ?

a)

सुनाइ, बोलाइ , पढाइ र लेखाइ

b)

सुनाइ र बोलाइ

c)

पढाइ र बोलाइ

d)

पढाइ र सुनाइ

15.

भाषापाठशालाहरु कहिले स्थापना भएका थिए?

a)

वि सं.१९५८

b)

वि सं.१९६७

c)

वि सं.१९९०

d)

वि सं.२०५८