NEW
Font size
Worksheetsनेपाली कक्षा ८
Total questions: 25
Worksheet time: 13mins
'युगकवि सिद्धिचरण श्रेष्ठ'को जन्म वि.सं. ...... मा भएको थियो ।
वि.सं. २०५९
वि. सं. २०४९
वि. सं. १९६९
'भाग्य' कथाकी लेखिका ..... हुन् ।
देवकुमारी थापा
सुधा त्रिपाठी
रवीन्द्रनाथ ठाकुर
'अविस्मरणीय' शब्दको अर्थ के हो ?
बिर्सन सकिने
बिर्सन नसकिने
सम्झन नसकिने
पञ्चमी विभक्तिबाट ....... कारक बन्दछ ।
करण कारक
अधिकरण कारक
अपादान कारक
तलका मध्ये ............... शुद्ध रूप हो ।
विशिष्ट
वीशिष्ट
वीशीष्ट
'ग्रन्थचित्र' बनाउने कागजका लागि पहिले ........ को प्रयोग गरिन्थ्यो ।
अल्लो र नेपाली कागज
अल्लो र ताडपत्र
भोजपत्र र ताडपत्र
'वास्तुकला' भनेको ............ निर्माण गर्ने कला वा सिप हो ।
घर, दरबार, देवालय आदि
घर, बाटो र पुल
धार्मिकस्थलहरू मात्र
निवेदनमा भनिएअनुसार राष्ट्रियस्तरको कविता प्रतियोगिता ............सम्मानमा हुँदै थियो ।
साहित्यकारहरूको
समाजसेवीको
सहिदहरूको
राम्रो, फाटेको, बाङ्गो, आदि .............बोधक विशेषण हुन् ।
सङ्ख्याबोधक
परिमाण वा मात्राबोधक
गुणबोधक
पाँच भाइ पाण्डवमा जेठा युधिष्ठिर हुन् भने सय भाइ कौरवमध्येमा जेठा ......... हुन् ।
भीम
दुर्योधन
दुशासन
द्रोणका साला 'कृप' .............. का राजगुरू थिए ।
हस्तिनापुर
उत्तर पाञ्चाल
महेन्द्र पर्वत
पहाडको उकालो सिद्धिने ठाउँ, थुम्की वा भञ्ज्याङ परेको ठाउँलाई
............ भनिन्छ ।
समस्थली
ओराली
देउराली
'तिमी स्कुल जाऊ' भन्ने वाक्य आज्ञार्थक वाक्य हो भने 'तिमी स्कुल गए' भन्ने वाक्य कस्तो वाक्य हो ?
सामान्यार्थ
इच्छार्थ
सम्भावनार्थ
'मलाई भेट्न सबै जना आएका थिए' भन्ने वाक्यको अकरण : ...................... भन्ने हुन्छ ।
मलाई भेट्न कोही पनि आएका थिएनन् ।
मलाई भेट्न सबै जना आएका थिएनन्
मलाई भेट्न कोही कोही मात्र आएका थिएनन् ।
''राजले किताब झोलामा राख्यो'' भन्ने वाक्यमा अधिकरण कारक .......... हो ।
राज
झोला
किताब
नेपालका जनजातिलाई विश्वमा चिनाउने काम ..................द्वारा लिखित 'फेसेज अफ नेपाल' नामक पुस्तकले गरेको थियो ।
शारदा शर्मा
सुधा त्रिपाठी
हर्क गुरूङ
प्राकृतिक वातावरण विकृत भयो भने ...................देखा पर्छ ।
विसङ्गति
स्वच्छ वातावरण
धेरै उत्पादन
पाठअनुसार विजय खेल र पढाइ दुवैमा सफल हुनुको कारण के हो ?
धेरै प्रयास मात्रै गर्नु
तन मन लगाएर गर्नु
अरू कुराको चिन्ता नलिई गर्नु
प्रभाकरले अमेरिकामा बसी कृषि क्षेत्रको .............. विषयमा ज्ञान प्राप्त गरेका रहेछन् ।
बजारीकरण
सरलीकरण
आधुनिकीकरण
महिलाको भेषमा नाच्ने र गाउने पुरूषलाई ...........भनिन्छ ।
सहेली
मारूनी
सोरठी
हिजो, तल, ढकमक्क, खान आदि शब्दवर्गका कुन वर्गमा पर्दछन् ?
विस्मयादिबोधक
संयोजक
क्रियायोगी
''आज बिहान आमाद्वारा म कुटिएँ'' भन्ने वाक्यको कर्तृवाच्य बनाउँदा .......... हुन्छ ।
आज बिहान आमाले मलाई कुट्नुभयो ।
आज बिहान आमालाई मैले कुटेँ।
आज बिहान आमा मलाई कुट्नुहुन्छ ।
'चन्द्रमा' शब्दसँग सबै मिल्ने तलकामध्ये कुन शब्द समूह हो ?
जून, भानु, रवि, धरणी
जून, चन्द्र, शशि, इन्दु
जून, घाम, गगन, चन्द्रमा
'अग्लो'को 'होचो', 'वारि'को 'पारि', 'भिरालो'को 'समथर' भएझैँ ''रक्षक'' शब्दको विपरीतार्थी शब्द के हुन्छ ?
संरक्षक
आरक्षण
भक्षक
'एउटा घटना' पाठ कस्तो कथा हो ?
नेपाली समाजका कुरीतिमा आधारित
विद्यार्थीको मनोविज्ञानमा आधारित
पाैराणिक कथामा आधारित
