NEW
Font size
WorksheetsNRNC Bible Quiz "1 Corinthians 16 & 2 Corithians 1-5"
Total questions: 30
Worksheet time: 30mins
किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो "के"ले बनाइएको होइन?
माटो
ढुँगा
हात
अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू:
प्रत्येक "के"को पहिलो दिन तिमीहरू हरेकले आ-आफ्नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्मा गर्दै राख्नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्?
हप्ता
महिना
वर्ष
यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं।
हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्वरको "के"लाई हेरफेर गर्न इन्कार गर्छौं। तर सत्यको वचन खुलस्त गरी घोषणा गर्दै परमेश्वरको दृष्टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्य तुल्याउँछौं?
वचन
अनुग्रह
आशिष
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई, र साथै सारा अखैयामा भएका सबै सन्तहरूलाई:
परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई "के"?
शान्ति
अनुग्रह
अनुग्रह र शान्ति
के फेरि हामी आफ्नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र?
"को"हरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ?
हामी
तिमी
तिनी
तिमीहरूलाई कष्ट दिन अर्को पल्ट फेरि नआउने नै मैले निश्चय गरें।
किनकि मैले तिमीहरूलाई दु:खित तुल्याएँ भने मैले दु:खित तुल्याएको त्यस मानिसबाहेक अरू कसले मलाई "के" तुल्याउने र?
खुशी
दुखी
अब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई "के"को रूपमा पवित्र आत्मा दिनुभएको छ?
सल्लाहकार
बैना
मित्र
सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन।
जे गर्छौ ती सबै "के"मा गरिएका होऊन्?
प्रेम
एकता
समझदारी
जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस्” भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति
"कस"को मुहारमा चम्कोस्?
ख्रीष्ट
विश्वासी
उहाँले हामीलाई सबै दु:खमा "के" दिनुहुन्छ, ताकि हामीले पनि "के" दिन सकौं?
ढाडस
प्रोत्साहन
सान्त्वना
नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्मा ले जीवन दिनुहुन्छ
यो वचन सही छ कि बेठीक
ठीक
बेठीक
किनभने तिमीहरूलाई दु:खी तुल्याउन होइन, तर तिमीहरूप्रति भएको मेरो प्रशस्त "के" तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें?
प्रेम
वास्ता
चिन्ता
किनकि हामी विश्वासद्वारा हिँड्छौं, "कुन" कुराको आधारमा होइन?
आशा गरेको
भविष्य
देखिने
भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्तिफनासका घराना अखैयामा विश्वास गर्नेहरूमा प्रथम हुन्। तिनीहरूले सन्तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्।
यो वचन ठीक छ कि बेठीक
ठीक
बेठीक
तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ।
ठीक
बेठीक
हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो।
ठीक
बेठीक
किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने, "के" ठहराउने सेवा ज्यादै बढ़ी महिमामय हुन्छ?
धर्मी
पवित्र
जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरेको छु,
ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका "के"हरूका विषयमा हामी अजान छैनौं?
युक्ति
धुर्त्ता
शक्ति
किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।
ठीक
बेठीक
स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित भएँ, किनकि तिमीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए।
किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई पनि उत्साहित तुल्याए। यस्ता मानिसहरूको कदर गर?
ठीक
बेठीक
हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं। अन्योलमा परेका छौं, तर हताश भएका छैनौं।
सताइएका छौं, तापनि त्यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि "के" पारिएका छैनौं।
थकित
नष्ट
दुखित
किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी “के” भन्छौं?
आमेन
हल्लेलुयाह
हामी मोशाजस्तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखून् भनेर "के" गर्थे।
आफ्नो अनुहारमा घुम्टो हाल्ने
दुखित हुने
चिन्तित हुने
तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सधैँ "के"को निम्ति डोर्याउनुहुन्छ, र उहाँको ज्ञानको सुबास्ना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ?
साक्षी
आशिष
विजय
यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।
२ कोरिन्थी ३:१७
२ कोरिन्थी ५:१७
२ कोरिन्थी ४:१७
किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई पनि उत्साहित तुल्याए। यस्ता मानिसहरूको "के" गर?
कदर
विश्वास
प्रशंसा
किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी "के" धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदैजान्छ, त्यसरी नै परमेश्वरका महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दैजाओस्?
अनुग्रह
कृपा
प्रेम
तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्नो विश्वासमा तिमीहरू "के" छौ?
अस्थिर
स्थिर
कमजोर
अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ "के" हुन्छ?
स्वतन्त्रता
ठुला काम
आश्चर्यकर्म
किनकि धेरै मानिसहरूसरह हामी परमेश्वरको वचन "के" गर्ने होइनौं, तर परमेश्वरले पठाउनुभएको निष्कपट मानिसको रूपमा हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोल्दछौं।
पुरा
सम्झोता
व्यापार
