NEW
Font size
WorksheetsNRNC Bible Quiz "कलस्सी १-४ अध्याय"
Total questions: 29
Worksheet time: 15mins
कलस्सी अहिलेको कुन देशमा पर्छ?
टर्की
इटली
एफिसीहरूलाई लेखेको पावलको यो पत्र तुखिकस भन्ने पावलका एक जना सहयोगीले आफ्नै हातले पुर्याइदिए।
ठीक
बेठीक
पावलबाट "तिमीहरूका "केको" निम्ति प्रार्थना गर्न छोड़ेका छैनौं" भन्दै हुनु हुन्थियो?
उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ
उहाँको इच्छाको ज्ञानले सारा आत्मिक आशिष र समझमा तिमीहरू पूर्ण होओ
उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र ज्ञानमा तिमीहरू पूर्ण होओ
उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र "के" भित्र हामीलाई सार्नुभएको छ?
स्वर्गीय राज्य
परमेश्वरको राज्य
आफ्ना प्रिय पुत्रको राज्य
तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका आत्मिक शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ–
ठीक
बेठीक
यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, "के" भएँ?
सेवक
धर्म-सेवक
युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका "कोहरु"लाई प्रकट भएको छ?
प्रजा
सन्तहरू
प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा "के" बनाई प्रस्तुत गर्न सकौं।
नमुना
परिपक्व
साक्षी
मेरो अन्तस्करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्ति "के" गर्दछु।
प्रार्थना
कठोर परिश्रम
उहाँमा नै ज्ञान र बुद्धिका सारा आशिष लुकेका छन्।
ठीक
बेठीक
यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा "के गर"?
काम गर
जीवन बिताओ
विश्वास गर
ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर "कस" को परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्?
संसार
मानिस
शैतान
हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो।
ठीक
बेठीक
यस्ताहरूले ख्रीष्ट, अर्थात् "के"लाई समातिराख्दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दैजान्छ।
शिर
जरा
"नहेर, “नसमात, नचाख, नछोओ”
ठीक
बेठीक
उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै "के"का हुँदैनन्?
ज्ञान
मूल्य
यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको देब्रे बाहुलीपट्टि बस्नुभएको छ।
ठीक
बेठीक
माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन।
कलस्सी २:२
कलस्सी ३:२
कलस्सी ३:५
यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो "के" हो?
शैतानिक कुरा
पाप
मूर्तिपूजा
यी सबैभन्दा बढ़ी बरु "के" धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ?
ज्ञान
प्रेम
विश्वास
"के"मा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर?
कुरा
कुरा वा काम
काम
बुबा हो, आफ्ना छोराछोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू "के" हुनेछन्?
निराश
परेशान
अनाज्ञाकारी
किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा "के" हुँदैन?
पक्षपात
दोधार
"के" भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो?
सतर्क
उत्सुक
खुशी
समयको सदुपयोग गर्दै, "कता"काहरूसँग बुद्धिमानीसाथ व्यवहार गर।
भित्र
बाहिर
"के"ले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान?
मह
नून
मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास "कस"ले तिमीहरूलाई भन्नेछन्?
ओनेसिमस
तिमोथी
तुखिकस
बारनाबासको भानिज को थिए?
तिमोथी
मर्कूस
म पावल, यो अभिवादनचाहिँ आफ्नै हातले लेख्दैछु। मेरा "के"हरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्।
काम
साङ्ला
दु:ख
