wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

NRNC Bible Quiz "१ तिमोथी ४-६ अध्याय"

Total questions: 22

Worksheet time: 7mins

Name
Class
Date
1.

दासत्‍वका जुवामुनि हुने सबैले आ-आफ्‍ना "कस" लाई पूरा सम्‍मानको योग्‍य ठानून्‌, ताकि परमेश्‍वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्‌?

a)

मालिक

b)

परमेश्वर

2.

विश्‍वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्‍वासमा दाजुभाइ भन्‍दैमा "के" नगरून्‌?

a)

अनादर

b)

अविश्वास

c)

विश्वास

3.

यदि कसैले अरू सिद्धान्‍त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने,

a)

त्यसलाई केहि थाहा छैन

b)

त्‍यो घमण्‍डले फुलेको हुन्‍छ

c)

त्यो निर्बुद्धि हुन्छ

4.

सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो।

a)

ठीक

b)

बेठीक

5.

किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट "के"तिर लागेका छन्‌, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌?

a)

नरक

b)

कुमार्ग

c)

अविश्वास

6.

"के"को उत्तम लड़ाइँ लड़?

a)

भलाई

b)

विजयता

c)

विश्‍वास

7.

अनि धन्‍य र सर्वोच्‍च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्‍टको "के"लाई प्रकट गर्नुहुनेछ?

a)

प्रचार

b)

आगमन

c)

सुसमाचार

8.

यस संसारका "को"हरूलाई घमण्‍डी नहुने आज्ञा देऊ,?

a)

अविश्वासी

b)

धनी

c)

बुद्दिमानी

9.

यसरी आफ्‍नै लागि भविष्‍यको असल जग बसाल्‍न सकून्‌, ताकि तिनीहरूले त्‍यो जीवन पक्रिराखून्‌ जो साँच्‍ची नै "के" हो?

a)

आशिष

b)

जीवन

10.

तिमोथी, जे तिमीलाई सुम्‍पिएको छ, त्‍यो सुरक्षित राख। भक्तिहीन गनथन र खण्‍डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्‍याग गर।

यी कुराहरूका पछि लागेर कति जना आफ्‍नो "के"को लक्ष्यबाट चुकेर गएका छन्‌?

a)

जीवन

b)

विश्‍वास

c)

अनन्त

11.

पवित्र आत्‍मा प्रष्‍टै भन्‍नुहुन्‍छ, कि पछि आउने समयमा छली आत्‍मा र भूतप्रेतका सिद्धान्‍ततिर मन लाएर कोही विश्‍वासबाट तर्किजानेछन्‌।

a)

विवेकको कारणले

b)

ज्ञानको कारणले

12.

परमेश्‍वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्‍यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्‍कार गरिनुपर्दैन।

किनभने त्‍यो परमेश्‍वरको "के"ले चोखो तुल्‍याइन्‍छ?

a)

प्रार्थना

b)

वचन

c)

वचन र प्रार्थना

13.

भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई "के" मा तालीम देऊ?

a)

विश्वास

b)

भक्ति

c)

अनुशासन

14.

जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्‌, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक "के" बन?

a)

असल

b)

विश्वास योग्य

c)

उदाहरण

15.

तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान "को"हरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो?

a)

पास्टर

b)

एल्‍डर

c)

विशप

16.

आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले "कस" लाई समेत बचाउनेछौ?

a)

आफैलाई र विश्वास गर्नेहरु

b)

आफैलाई र सुन्‍नेहरू

c)

आफैलाई

17.

"कस्ता" मानिसलाई नहप्‍काऊ, तर तिनलाई बाबुलाई जस्‍तै गरी सम्‍झाऊ। आफूभन्‍दा सानाहरूसँग भाइसमान व्‍यवहार गर।

a)

कमजोर

b)

वृद्ध

18.

यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र "के" नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ?

a)

असल

b)

विश्‍वास

c)

खराब

19.

"कति" वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख?

a)

सत्तरी

b)

साठी

c)

पैंसठी

20.

मण्‍डलीको असल देखरेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्‌, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌।

a)

ठीक

b)

बेठीक

21.

“दाइँ गर्ने गोरुको मुखमा मोहोलो लगाउनू,”

a)

ठीक

b)

बेठीक

22.

पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि "के गर्ने" छन्‌?

a)

शिक्षा पाउने

b)

डराउने

c)

सहमत हुने