wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षा क्षेत्रमा विद्यमान रहेका नीतिगत व्यवस्थाहरु

Total questions: 11

Worksheet time: 6mins

Name
Class
Date
1.

बालविकास तथा शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन होइन ?

a)

प्रारम्भिक बालविकासलाई समन्वयात्मक रुपमा विस्तार गर्ने

b)

आधारभूत शिक्षाको जगलाई सुदृढ पारी बालवालिकाको चौतर्फी विकास गर्ने

c)

शिक्षाको तयारीका निम्ति बालविकास सेवामा पहुँच पुर्याउने

d)

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने

2.

बालविकास तथा शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

मूल्यमा आधारित सिप उन्मुख पेसागत तथा व्यावसायिक शिक्षालाई जोड दिने

b)

सुरक्षित विद्यालयहरुको निर्माण गर्ने

c)

आधारभूत शिक्षामा सबै नागरिकको हक सुनिश्चित गर्ने

d)

समुदाय र विद्यालयमा आधारित प्रारम्भिक बालविकास केन्द्रहरुको स्थापना र सञ्चालन गर्ने

3.

आधारभूत शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन होइन ?

a)

मूल्यमा आधारित सिप उन्मुख पेसागत तथा व्यावसायिक शिक्षालाई जोड दिने

b)

सुरक्षित विद्यालयहरुको निर्माण गर्ने

c)

आधारभूत शिक्षामा सबै नागरिकको हक सुनिश्चित गर्ने

d)

समुदाय र विद्यालयमा आधारित प्रारम्भिक बालविकास केन्द्रहरुको स्थापना र सञ्चालन गर्ने

4.

आधारभूत शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने

b)

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क पाउने हक हुने

c)

कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने

d)

उल्लिखित सबै

5.

आधारभूत शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन होइन ?

a)

बालमैत्री वातावरणमार्फत् गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको सुनिश्चितता गर्ने

b)

निशुःल्क र अनिवार्य आधारभूत शिक्षाको प्रभावकारी कार्यान्वयन गर्ने

c)

शिक्षालाई जीविकोपार्जन तथा पेसागत आवश्यकतासँग आबद्ध गराउने

d)

विद्यालय शिक्षालाई रोजगारमैत्री बनाउने

6.

माध्यमिक शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने

b)

दलित तथा सीमान्तकृत समुदायका बालवालिकाको लागि सबै तहको शिक्षा निशुःल्क बनाउने

c)

माध्यमिक तह (९-१२) को एकीकृत शिक्षा पद्दतिको प्रभावकारी कार्यान्वयन गर्ने

d)

उल्लिखित सबै

7.

उच्च शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानून बमोजिम निशुःल्क उच्च शिक्षा पाउने

b)

विद्यार्थीको क्षमता र योग्यताका आधारमा सबैका लागि उच्च शिक्षामा प्रवेश खुल्ला हुने

c)

गुणस्तर सुनिश्चितताका लागि राष्ट्रिय गुणस्तर प्रारुप तयार गरी सोको आधारमा शैक्षिक संस्थाहरु सञ्चालन भएको सुनिश्चित गरिने

d)

उल्लिखित सबै

8.

उच्च शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन होइन ?

a)

उच्च शिक्षामा अनुसन्धान एवम् प्रवर्तनलाई उच्च शिक्षा कार्यक्रमको अभिन्न अङ्गका रुपमा विकसित गरिनेछ ।

b)

उच्च शिक्षालाई राष्ट्र विकासका लागि सार्वजनिक, सामुदायिक, निजी र साझेदारी कार्यलाई प्रोत्त्साहित गरिनेछ ।

c)

उच्च शिक्षामा लगानीका क्षेत्र विस्तार गरी परिणाममुखी वित्तीय व्यवस्थापनको ढाँचा अवलम्बन गरिनेछ ।

d)

साक्षरतालाई उत्पादकत्त्वसँग आवद्ध गरी अभियानको रुपमा सञ्चालन गरिनेछ ।

9.

प्राविधिक शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

योग्य सक्षम प्रतिस्पर्धी र उत्पादनशील जनशक्ति तयार गर्न र सबैका लागि रोजगारीका अवसर सिर्जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरहरुको व्यापक विस्तार गर्ने

b)

व्यावसायिक तालिममा पहुँचको सुनिश्चितता र समावेशीकरण गर्ने

c)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि नेपाल सरकार र दातृ निकायको सयुक्त लगानीमा कोष स्थापना गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रभावकारी रुपमा सञ्चालन गर्ने

d)

उल्लिखित सबै

10.

अनौपचारिक शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

साक्षरतालाई उत्पादकत्वसँग आबद्ध गरी अभियानको रुपमा सञ्चालन गर्ने

b)

विभिन्न उमेर र वर्गका व्यक्तिहरुलाई उनीहरुको आवश्यकता अनुरुपको प्राज्ञिक तथा व्यावहारिक ज्ञान सिप र सूचन प्रदान गर्ने गरी अनौपचारिक शिक्षाको क्षेत्र विस्तार गर्ने

c)

सबैका लागि शिक्षाका अवसरहरु प्राप्त गर्न निजी सरकारी एवम् गैरसरकारी क्षेत्रलाई परिचालन गर्ने

d)

उल्लिखित सबै

11.

शिक्षक तालिमसम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

शिक्षक पेसागत विकासलाई आवश्यकतामा आधरित र नतिजामुखी बनाई शिक्षक दक्षता र उत्प्रेरणामा सुधार गर्ने

b)

शिक्षकको स्वप्रयत्नमा पेसागत दक्षतामा सुधार ल्याई शिक्षण व्यवहारमा देखिने परिवर्तन ल्याउने

c)

शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गरी विद्यार्थीको शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार ल्याउने

d)

उल्लिखित सबै