NEW
Font size
WorksheetsNRNC Bible Quiz "याकूब १-३ अध्याय"
Total questions: 20
Worksheet time: 7mins
बाइबलका विद्वानहरूमध्ये धेरै जना यो विचार गर्छन् कि यो पत्र येशू ख्रीष्टका भाइ याकूबले लेखेका हुन्
ठीक
बेठीक
हाम्रो हृदय भित्रको विश्वास हाम्रो "केमा" झल्किनुपर्छ भनी याकूबले सिकाएका छन्?
काममा
काम र व्यवहारमा
मुहारमा
मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले "के" उत्पन्न गराउँछ?
प्रेम
धैर्य
शक्ति
तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।
याकूब २:५
याकूब १:५
याकूब ३:५
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले "के" पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
जीवनको त्यो आशिष
जीवनको त्यो सिंहासन
जीवनको त्यो मुकुट
हरेक मानिस आफ्नै खराब "के"द्वारा लोभिएर परीक्षामा पर्दछ?
विचार
इच्छा
मेरा प्रिय भाइहरू, यो कुरा जान: कोही-कोही मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
ठीक
बेठीक
यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो "के"मा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ?
बोली
जिब्रो
मुख
परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट "के" राख्नु?
निष्कलङ्क
अलग
यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता "के" गर्दछौ?
ठीक
असलै
आज्ञापालन
तिमीहरूको बोली र व्यवहार "के"को व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्?
मोशा
परमेश्वर
स्वतन्त्रता
मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर "के"चाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र?
काम
भरोसा
यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।
याकूब ३:१९
याकूब २:१७
याकूब १:१८
जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी "के" पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ?
विश्वास
शरीर
आत्मा
किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो "के" मानिस हुन्छ।
विश्वासी
सिद्ध
धर्मी
जिब्रो पनि एउटा "के" नै हो? यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ!
दोषी
आगो
अंग
तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल "के" हो?
अंग
दुष्ट
यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।
के द्वारा यो भनिएको छ?
जिब्रो
काम
विचार
तिमीहरूमध्ये बुद्धिमान् र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्।
ठीक
बेठीक
जुन बुद्धि "कहाँ"बाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ?
धार्मिकता
स्वर्ग
