wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

तत्वहरूकाे वर्गीकरण

Total questions: 18

Worksheet time: 9mins

Name
Class
Date
1.

पारमाणविक कणहरुको पिन्डलाई कुन एकाइमा नापिन्छ ?

a)

Coulomb

b)

Atomic mass unit

c)

Atomic weight

d)

Molecular weight

2.

रासायनिक परिवर्तनद्वारा कुनै एक पदार्थ अर्को किसिमको पदार्थमा टुक्राउन सकिँदैन भने त्यस्तो पदार्थलाई के भनिन्छ ?

a)

तत्व

b)

परमाणु

c)

अणु

d)

याैगिक

3.

पानीबाट बरफ बन्नु कस्ताे किसिमकाे परिवर्तन हाे ?

a)

भाैतिक परिवर्तन

b)

रासायनिक परिवर्तन

c)

दुवै हुन्

d)

कुनै पनि हाेइनन्

4.

दुई वा दुई भन्दा बढी तत्वका परमाणुहरुबिच ईलेक्ट्रोनहरुको स्थानान्तरण भई बनेको यौगिकको किसिम कुन हो ?

a)

आयोनिक

b)

इलेक्ट्रोभ्यालेन्ट

c)

काेभ्यालेन्ट

d)

आयोनिक र इलेक्ट्रोभ्यालेन्ट दुवै हुन्

5.

तत्वहरुमा भएको कुन गुणको आधारमा तिनिहरुलाई धातु, अर्धधातु र अधातुमा विभाजन गरिएको हो ?

a)

समान र असमान गुण

b)

इलेक्ट्राेन लिन सक्ने र दिन सक्ने गुण

c)

विद्धुत प्रवाह गर्न सक्ने र नसक्ने गुण

d)

तत्वहरूकाे अवस्था

6.

 2n22n^2  काे नियम अनुसार परमाणुकाे ''M'' सेलमा कतिवटा इलेक्ट्राेन रहन्छन् ?

a)

b)

c)

१८

d)

३२

7.

तत्वहरुको भौतिक र रासायनिक गुणहरु तिनिहरुका पारमाणविक संख्याका पेरियोडिक कार्यस्वरुप हुन्छन । यसले केलाई बुझाउँछ ?

a)

पेरियोडिक समूह

b)

मेण्डेलिभकाे पेरियाेडिक नियम

c)

आधुनिक पेरियोडिक नियम

d)

पेरियाेडिक प्रिन्सिपल

8.

s, p, d र f उपसेलकाे अवधारणा समावेश गरिएकाे सिद्धान्त कुन हाे ?

a)

Aufbau principle

b)

Mendeleev's principle

c)

Dalton principle

d)

Mosely principle

9.

आधुनिक पेरियोडिक तालिकाको समूह VII_A का तत्वहरुको प्रचलित नाम कुन हो ?

a)

अल्काली धातु

b)

हेलाेजन

c)

निष्कृय ग्याँस 

d)

अतिसकृय अधातु 

10.

आधुनिक पेरियोडिक तालिकाको समूह I_A का तत्वहरुको प्रचलित नाम कुन हो ?

a)

अल्काली धातु

b)

अल्कालाइन अर्धधातु

c)

हेलाेजन

d)

निष्कृय तत्व

11.

तत्वहरूकाे रासायनिक सक्रियतालाइ कुन कुराले असर गर्दैन ?

a)

संयुज्यता

b)

परमाणुकाे आकार

c)

तापक्रम

d)

कुनै पनि हाेइन

12.

तलका मध्ये टेट्राभ्यालेन्ट तत्व कुन हाे ?

a)

कार्वन

b)

नाइट्राेजन

c)

आर्गन

d)

अक्सिजन

13.

इलेक्ट्राेन पत्ता लगाउने वैज्ञानिक काे थिए ?

a)

Goldstein

b)

J. J. Thomsan

c)

Rutherford

d)

Chadwick

14.

तल दिइएका मध्ये कुनचाँहि तत्वकाे नाम जर्मन भाषाबाट राखिएकाे हाे ?

a)

Silver

b)

Wolfram

c)

Cuprum

d)

Tellurium

15.

धातुकाे आयोनमा कस्ताे चार्ज उत्पन्न हुन्छ ?

a)

धनात्मक

b)

ऋणात्मक

c)

चार्जविहिन

d)

कुनै पनि हाेइन

16.

सामान्य चाप र तापक्रममा तरल अवस्थामा पाइने धातु कुन हाे ?

a)

सिल्भर

b)

सुन

c)

मर्करी

d)

ब्राेमिन

17.

आधुनिक पेरियाेडिक तालिकामा कतिवटा पिरियड छन् ?

a)

b)

c)

d)

१६

18.

लान्थानाइड्स भित्र कतिवटा तत्वहरू समावेश छन् ?

a)

१४

b)

१५

c)

१३

d)

१६