wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

जय भुँडी

Total questions: 14

Worksheet time: 7mins

Name
Class
Date
1.

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार सबै नेताहरुको उद्गमस्थल के हो ?

a)

भुँडी

b)

चुनाव

c)

सेवाभाव

d)

स्वार्थ

2.

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार प्रत्येक व्यक्ति भुँडीको एक...... हो ।

a)

अवतार

b)

अंश

c)

पात्र

d)

साहु

3.

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार गधाझैं लादिन परोस् वा गाईझैं दुहिन परोस्, कुकुरझैं दैलैदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैं रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो ...........।

a)

काट्नुपर्छ

b)

नाघ्नुपर्छ

c)

खन्नुपर्छ

d)

फाँड्नुपर्छ

4.

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र ......... ग्रहणका तरिकाहरु विभिन्न किसिमका हुन्छन्।

a)

नैवेद्य

b)

आसन

c)

भोजन

d)

रासन

5.

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार सकेसम्म अरु साराको भाग आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्वान्त लागू गर्न मरिहत्ते गर्ने भुँ डी कुन किसिम अन्तरगत पर्दछ ?

a)

हाँडीघोप्टे भुँडी

b)

घ्याम्पे भुँडी

c)

टाकनटुकन भुँडी

d)

ठन्डाराम भुँडी

6.

भैरव अर्यालका अनुसार पृथ्वीको भुँडीभरि ‘ठाउँ न ठहर, धोको न रहर’ भै भकुन्डिरहेको भुँडीको नाम के हो ?

a)

हाँडीघोप्टे भुँडी

b)

घ्याम्पे भुँडी

c)

टाकनटुकन भुँडी

d)

ठन्डाराम भुँडी

7.

भैरव अर्यालका अनुसार बीसौं शताब्दीमा आएर ......... सुरसाको मुख जस्तो बनाएर आफ्नो वर्चस्व जमाउँदै गरेको भुँडीको नाम के होला ?

a)

हाँडीघोप्टे भुँडी

b)

घ्याम्पे भुँडी

c)

विराट् भुँडी

d)

ठन्डाराम भुँडी

8.

भैरव अर्यालकै शब्द सापटी लिएर भन्नुपर्दा सुरुमा आफ्नो भुँडीपूजा गर्न मान्छेले के कुरा प्रयोग गरेको थियो ?

a)

काँचो तरुल र भ्याकुर

b)

फलफूल र कन्दमुल

c)

फूल र पानी

d)

जङ्गली तरुल र फलफुल

9.

भैरव अर्यालले आफ्नो जय भुँडी निबन्धमा पोख्नु भएको गुनासो के थियो ?

a)

एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडीभुँडी भकुराभकुर गर्न थाले।

b)

बलियो भुँडी घ्याम्पे भए, घ्याम्पाघ्याम्पा जुधे, कोही हाँडीघोप्टे हुन पुगे त धेरैजसो ठन्डाराम भुँडी भै भकुन्डिए।

c)

हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका ठन्डाराम भुँडीहरु यत्रतत्र सर्वत्र रहेका छन् ।

d)

उल्लिखित सबै ।

10.

भैरव अर्याल भन्नुहुन्छः भुँडीको नैवेद्यको लोभले भुँडीवालका जुनसुकै सर्तमाथि नाकको टुप्पामा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा कति टाकनटुकन भुँडीहरुले हाँडीघोप्टे भुँडीझैं .............मा पस्नुपरेथ्यो।

a)

हाउडे भुँडी

b)

विराट् भुँडी

c)

घ्याम्पे भुँडी

d)

ठन्डाराम भुँडी

11.

भैरव अर्यालका विचारमा हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्राय: उस्तैउस्तै रहेको भुँडीको नाम के होला ?

a)

टाकनटुकन भुँडी

b)

विराट् भुँडी

c)

घ्याम्पे भुँडी

d)

ठन्डाराम भुँडी

12.

भैरव अर्यालको निस्कर्षमा नैवेद्य जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी नहुने भुँडीको नाम के हो ?

a)

टाकनटुकन भुँडी

b)

हाँडीघोप्टे भुँडी

c)

घ्याम्पे भुँडी

d)

ठन्डाराम भुँडी

13.

सहात्यकार भैरव अर्यालद्वारा लिखित जय भुँडी निबन्ध अनुसार रहेका चार प्रकारका भुँडीको सही क्रम तलकामध्ये कुन हो ?

a)

हाँडीघोप्टे भुँडी, घ्याम्पे भुँडी, टाकनटुकन भुँडी, ठन्डाराम भुँडी

b)

ठन्डाराम भुँडी, टाकनटुकन भुँडी, घ्याम्पे भुँडी र हाँडीघोप्टे भुँडी

c)

हाँडीघोप्टे भुँडी, घ्याम्पे भुँडी, ठन्डाराम भुँडी र टाकनटुकन भुँडी

d)

हाँडीघोप्टे भुँडी, ठन्डाराम भुँडी, घ्याम्पे भुँडी र टाकनटुकन भुँडी

14.

सहात्यकार भैरव अर्यालका अनुसार घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोर्दै के कुरा सम्झनुपर्छ ?

a)

“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथेव च। आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम:॥”

b)

‘येनकेन प्रकारेण उदरं परिपूरयेत।’

c)

आहार-निन्द्रा -भय-मैथुनं च, समानमेतत्पशुभिर्नराणाम् ।

d)

हाँडीघोप्टे भुँडी, ठन्डाराम भुँडी, घ्याम्पे भुँडी र टाकनटुकन भुँडी

e)

‘शारदायै नम:’