wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपालमा श्रमशक्ति, रोजगारी र उद्यमशीलता

Total questions: 16

Worksheet time: 9mins

Name
Class
Date
1.

श्रम भनेको के हो ?

a)

आय आर्जनसँग सम्बद्ध काम

b)

काम गरेर आम्दानी गर्नु

c)

समय वा काम बिक्री गरी आम्दानी गर्नु

d)

माथिका सबै

2.

रोजगारी भनेको के हो ?

a)

जसरी भएपनि आम्दानी गर्नु

b)

नियमित रूपमा श्रम गर्ने अवसर पाउनु

c)

नियमित रूपमा काम गर्न पाउनु

d)

समय, सिप, क्षमता र बुद्धिको प्रयोग गर्ने अवसर पाउनु

3.

रोजगारीका लागि आवश्यक सर्तहरू के के हुन् ?

a)

उमेर पुग्नुपर्ने

b)

श्रम, सिप, क्षमता र बुद्धि प्रयोग गर्नुपर्ने

c)

पारिश्रमिक पाउनुपर्ने

d)

माथिका सबै

4.

श्रमिक को हो ?

a)

रोजगार व्यक्ति

b)

जुनसुकै पदनाम दिई काममा लगाइएको व्यक्ति

c)

जसरी पनि काम गरिरहने व्यक्ति

d)

माथिका सबै

5.

तुलनात्मक रूपमा लामो समयावधिको रोजगारी

a)

नियमित रोजगारी

b)

कार्यगत रोजगारी

c)

समयगत रोजगारी

d)

आंशिक रोजगारी

6.

हप्तामा पैंतिस घण्टा वा सोभन्दा कम समयका लागि दिइने

a)

नियमित रोजगारी

b)

कार्यगत रोजगारी

c)

समयगत रोजगारी

d)

आंशिक रोजगारी

7.

तोकिएको निश्चित अवधिभित्र सम्पन्न गर्ने शर्तमा दिइने

a)

नियमित रोजगारी

b)

कार्यगत रोजगारी

c)

समयगत रोजगारी

d)

आंशिक रोजगारी

8.

मासिक, साप्ताहिक वा दैनिक पारिश्रमिक तोकिएको

a)

नियमित रोजगारी

b)

कार्यगत रोजगारी

c)

समयगत रोजगारी

d)

आकस्मिक रोजगारी

9.

तोकिएको खास सेवा सम्पन्न गर्न दिइने

a)

नियमित रोजगारी

b)

कार्यगत रोजगारी

c)

समयगत रोजगारी

d)

आकस्मिक रोजगारी

10.

एक महिनामा सात दिन वा सोभन्दा कम अवधिका लागि दिइने

a)

नियमित रोजगारी

b)

कार्यगत रोजगारी

c)

आकस्मिक रोजगारी

d)

आंशिक रोजगारी

11.

रोजगारी नहुँदा ...

a)

राज्यको व्ययभारका साथै अपराध समेत घट्छ

b)

व्यक्तिले आय आर्जन गर्न नसक्ने मात्र होइन, शारीरिक र मानसिक तनाव बेहोर्नुपर्छ

c)

कुल गार्हस्थ्य उत्पादनमा बृद्धि हुन्छ

d)

असमानता र बसाइँसराइ कम हुन्छ

12.

आफैँ रोजगारी सिर्जना गरी आफ्नो आवश्यकता पूरा गर्नु र सोबाट स्थायी रूपमा व्यवसाय गरी आम्दानी गर्नु .................... हो ।

a)

अर्धरोजगारी

b)

रोजगारी

c)

बेरोजगारी

d)

स्वरोजगारी

13.

कस्तो नागरिक स्वाबलम्बी, मेहनती र आत्मनिर्भर हुन्छ ?

a)

स्वरोजगार

b)

रोजगार

c)

बेरोजगार

d)

अर्धरोजगार

14.

रोजगारीले हामीलाई खोज्दैन, हामीले ..... ।

a)

अवसर आफैँ सिर्जना गर्ने प्रयास गर्नुपर्छ

b)

रोजगारी खोज्दै चारैतिर हिँड्नुपर्छ

c)

रोजगारदातालाई खातिरदारि गर्नुपर्छ

d)

समस्या र चुनौतिहरू छलेर रोजगार बन्नुपर्छ

15.

इच्छा शक्ति, क्षमता, जाँगर र जोखिम वहन गर्ने बानी ‍‍=

a)

सिर्जनशीलता

b)

उद्यमशीलता

c)

चेतनशीलता

d)

धैर्यता

16.

नेपालमा रोजगारी प्रवर्धन गर्ने उपायहरूः

a)

आफ्नो रुचि, सिप, दक्षता तथा उपलब्ध स्रोत साधन तथा अवसरहरुको उपयोग गरी रोजगारीको सिर्जना गर्न उत्प्रेरित गर्ने ।

b)

सफल उद्यमी व्यवसायीहरुका प्रेरणादायी कथाहरु अध्ययन र मनन गर्ने ।

c)

समस्यासँग जुधेर नयाँ नयाँ उपायहरुको खोजी गरी अघि बढ्न हिम्मत जुटाउने ।

d)

मनपरेको काम खोज्ने भन्दा पनि कामलाई मन पराउने प्रवृत्तिको विकास गर्ने ।

e)

श्रमिकको सेवा, पारिश्रमिक र अन्य सुविधा तथा सुरक्षाको उचित व्यवस्था गर्ने ।