Font size
Worksheetsसरकारी वित्त
Total questions: 17
Worksheet time: 9mins
सरकारको आम्दानी र खर्चको विस्तृत अध्ययन
सरकारी राजश्व
सार्वजनिक वित्त
सरकारी आय
सरकारी लाभांश
संबैधानिक तथा राजनैतिक दस्तावेज, जसमा आर्थिक नीति तथा आयव्ययका कुराहरु पनि उल्लेख हुन्छ
वित्त
बजेट
आय
व्यय
प्रत्यक्ष लाभको अपेक्षा नगरी नागरिकले सरकारलाई बुझाउने तिरो
जरिवाना
दण्ड
शुल्क
कर
कर भनेको के होइन ?
कुनै व्यक्ति फर्म वा कम्पनीले कानुनबमोजिम सरकारलाइ तिर्नुपर्ने अनिवार्य भुक्तानी
सरकारले आफ्ना नागरिकबाट अनिवार्य रूपमा संकलन गर्ने मौद्रिक आय
सरकारले नागरिकलाई उपलब्ध गराएको प्रत्यक्ष लाभको सट्टामा राज्यले प्राप्त गर्ने ऐच्छिक आय
देशको नियमित, आकस्मिक र विकासात्मक गतिविधि सञ्चालनको मुख्य, नियमित र भरपर्दो आयको स्रोत
प्रत्यक्ष कर कुन होइन ?
भार, असर र प्रभाव एउटै व्यक्तिमा पर्ने कर
जसलाइ कर लगाइएको हो, उसैद्वारा पूर्ण रूपमा बेहोर्न पर्ने कर
अरूमा सार्न सकिने प्रकृतिको कर
आय कर, सम्पति कर, घरजग्गा कर, पारिश्रमिक कर, यातायात कर
कुन चाहिँ अप्रत्यक्ष कर होइन ?
भार र असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने कर
कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्ने कर
वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, बिक्रीकर
भार हस्तान्तरण नहुने कर
सरकारी वित्तका क्षेत्रहरू कुन कुन हुन् ?
सरकारी आय
सरकारी व्यय
सरकारी ऋण
वित्तीय प्रशासन
कुन कुन अभिव्यक्तिहरू सहि छन् ?
सार्वजनिक वित्त सरकारी अधिकारीहरूद्वारा एकत्रित गरिने आय र व्ययमा निहित सिद्धान्तहरूको अध्ययन हो
कर लगाउनु र बजेट बनाउनु बैज्ञानिक कार्य मात्र हो- कुनै प्रकारको कला होइन ।
सार्वजनिक वित्त वास्तविक विज्ञानको साथसाथै आदर्शात्मक विज्ञान पनि हो ।
सार्वजनिक वित्तले सार्वजनिक अधिकारीहरूको आपसी सहयोगबाट भएको आय र व्ययको अध्ययन गर्छ ।
राज्यले राजस्व संकलन किन गर्छ ?
सरकारका नियमित कार्यहरू सञ्चालन गर्न
वैदेशिक सहयोगको लागि आफ्नो क्षमता अभिवृद्धि गर्न
विकास निर्माणलाई तीव्रता दिन
सामाजिक उत्तरदायित्वका कार्यलाई अघि बढाउन
राम्रो र कुशल कर प्रणाली भएको देशमा .............. करको अनुपात बढ्दै जान्छ ।
प्रत्यक्ष
अप्रत्यक्ष
तटस्थ
अप्रगतिशील
कुन आय संघीय सरकारको मातहतमा छैन ?
भन्सार, अन्तःशुल्क
मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर,
मनोरञ्जन कर, विज्ञापन कर
पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क
कुन आय प्रदेश सरकारको मातहतमा छैन ?
सम्पत्ति कर, घरबहाल कर
मनोरञ्जन कर, विज्ञापन कर,
सवारी साधन कर,
घरजग्गा रजिस्ट्रेशन शुल्क,
कुन आय स्थानीय सरकारको मातहतमा छैन ?
सम्पत्ति कर, घरबहाल कर,
अन्तःशुल्क, मूल्य अभिवृद्धि कर
सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर,
व्यवसाय कर, भूमिकर (मालपोत)
कुन चाहीँ सरकारी आय होइन ?
ऋणको व्याज भुक्तानी, मुआब्जा, सबै प्रकारका तलब, भत्ता
आय, मुनाफा र पुँजीगत लाभमा लाग्ने कर सम्पत्तिबाट प्राप्त आय (व्याज, लाभांश, रोयल्टी आदि)
पारिश्रमिकमा आधारित कर वस्तु तथा सेवा बिक्रीबाट प्राप्त रकम
सम्पत्ति कर, दण्ड, जरिवाना र जफतबाट प्राप्त रकम
कुन चाहीँ सरकारी खर्च होइन ?
सरकारी निकायहरूको लागि प्रशासनिक र रक्षा लगायतका खर्चहरू
वैदेशिक सेवा, आर्थिक प्रशासन र योजना, सरकारी अतिथि सत्कारका खर्चहरू
नगद मौज्दात, बेरूजु असुली, वैदेशिक अनुदान, स्वेच्छिक हस्तान्तरण र उपहार
सामाजिक सुरक्षा, निवृत्तिभरण, विकासका पूर्वाधारका लागि गरिने खर्चहरू
नियमित रुपमा गर्नुपर्ने अनिवार्य खर्चहरु
चालु खर्च
पुँजीगत खर्च
विकास खर्च
सामाजिक खर्च
चालु खर्च < पुँजीगत खर्च
देशको अधोगति
देशको विकास
सामाजिक सुरक्षामा खर्च बढ्ने
विकासका पूर्वाधारमा बिवास्ता
