WorksheetsNRNC Bible Quiz "उत्पत्ति 13-15"
Total questions: 17
Worksheet time: 5mins
अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर "कहाँ"आए?
बरशेवामा
नेगेवमा
कनानमा
मिश्रमा
र "कहाँ" तिनले पहिले वेदी बनाएका थिए? त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे।
बेथेल
बेथेल र ऐको बीचमा
ऐ
अब्राम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्यस बेला त्यस देशमा "को"हरू पनि बस्थे?
कनानी
परिज्जी
कनानी र परिज्जी
यसैकारण लोतले यर्दनको जम्मै बेँसी रोजेर पश्चिमतिर लागे। यसरी यिनीहरू छुट्टिए।
ठीक
बेठीक
अब्रामचाहिँ "कुन" देशमा नै बस्न लागे? लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्नो पाल सदोमसम्म सारे।
कनान
मिश्र
उर
तब अब्रामले आफ्ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्यहाँ आएर तिनी त्यहीँ बसोबास गर्न लागे। त्यहाँ परमप्रभुको निम्ति तिनले एउटा पाल बनाए।
ठीक
बेठीक
सिद्दीमको अर्थ के हो?
गलील समुद्र
खारा समुद्र
कहाँको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो?
यर्दन
कादेश
सिद्दीम
अब्रामले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालीम पाएका तीन सय अठाह्र दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए।
ठीक
बेठीक
शालेमको अर्थ के हो?
यरूशलेम
इस्राएल
अनि शालेमका* राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी "को" थिए?
सर्वोच्च परमेश्वरका भणडारे
सर्वोच्च परमेश्वरका पूजाहारी
तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्नू।”
ठीक
बेठीक
त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो, “अब्राम, तँ नडरा।
तेरो ढाल म नै हुँ,
र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”
उत्पत्ति १४:१
उत्पत्ति १५:१
उत्पत्ति १३:१
तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी "कहाँ"को एलीएजर हुनेछ?”
दमस्कस
यरूशलेम
कनान
अब्राहमले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति "के" गनियो?
धार्मिकता
परिपक्वता
विश्वस्तता
तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “यो निश्चय जानिराख्, कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र "कति" वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्?
तीन सय
चार सय
चार सय पचास
त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि "कुन" महानदी सम्मको यो देश मैले दिएको छु–?
टाईग्रिस
यूफ्रेटिस
