WorksheetsClassification of Living being
Total questions: 42
Worksheet time: 21mins
१. स्पाइरोगाइरा कुन डिभिजनसँग सम्बन्धित छ ।
क. अल्गी
ख. फन्जाई
ग. बायोफाइटा
घ. ट्रेकोफाइट
२. पोरिफेरामा ओस्टिया र ओस्कुलम भनेको के हो?
क. ओस्टिया एक तन्तु हो र ओस्कुलम प्वाल हो
ख. ओस्टिया मुख हो र ओस्कुलम लोकोमोटरी अंग हो .
ग.ओस्टिया साना छिद्र हुन् र ओस्कूलम सबैभन्दा ठुलो छिद्र हो
घ. ओस्टिया स्नायु रिड हो र ओस्कुलम पाचन प्रणाली हो
३. एनेलिडालाई निष्कासन गर्न कुन अंगले मदत गर्छ ?
क. नेफ्रिडिया
ख. बुक फोक्सो
ग. ओस्कूलमम.
घ.हाइपोस्टोम
४. अर्थोपोडालाई सास फेर्न कुन अंगले मदत गर्छ ?
क. ओसिलो छाला, फोक्सो, गिल्स
ख. छाला, गिल्स, श्वासनली
ग. मांसपेशी खुट्टा, आवरण, भिसेरल मास
घ. स्पाइरेकल्स, ट्रम्पेट, फोक्सो
५. मोलस्का केका सहयोगले हिँड्छन् ?
क. खुट्टा
ख. पखेटा
ग. मांसपेशी खुट्टा
घ. स्युडोपोडिया
६. तलका मध्ये कुन जीव मत्स्य वर्गको हो ?
क. कटलफिस
ख. जेलिफिस
ग.ह्वेल माछा
घ. समुद्री घोडा
७. विषमतापी जनावरको अर्थ के हो ?
क. शरीरको तापक्रम स्थिर भएको
ख. शरीरको तापक्रम परिवर्तनशील भएको
ग. चिसो ठाउँमा बस्ने
घ. रगत चिसो भएको
८. समुद्री घोडा कुन वर्गको जीव हो ?
क मत्स्य
ख. उभयचर
ग. सरीसृप
घ. पन्छी
९. भ्यागुता कुन फाइलममा पर्छ ।
क . उभयचर
ख. कोर्डांटा
ग. हेमिकोर्डांटा
घ जलचर जीव
१०. मुसा किन स्तनधारी वर्गको जनावर हो ।
क .अन्डा पार्ने, खोको हड्डीहरु, प्वाँख
ख. प्रत्यक्ष जन्म दिने, जलचर, स्ट्रिमलाइन्ड शरीर
ग. चार कोठाको मुटु, बच्चा जन्माउने, पसिना ग्रन्थि भएको
घ. अन्डा पार्ने, पखेटा भएको, दुई कोठाको मुटु
११. क्रमविकासका आधारमा सबफाइलम भेर्टिंब्रेटामा सबैभन्दा कम विकसित वर्ग कुन हो ?
क. मतस्य
ख. उभयचर
ग . सरीसृप
घ. पन्छी
१२. उभयचरहरुको तीन कोठाको मुटु हुन्छ र पन्छीको चार कोठाको मुटु हुन्छ । यसले के सुझाव दिन्छ ?
क. पन्छी भन्दा उभयचर बढी विकसित छन्
ख. उभयचरभन्दा पन्छी बढी विकसित छन्
ग. पन्छीको भन्दा उभयचरभन्दो मुटु सानो हुन्छ
घ. उभयचरभन्दा पन्छीको मुटु सानो हुन्छ
१३. निम्न जनावरमा कुन ननकोडांटा हो ?
क. गंड्यौला
ख. अस्ट्रिच
ग. चेपागाँडा
घ. समुद्री घोडा
१४. वनस्पति जगत्मा पर्ने जीवहरुका मुख्य विशेषता के के हुन् ?
क. युक्यारियोटिक कोष, कोषमा कोषभित्ता नभएको, परपोषक
ख. युक्यारियोटिक कोष, कोषमा कोषभित्ता भएको, परपोषक
ग.युक्यारियोटिक कोष, कोषमा कोषभित्ता भएको, स्वपोषक
घ. युक्यारियोटिक कोष, कोषमा कोषभित्ता नभएको, स्याप्रोट्रोफिक
१५. विशेषताहरुको कुन सेटले जिम्नोस्पर्मुसलाई राम्रोसँग वर्णन गर्छ ?
क.कोन, फलबिनाको नांगो बिउ, एकल निषेचन
ख. फूलहरु फुल्ने, विउ उत्पादन, पातलो पात, एकल निषेचन
ग. फूलहरु फुल्ने, पातहरु सुई जस्तै हुने, दोहोरो निषेचन हुने
घ. फूलको सट्टा कोन हुने, विउ फलभित्र हुने दोहोरो निषेचन
१६. मुटुमा चार ओटा कोठा हुने, शरीर भुत्ला र पखेटाले छोपेको, ओभिप्यारस जनावर कुन समूहमा पर्छ ?
क. मतस्य
ख पक्षी
ग. सरीसृप
घ. स्तनधारी
१७. शरीरमा भास्कुलर तन्तु हुने बिरुवाको डिभिजनलाई के भनिन्छ ?
क.स्पोरोफाइटा
ख. ग्यामेटोफाइटा
ग. ट्राकियोफाइटा
घ. स्पर्माटोफाइटा
१७. दिइएको संवाद अध्ययन गर्नुहोस्ः
आर्या : बिरुवाका डाँठमा नोड हुन्छन्। तिनीहरुबाट पात वा हाँगा बढ्छन् ।
एलीः मैले मकैको बोटमा नोडहरु बराबर अन्तरालमा रहेको देखेकी छु।
पूजाः चनाको बोटमा नोडहरु बराबर अन्तरालमा हुँदैनन् ।
माथिको संवादमा को सही र को गलत छ ?
क. आर्या, एली र पूजा सही छन् ।
ख. एली सही तर आर्या र पूजा गलत छन् ।
ग. आर्या सही तर एली र पूजा गलत छन् ।
घ. पूजा सही तर आर्या र एली गलत छन् ।
१८ प्लानेरिया कुन फाइलममा पर्छ ?
क. प्रोटोजोआ
ख.पोरिफेरा
ग. वनस्पति
घ.प्लेटिहेल्मिन्थेस
१९. हाइड्राको सेलेन्टेरोनको अन्त्यमा रहेको एउटा ठुलो छिद्रलाई के भनिन्छ ?
.क. ओस्कूलम
ख. टेन्टाकल्स
ग.निमेटोसाइट
घ. हाइपोस्टोम
२०. कुन फाइलममा कटलफिस, शङ्खेकिरा, चिप्लेकिरा र युनियो समावेश छन् ?
क. मत्स्य
ख.कोर्डांटा
ग.मोलुस्का.
घ.इकाइनोडरमाटा
१. तलका मध्ये कुन समूह नेमाटहेल्मिन्थेस हो ?
क. साइकोपोडियम, हर्स टेल, हिंड्ने फर्न
ख. गंड्यौला, जुका, नेरिस
ग. समुद्री अर्चिन, स्टारफिस, बिटल स्टार
घ. गोलो जुका, पिनवोर्म, हुकवोर्म
२.माछा ले पानीमा गर्भाधान नभएका अन्डा पार्छ तर यो पछि भुरा बन्छ। यो कसरी सम्भव छ ?
क पार्थेनोजेनेसिस
ख. माछाको अण्डालाई गर्भाधान गर्न आवश्यक छैन.
ग.गर्भांधान पानीमा हुन्छ
घ.पानी र अण्डा मिलेर भुरा बन्छ ।
३.कुन बर्गका जीवको दुई कोठाको मुटु हुन्छ ?
क. मत्स्य
ख.उभयचर
ग. पन्छी
घ.स्तनधारी
४.जुन वर्गका जीवले आफ्ना बच्चालाई दुध खुवाउँछन् ?
क. मत्स्य
ख.उभयचर
ग. पन्छी
घ.स्तनधारी
५. नोटोकर्ड भनेको के हो?
क. शरीरको पछाडि भागमा बसेको मेरुदण्ड
ख. जीवको अगाडि भागमा भएको मेरुदण्ड
ग.मेरुदण्डभित्र बसेको सुसुम्ना
घ. पाचन नली र स्पाइनल कर्डबिचको कार्टिलेजबाट बनेको ट्युब
६. कुन फाइलमका जीवको अस्थिपञ्जर बाहिर नभई मांसपेशीभित्र हुन्छ ?
क मोलुस्का
ख.इकाइनोडर्माटा
ग. सिलेन्ट्रेटा
घ. भर्टिबेटा
७. चार कक्ष भएको मुटु, चार ओटा खुट्टा र पसिना ग्रन्थि भएको जीव कुन वर्गको हुन्छ ?
क.मत्स्य
ख.उभयचर
ग. पन्छी
घ.स्तनधारी
८. भर्टिबेटा भनेको के हो?
क. नोटकोर्डको उपस्थिति
ख. मेरुदण्डद्वारा नोटकोर्ड प्रतिस्थापित
ग. विषमतापी जीव
घ. तिखो पन्जा र चुच्चो मुख भएको
९. कोडांटाको कुन सवफाइलम सबैभन्दा विकसित हुन्छ ?
क. हेमिकोर्डांटा
ख. युरोकोर्डांटा
ग. सिफालोकोर्डांटा
घ. भर्टिब्रेटा
१०. तमका मध्ये कुन कोषमिती भएको हेटेरोट्रोफिक (परपोषक) जीव हो?
क. मकै
ख. धान
ग.च्याँउ
घ. रिसीया
११. तनका मध्ये कुन कोषभित्ता नभएको एककोपीय र हेटेरोट्रोफिक (परपोषी) जीव हो ?
क. अमिवा
ख. सिंह
ग. च्याउ
घ. युग्लिना
१२. निम्नमध्ये कुन जगत्मा कोषभित्तीविनाको बहुकोषीय र हेटेरोट्रोफिक जीव छन ?
क मोनेरा
ख. फन्जाई
ग. प्रोटिस्टा
घ. जन्तु
१३. तलका मध्ये कुन कोषभित्ता भएको बहुकोषीय र अटोट्रोफिक जीव हो ?
क.बनस्पति
ख. फन्जाई
ग. प्रोटिस्टा
घ. जन्तु
१४. तनका माये कुन कोषभित्ती भएको बहुकोषीय र हेटेरोट्रोफिक जीव हो ?
क. बनस्पति
ख. फन्जाई
ग. प्रोटिस्टा
घ. जन्तु
१५. भ्यागुतालाई किन जन्तु जगत्मा राखिन्छ ?
क एककोषीय, प्रोक्यारियोटिक, कोषभित्ती भएको
ख. बहुकोषीय, युक्यारियोटिक, कोषभित्ता भएको
ग. एककोषीय, युक्यारियोटिक, कोषभित्ता नभएको
घ. बहुकोषीय, युक्यारियोटिक, कोषभित्ती नभएको
१६.पहिलो टिस्यु–ग्रेड भएको जनावरको फाइलम कुन हो ?
क. पोरिफेरा
ख. सिलेन्टरेटा
ग. प्लेटीहेल्मिन्थेस
घ. निमाथेल्मिन्थेस
१७.इकाइनोडरमाटालाई हिंडडुल गर्न केले मदत गर्छ ?
क. स्युडोपोडिया
ख. ट्युबफिट
ग. सिलिया
घ. टेन्टाकल्स
१८. मोलस्काको हड्डीले बनेको सुरक्षात्मक आवरणलाई के भनिन्छ ?
क. बाह्यअस्थी
ख. क्याल्करियस स्पाइनहरु
ग. म्यान्टल
घ.डस्ने कोषहरु
१९. सबफाइलम भर्टिबेटा जीवको मेरुदण्डमा के हुन्छ ?
क. नोटकोर्ड
ख. सुषुम्ना
ग. मेरुदण्ड
घ. बन्द रक्त परिपथ
२०.सेलामेन्डर सरीसृप जस्तो देखिन्छ तर किन यो उभयचर हो ?
क.यो जमिन र पानीमा बस्छ
ख. गर्भाधानका लागि पानी चाहिन्छ
ग. यसले एक पटकमा धेरै अन्डा पार्छ
घ. यसको टाउको, घाँटी, जिउ र पुच्छर हुन्छ.
२१.गोहीको मुटुमा कति ओटा कोठा हुन्छन् ?
क.. २
ख. ३
ग. ४
घ. ५
