NEW
Font size
Worksheetsसजिवहरुको बर्गिकरण युनिट २
Total questions: 24
Worksheet time: 12mins
तलका मध्य कुन बिरुवा डिभिजन अल्गीअन्तर्गत पर्छ? K
मस
फ्युकस
साइकस
लिभरवर्ट्स
देवदारलाई किन सबडिभिजन एन्जियोस्पर्मअन्तर्गत नराखीएको हो ?
यसका पातहरू सुई-जस्तो आकारका छन्।
यसका बीउहरू नाङ्गो छन्।
यसमा ओभारी र फल फल्दैन ।
यसमा फलको सट्टा कोनहरू छन्।
तलका विकल्पहरूबाट द्विदलीय बिरुवाहरूको समूह पहिचान गर्नुहोस्।
लसुन, स्याउ, आँप
मकै, सल्लो , केराउ
बाँस, भटमास, टमाटर
स्याउ, आँप , सिमी
तलका मध्ये फाइलम सिलेन्टेराटाअन्तर्गत पर्ने जीवहरूको विशेषता पहिचान गर्नुहोस् । (U)
a. यो बहुकोषीय हुन्छ ।
b. यो जमिनमा पाइन्छ ।
c. यसले टेन्टाकल्सको सहायताले चाल देखाउँछ ।
d. यसको शरीरमा धेरै छिद्रहरू हुन्छन् ।
सिलेन्टेरोनलाई किन ग्यास्ट्रोभास्कुलर क्याभिटी भनिन्छ ?
यो हाइड्रामा पाइन्छ।
यसले पाचन र ढुवानी गर्दछ।
यो नली आकारको हुन्छ ।
यसले खाना पचाउन मद्दत गर्दछ।
तल दिइएका विकल्पहरूबाट मोलस्का फाइलममा पर्ने जनावरहरूको समूह पहिचान गर्नुहोस्।
a. हाइड्रा, जेलिफिस, पिनवर्म, लिभरफ्लुक
b. टेपवर्म, लिभरफ्लुक, डिप्लोजुन, अटोप्लाना
c. अक्टोपस, चिप्लेकिरा, युनियो, शखेकिरा
d. टेपवर्म, लिभरफ्लुक, डिप्लोजुन, हाइड्रा
तल दिएका विशेषताहरूको आधारमा लामखुट्टेको पहिचान गर्नुहोस् । (HA)
a. ओसिलो छाला, उभयलिङ्गी, नर्भ रिङसहितको स्नायु प्रणाली, खण्ड खण्ड मिली बनेको शरीर
b. ओसिलो छाला, एकलिङ्गी, नर्भ रिङसहितको स्नायु प्रणाली, खण्ड खण्ड मिली बनेको शरीर
c.चेप्टो शरीर, उभयलिङ्गी, निष्कासनका लागि नेफ्रिडियाहरू, शरीरको सतहबाट सास फेर्ने
d. शरीर टाउको, छाती र पेटमा विभाजन भएको, खुट्टा खण्ड खण्ड मिलरे बनेको, पखेटाले उड्ने
तल दिइएका मध्ये फाइलम आर्थोपोडाअन्तर्गत पर्ने जन्तु कुन हो ? (K)
a. कटलफिस
b. सिल्भरफिस
c. जेलीफिस
d. स्टारफिस
समुद्री घोडामा गिल्सको काम के हो ? (A)
a. पौडिन सहयोग गर्ने
b. सास फेर्ने
c. खाना पचाउन सहयोग गर्ने
d. पानीमा दिशा परिवर्तन गर्ने
तलका मध्ये सबडिभिजन एन्जिओस्पर्मअन्तर्गत पर्ने बिरुवाहरूको समूह कुन हो ? (HA)
a. उनिउँ, साइकस, केराउ, प्याज
b. सल्लो, आँप, सुन्तला, मकै
c. साइकस, बाँस, सिमल, स्याउ
d. सुन्तला, लसुन, गुलाफ, साल
केराउलाई किन सबडिभिजन एन्जिओस्पर्मस्अन्तर्गत राखिएको हो ? (U)
a. यसमा कोनहरू हुन्छन् र फलभित्र बिउ हुन्छ ।
b. यसका पातहरू सियो आकारका हुन्छन् र फूल फुल्छ ।
c. यसमा फूल फुल्छ र फल हुन्छ ।
d. यसमा फलको सट्टा कोन हुन्छ र बिउ नाङ्गा हुन्छन् ।
साइकसलाई किन जिम्नोस्पर्म सब डिभिजनमा वर्गीकृत गरिएको छ?
यसमा फलभित्रको कोन र बीउहरू छन्।
यसका पातहरू सुईको आकारका छन् र यसले फूल फुलाउँछ।
यसले फूल फुलाउँछ र फल हुन्छ।
यसमा फलको सट्टा कोन छ र बीउहरू नाङ्गो छन्।
वनस्पति जगतमा पर्ने जीवहरूका मुख्य विशेषता के के हुन् ? (HA)
a. युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, परपोषक
b. युक्यारियोटिक कोष, कोषमा कोष भित्ता नभएको, परपोषक
c. युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्वपोषक
d. युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्याप्रोट्रोफिक
क्रमविकासका आधारमा दिइएका मध्ये सबैभन्दा धेरै नजिकको सम्बन्ध भएका जीवहरूको समूह कुन हो ? (U)
a. पोरिफेरा, एनिलिडा, कोर्डेटा
b. पोरिफेरा, आर्थोपोडा, कोडेटा
c. सिलेन्टरेटा, आर्थोपोडा, कोर्डेटा
d. प्लेटिहेल्मेन्थिस, निमाथेल्मेन्थिस, एनेलिडा
मस र उनिउँ दुवै ओसिलो र छाया परेको ठाउँमा पाउनुको कारण के हो ? (U)
a. प्रकाश संश्लेषणको लागि सौर्य प्रकाश चाहिंदैन ।
b. कम तापक्रममा मात्र बाँच्न सक्छ ।
c. पोषणको लागि सूक्ष्म जीवहरूमा निर्भर गर्दछ ।
d. गर्भाधानको लागि पानी चाहिन्छ
जन्तु जगत्मा पर्ने जीवहरूका मुख्य विशेषता के के हुन् ? (U)
a. युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, परपोषक
b. युक्यारियोटिक कोष, कोषमा कोष भित्ता नभएको, परपोषक
c. युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्वपोषक
d. युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्याप्रोट्रोफिक
यहाँ दुईओटा जीवको चित्र दिइएको छ। यी दुवै जीव एउटै जगत्मा पर्छन् । यी चित्रहरू अवलोकन गर्नुहोस् । यी दुवै जीवलाई एउटै जगतमा राख्ने मुख्य कारण के हो?
यी बहुकोशिकीय छन् र भिन्न प्रणालीहरू छन्।
यी बहुकोशिकीय छन् र हेटेरोट्रफिक छन्।
यी बहुकोशिकीय छन् र परजीवी छन्।
यी बहुकोशिकीय छन् र अण्डा दिने छन्।
तारेमाछाकाे शरीरलाई जुनसुकै बिन्दुबाट दुई बराबरी भागमा बिभाजन गर्न सकिन्छ भने यसलाई के भनिन्छ ?
Symetrical Body
Asemetrical Body
Radially Symetrical
Bilaterally Symetrical
प्र.२०. चमेरालाई स्तनधारी समूहअन्तर्गत राखिनुको मुख्य कारण कुन हो ? (U)
a. फोक्सोले सास फेर्छ ।
b. शरीरमा भुत्ला र पखेटा हुन्छ ।
c. ओभिप्यारस हुन्छ ।
d. बच्चा जन्माएर दुध चुसाउँछ ।
मस भन्दा क्लबमस विकसित हुनुको प्रमुख कारण कुन हो ? (U)
a. क्लवमस जमिनमा हुर्कन्छ ।
b. क्लवमस स्पोरोफाइट हो ।
c. क्लबमसमा जाइलम र फ्लोयम तन्तु हुन्छ ।
d. अल्टरनेसन अफ जेनेरेसन्समा स्पोरोफाइट प्रबल हुन्छ ।
कोषमा कोषभित्ता हुने जीवहरूका जगत् कुन कुन हुन् ? (HA)
a. मोनेरा, फन्जाइ
b. फन्जाइ, प्लान्टी
c. फन्जाइ, एनिमलिया
d. प्लान्टी, मोनेरा
मुटुमा चारओटा कोठा हुने, शरीर भुत्ला र पखेटाले छोपेको, ओभिप्यारस जनावर कुन समूहमा पर्छ ? (K)
स्तनपायी
सरीसृप
एभ्स
उभयचर
तलका मध्ये कुन समूह एन्जियोस्पर्मअन्तर्गत पर्छन् ? (HA)
a. सल्लो, उनिउँ, केराउ
b. धुपी, मकै, चना
c. मस, मकै, सिमी
d. धान, केरा, आँप
प्र.२५. शरीरमा भास्कुलर तन्तु हुने विरुवाको डिभिजनलाई के भनिन्छ ? (K)
a. स्पोरोफाइटा
b. ग्यामेटोफाइटा
c. ट्राकियोफाइटा
d. टेरीडोफाइटा
