NEW
Font size
Worksheetsमुद्रा र विनिमय दरको ज्ञान
Total questions: 10
Worksheet time: 5mins
'मुद्रा' भन्नाले के बुझिन्छ ?
(क) विदेशबाट कमाएर पठाएको पैसा
(ख) क्रय, बिक्रयको माध्यम वा भुक्तानी साधनको रुपमा प्रयोग हुने वस्तु
(ग) एक देशको पैसा अर्को देशको पैसासँग साट्ने काम
(घ) बैङ्कमा जम्मा गरेको नगद
एउटा देशको मुद्रालाई अर्को देशको मुद्रासँग साट्ने कार्यलाई के भनिन्छ?
(क) विप्रेषण
(ख) मुद्रा विनिमय
(ग) खरिद दर
(घ) भुक्तानी
विदेशमा कमाएको रकम बैङ्क वा मनी ट्रान्सफरमार्फत स्वदेशमा पठाउने कार्यलाई के भनिन्छ ?
(क) विदेशी लगानी
(ख) मुद्रा विनिमय
(ग) विप्रेषण (Remittance)
(घ) कर भुक्तानी
नेपालमा विदेशी मुद्राको विनिमय दर निर्धारण गर्ने आधिकारिक निकाय कुन हो ?
(क) अर्थ मन्त्रालय
(ख) वाणिज्य बैङ्कहरू
(ग) नेपाल सरकार, मन्त्रिपरिषद्
(घ) नेपाल राष्ट्र बैङ्क
यदि तपाईँसँग भएको अमेरिकी डलर बैङ्कलाई बेचेर नेपाली रुपैयाँ लिनु परेमा, बैङ्कले कुन दर प्रयोग गर्छ ?
(क) बिक्री दर
(ख) खरिद दर
(ग) औसत दर
(घ) सरकारी दर
बैङ्क वा वित्तीय संस्थाले ग्राहकहरूलाई विदेशी मुद्रा बेच्दा प्रयोग गर्ने दरलाई के भनिन्छ ?
(क) खरिद दर
(ख) नाफा दर
(ग) बिक्री दर
(घ) विप्रेषण दर
खरिद दर र बिक्री दरको सम्बन्धमा कुन भनाइ सही छ ?
(क) खरिद दर सधैँ बिक्री दरभन्दा बढी हुन्छ ।
(ख) बिक्री दर सधैँ खरिद दरभन्दा बढी हुन्छ ।
(ग) दुवै दर सधैँ बराबर हुन्छन् ।
(घ) यी दुई दर बीच कुनै सम्बन्ध हुँदैन ।
बैङ्कले मुद्रा विनिमय सेवाबाट कसरी नाफा कमाउँछ ?
(क) ग्राहकबाट अतिरिक्त सेवा शुल्क लिएर
(ख) नेपाल राष्ट्र बैङ्कले नाफा दिएर
(ग) खरिद दर र बिक्री दर बीचको अन्तरबाट
(घ) विदेशी मुद्रा सस्तोमा किनेर मात्र
अमेरिकाको मुद्रालाई डलर भनिन्छ भने बेलायतको मुद्रालाई के भनिन्छ ?
(क) युरो
(ख) पाउन्ड स्टर्लिङ
(ग) रुपियाँ
(घ) रिङ्गेट
बेलायतको मुद्रा पाउन्ड स्टर्लिङलाई जनाउन प्रयोग गरिने सङ्केत कुन हो ?
(क) $
(ख) €
(ग) ₹
(घ) £
