NEW
Font size
Worksheetsबाइबल हाजिरी जवाफ "यूहन्ना" १-१५ अध्याय
Total questions: 30
Worksheet time: 15mins
यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्ड छ, जसलाई हिब्रू "के" भाषामा भनिन्छ?
भेडा
बेथस्दा
तिबेरिया
तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ "के" पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,?
मुक्ति
उद्धार
अनन्त जीवन
“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो "कस्तो" पाऊन् भन्ने हेतुले आएँ?
आनन्दको
खुशीको
प्रशस्त मात्रामा
पिताले "के" तुल्याएर संसारमा पठाउनुभएको व्यक्तिले ‘म परमेश्वरको पुत्र हुँ’ भन्दा कसरी ईश्वर-निन्दा हुन्छ?
पवित्र
अभिषिक्त
शुद्ध
ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले "के" सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ?
आत्मामा भरिपूर्ण हुन्
जीवित रहन
फल फलाउन
जसले मलाई घृणा गर्दछ, त्यसले मेरा "कस" लाई पनि घृणा गर्दछ?
परमेश्वर
पिता
मानिस
लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ "कहाँ"का थिए।
बेथानिया
बेथ्सेदा
गालील
मलाई थाहा छ, कि तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ। तर यहाँ उभिएका "कस"को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरून्?”
जनहरु
मानिसहरु
भीड़
नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो "के" लगाउनुभएको छ?”
चिन्ह
मोहर
छाप
जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती "के" हुन्।
आत्मा
आत्मा र जीवन
जीवन
अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय: "कति" लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्पाहरू राखिएका थिए?
एक सय पाँच
एक सय बीस
एक सय
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु।”
तब यहूदीहरूले भने, “यस मन्दिरलाई निर्माण गर्न "कति" वर्ष लाग्यो, र के तपाईं यसलाई तीन दिनमा खड़ा गर्न सक्नुहुन्छ र?”
छयालीस
पचास
छप्पन
परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ "के" थियो?
येशू
यूहन्ना
बप्तिस्मा दिने यूहन्ना
परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई "के" गर्नुभएको छ?
चिनाउनु
देखाउनु
प्रकट
यदि कुनै मानिसले परमेश्वरको "के" चाहन्छ भने, मेरो शिक्षा परमेश्वरतर्फबाट हो, कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ?
इच्छा पालन गर्न
पच्छ्याउन
अनुसरण गर्न
"के" हेरेर होइन, तर ठीक किसिमले इन्साफ गर?”
काम
मुख
धनि र गरीब
साँच्चै, म तिमीहरूलाई भन्दछु, "के"को दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ?
रायो
गहूँ
अन्जीर
अब यस संसारको न्याय हुन्छ। यस संसारको शासक "कता" फालिनेछ?
पातालमा
बाहिर
चिहानमा
“तिमीहरूको हृदय "के" नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर।
दुखित
विचलित
व्याकुल
“साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा "कस्तो" काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।
ठूला
महान
असल
मलाई "के"हुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन?
बोलाउनु
पठाउनु
खट्टाउनु
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अन्धा भए ता पापको "के" हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्छौं’ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ?”
दोषी
कमारा
भागी
पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै धुनुहुनेछैन।”
येशूले तिनलाई जवाफ दिनुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही "के" हुनेछैन।”
भाग
हिस्सा
चीज
“मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइनँ, मैले कसलाई छानेको हुँ तिनलाई म चिन्छु। तर "के" पूरा होस् भनेर यो भयो, कि ‘मेरै रोटी खानेले ममाथि आफ्नो लात उठायो?’
धर्मशास्त्र
वचन
व्यवस्था
मैले न्याय गरें भने पनि, मेरो न्याय सत्य ठहरिन्छ। किनभने न्याय गर्ने म "के" छैनँ, तर म छु, र मलाई पठाउनुहुने पिता हुनुहुन्छ?
एकलै
अयोग्य
कम्ति
तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई "के" तुल्याउनेछ।”
स्वतन्त्र
शक्तिशाली
आनन्दित
परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले "के"मा आराधना गर्नुपर्छ।”
सत्यतामा
आत्मा
आत्मा र सत्यतामा
येशूले तिनलाई भन्नुभयो, “तिमीहरू "के" का कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ?”
आश्चर्य
अनौठो
चिन्ह र अचम्म
येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही "के"द्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन?
विश्वास
पानी र आत्मा
परमेश्वर
सत्यद्वारा जिउने मानिस "के"मा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ।”
जीवन
ज्योति
प्रकाश
