NEW
Font size
Worksheetsनेपाली
Total questions: 25
Worksheet time: 13mins
१. लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले भएको थियो ?
१९६६
१९६५
१९६७
१९६९
२. नेपाली साहित्यमा आदिकवि भनेर कसलाई चिनिन्छ ?
लक्ष्मीप्रसाद देवकोटा
बालकृष्ण सम
भानुभक्त आचार्य
पारिजात
३. 'शिरीषको फूल' पुस्तकका लेखक को हुन् ?
लक्ष्मीप्रसाद देवकोटा
बालकृष्ण सम
भानुभक्त आचार्य
पारिजात
४. नेपाली साहित्यमा प्रथम आधुनिक कथाकार भनेर कसलाई चिनिन्छ ?
गोविन्द गोठाले
बालकृष्ण सम
गुरूप्रसाद मैनाली
पारिजात
५. माधवप्रसाद घिमिरेको मृत्यु कहिले भयो ?
भदौ २
भदौ ३
भदौ ४
भदौ ५
६. नेपाली साहित्यकी पारिजातको खास नाम के हो ?
पारिजात वाइवा
विष्णुकुमारी वाइवा
विष्णुकुमारी पारिजात
विष्णु तामाङ
७. जन्मभूमि कस्तो प्रकारको कथा हो ?
सामाजिक
ऐतिहासिक
पौराणिक
मनोवैज्ञानिक
८. विभीषण को थिए ?
रामका भाइ
लक्ष्मणका साथी
रावणका साथी
रावणका भाइ
९.'सन्तुष्टि' कविताका लेखक को हुन् ?
पारिजात
लक्ष्मीप्रसाद देवकोटा
भरतराज पोखरेल
भरतराज पन्त
१०. 'जनार्दन' शब्दको अर्थ कुन हो ?
जनता
राजा
भगवान्
सबै
११. 'तृतीय पुरुष' को वाक्य कुन हो ?
तपाईँ बस्नुहुन्छ ।
ऊ बस्छे ।
हामी बस्छौ ।
तँ बस्छस् ।
१२. 'सन्दुक रुइत' को जन्म कहिले भयो ?
वि. सं. २००९
वि. सं. २०१०
वि. सं. २०११
वि. सं. २०१२
१३. शुद्ध शब्द कुन हो ?
भुपरिवेष्टत
भूपरिबेष्टित
भूपरिवेष्ठित
भूपरिवेष्टित
१४. 'गोल' कस्तो शब्द हो ?
अनेकार्थी
विपरीतार्थी
पर्यायवाची
श्रुतिसमभिन्नार्थी
१५.'उमा र म घर गयौँ तर बसेनौँ ।'
माथिको वाक्यमा आएको 'गयौँ' कुन पदवर्गमा पर्छ ?
नाम
सर्वनाम
विशेषण
क्रिया
१६. रुइतेक्टोमीको आविष्कार हुनु पहिले नेपालमा कति प्रतिसत मानिसहरू दृष्टिविहीन थिए ?
०.४
०.६
०.८
०.१०
१७. सीता चिटिक्क परेर बजार गई ।
माथिको वाक्यको 'चिटिक्क' शब्दको पदवर्ग के हो ?
नामयोगी
क्रियाविशेषण
संयोजक
निपात
१ ८. तलका मध्य लक्ष्मीप्रसाद देवकोटाले लेखेको महाकाव्य कुन होइन ?
शकुन्तला
शाकुन्तल
सुलोचना
वनकुसुम
१९. 'उन्मुख' शब्दको अर्थ के हो ?
मुख भएको
फर्केको
मुख नभएको
मुख बाएको
२०. शुद्ध शब्द कुन हो ?
उत्पिडन
उत्पिढन
ऊत्पीडन
उत्पीडन
२१. नेपाली संस्कृितिका विकृति कुन होइन ?
परम्परागत
शोषण
अन्धविश्वास
विभेद
२२. संस्कृति................पिच्छे फरक हुन्छ ।
घरै
मानिस
जातै
उमेर
२३. शब्द कति प्रकारबाट बन्छन् ?
२
३
४
५
२४. कक्षा १० को नेपाली विषयमा कति पाठ छन् ?
१५
१६
१७
१८
२५. कक्षा १० को नेपालीमा आजसम्म कतिवटा पाठ पढियो ?
३
४
५
६
