wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NRNC Bible Quiz 1 Corinthians 11-15 Chapter

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

"के"द्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्‍यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्‍यर्थैमा विश्‍वास गर्‍यौ।

a)

विश्वास

b)

सुसमाचार

2.

तरै पनि प्रभुमा पुरुषबाट स्‍त्री "के" हुँदिन, न त स्‍त्रीबाट पुरुष नै।

a)

पूर्ण

b)

स्‍वतन्‍त्र

3.

"के"लाई तिमीहरूको लक्ष्य बनाओ, र आत्‍मिक वरदानहरूका निम्‍ति उत्‍कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्‍नका निम्‍ति?

a)

विश्वास

b)

प्रेम

c)

वरदान

4.

भाइ हो, "के"को विषयमा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्‍छा छैन?

a)

आत्‍मिक वरदान

b)

वरदान

c)

विश्वास

5.

मैले "कस"को भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु?

a)

स्‍वर्गदूतहरू

b)

मानिसहरू

c)

मानिसहरू र स्‍वर्गदूतहरू

6.

येशू केफासकहाँ, अनि "कति" जनाकहाँ देखा पर्नुभयो?

a)

बाह्रै

b)

ग्यारह

c)

तेह्र

7.

तर यी आदेश दिँदा म तिमीहरूको "के" गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्‍यो असलको निम्‍ति हुँदैन, तर त्‍यो अझ खराबीको निम्‍ति हुन्‍छ?

a)

खराबी

b)

खेदो

c)

प्रशंसा

8.

तर "के" बोल्‍ने हरेकले मानिसहरूसँग नै बोल्‍दछ? तिनीहरूका आत्‍मिक वृद्धि, उत्‍साह र सान्‍त्‍वनाको निम्‍ति ऊ बोल्‍दछ।

a)

अगमवाणी

b)

अन्यभाषा

9.

यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्‍छु, कि परमेश्‍वरका आत्‍माद्वारा बोल्‍ने कसैले “येशू श्रापित होस्‌” भन्‍दैन, अनि "के"द्वारा मात्र “येशू नै प्रभु हुनुहुन्‍छ” भन्‍न सक्‍छ?

a)

पवित्र आत्‍मा

b)

बुद्धी

c)

ज्ञान

10.

तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।


यो वचन सही छ कि छैन|

a)

सही छ

b)

गलत छ

11.

सबैभन्‍दा अन्‍त्‍यमा असमयमा जन्‍मेको मानिसकहाँ जस्‍तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।


यो वचनमा असमयमा जन्मेको भनेर कसको निम्ति भनिएको छ?

a)

बारनाबास

b)

पावल

c)

तिमोथी

12.

यसकारण जसले अयोग्‍य रीतिले प्रभुको रोटी खान्‍छ, कि प्रभुको कचौराबाट पिउँछ, त्‍यो मानिस प्रभुको "के"लाई अपवित्र तुल्‍याएकोमा दोषी ठहरिनेछ?

a)

शरीर र रगत

b)

शरीर

c)

रगत

13.

किनभने मैले अन्‍य भाषामा प्रार्थना गर्दा मेरो आत्‍माले प्रार्थना गर्दछ, तर मेरो "के"चाहिँ निष्‍फल हुन्‍छ?

a)

दिमाग

b)

शरीर

c)

बुद्धि

14.

तर यी सबै उनै एक पवित्र आत्‍माका कामहरू हुन्‌। उहाँले हरेकलाई उहाँको "के"अनुसार वरदान दिनुहुन्‍छ?

a)

इच्‍छा

b)

नाप

c)

अभिप्राय

15.

अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्‌, तर यिनमा सर्वोत्तमचाहिँ "के" नै हो।

a)

विश्वास

b)

आशा

c)

प्रेम

16.

सबैभन्‍दा पछि नष्‍ट पारिने शत्रु मृत्‍यु हो।


सही या गलत छुट्टाउनुहोस्

a)

सही

b)

गलत

17.

तर जब प्रभुले हाम्रो न्‍याय गर्नुहुन्‍छ, तब हामीलाई ताड़ना दिनुहुन्‍छ, ताकि संसारसँग हामी एउटै नठहरिऔं।


सही या गलत ?

a)

सही

b)

गलत

18.

भाइ हो, सोच-विचारमा बालक नहोओ। "के"को निम्‍ति बालक बन, तर सोच-विचारमा परिपक्‍व बन?

a)

खराबी

b)

दुष्टता

c)

गलत विचार

19.

यदि एउटा अङ्गलाई कष्‍ट भयो भने सबै अङ्गहरूले सँगै कष्‍ट भोग्‍छन्‌, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्‍द मनाउँछन्‌।

ठीक या बेठीक?

a)

ठीक

b)

बेठीक

20.

यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन।

कुन अध्यायको कुन पद हो?

a)

१ कोरिन्थी १३:१३

b)

१ कोरिन्थी १४:४०

c)

१ कोरिन्थी १५:५८