Worksheetsकलस्सी बाइबल हाजिरी जवाफ
Total questions: 27
Worksheet time: 14mins
जुनचाहिँ तिमीहरूका निम्ति "कहाँ" राखिएका आशाको कारणले नै हो? यस विषयमा तिमीहरूले अघि नै सत्यको वचन, अर्थात् सुसमाचारमा सुनेका छौ।
स्वर्गमा
हृदयमा
विश्वासमा
यसैकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति "के" गर्न छोड़ेका छैनौं,?
काम
प्रार्थना
इन्तजार
उहाँको महिमित शक्तिअनुसार आनन्दसाथ सबै "के" को लागि तिमीहरू सारा शक्तिसित बलिया होओ?
सहनशीलता
धैर्य
सहनशीलता र धैर्य
उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना "कस" को राज्यभित्र हामीलाई सार्नुभएको छ?
पुत्र
प्रिय पुत्र
तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब "के"मा ल्याउनुभएको छ–?
मिलाप
संगती
युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ।
ठीक
बेठीक
प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा "के" बनाई प्रस्तुत गर्न सकौं।
परिपक्व
विश्वासी
ज्ञानी
उहाँमा नै ज्ञान र बुद्धिका सारा रहस्य लुकेका छन्।
ठीक
बेठीक
यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा "के गर"?
जीवन बिताओ
काम गर
विश्वास गर
ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर "कस"को परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्?
संसार
मानिस
शैतान
विश्वसमा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही विश्वासमा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।
बेठीक
ठीक
आफ्नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्न लाएर, आफ्नो दर्शनमा अड़िएर, आफ्नो अभिलाषी मनले कारणविनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई "के" गुमाउने नतुल्याओस्?
इनाम
विश्वास
उद्दार
“नसमात, नचाख, नछोओ”
ठीक
बेठीक
उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर "के"लाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्?
शरीरका अभिलाषा
शरीरको शेखी
आँखाको अभिलाषा
यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको देब्रे बाहुलीपट्टि बस्नुभएको छ।
ठीक
बेठीक
माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन।
कलस्सी २:२
कलस्सी ४:२
कलस्सी ३:२
यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहनेछैन, तर "को" नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ?
परमेश्वर
ख्रीष्ट
ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो "के"मा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ?
कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
हृदय
मन
दिमाग
पत्नी हो, प्रभुको दृष्टिमा सुहाउँदो गरी आ-आफ्ना पतिहरूका अधीनमा बस।
पति हो, आ-आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति "के"नहोओ?
दुष्ट
अपराधी
कठोर
बुबा हो, आफ्ना छोराछोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू "के" हुनेछन्?
क्रोधित
निराश
बागी
कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको "के" राखेर तिनीहरूका अधीनमा बस।
डर
प्रेम
आदर
सतर्क भएर धन्यवादसहित स्थिर भई विश्वासमा लागिरहो।
ठीक
बेठीक
समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर।
"कर"ले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान?
मह
नून
वचन
मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्नेछन्।
ठीक
बेठीक
मेरा सङ्गी-कैदी, अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भानिज "कस"को पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ– तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।
मर्कूस
पत्रूस
तिमोथी
म पावल, यो अभिवादनचाहिँ आफ्नै हातले लेख्दैछु। मेरा "के"हरूलाई याद राख? तिमीहरूसँग अनुग्रह रहोस्।
साङ्ला
यातना
परिश्रम
प्रिय वैद्य मर्कूस र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
बेठीक
ठीक
