wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षा सम्बन्धि कक्षा १२ को सामाजिक १

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

शिक्षा शव्दको उत्पत्ति संस्कृत भाषाको कुन धातुबाट भएको हो ?

a)

शिक्

b)

शिक्ष्

c)

सिक्

d)

साक्ष्

2.

'शिक्षा जीवन हो, जीवनको तयारी होइन ।' यो भनाइ कसको हो ?

a)

जोन डिवे

b)

सुकरात

c)

पेस्तालोजी

d)

रूसो

3.

'आत्मानुभुती नै शिक्षा हो ।' यो भनाइ कसको हो ?

a)

भागवत गीता

b)

अरस्तु

c)

शंकराचार्य

d)

मारिया मन्टेस्वरी

4.

'मानिसको शरीर, मन र आत्मामा रहेको असल कुराहरूलाई सम्पूर्ण रूपमा बाहिर निकाल्नु नै शिक्षा हो ।' यो भनाइ कसको हो ?

a)

नेल्सन मण्डेला

b)

शंकराचार्य

c)

सुकरात

d)

महात्मा गान्धी

5.

'शिक्षा एक यस्तो प्रक्रिया हो, जसले बालकको अन्तर्निहित शक्तिलाई बाहिर ल्याउँछ ।' यो भनाइ कसको हो ?

a)

फ्रोबेल

b)

पेस्तालोजी

c)

नेल्सन मण्डेला

d)

बट्रेन्ड रसेल

6.

'शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छाै ।' यो भनाइ कसको हो ?

a)

पेस्तालोजी

b)

सुकरात

c)

अरस्तु

d)

नेल्सन मण्डेला

7.

'प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो ।' यो कसको भनाइ हो ?

a)

अरस्तु

b)

प्लेटो

c)

सुकरात

d)

नेल्सन मण्डेला

8.

'विद्यालयको चाैघेराभित्र रहेर दिइने औपचारिक सिकाइ मात्र शिक्षा हो ।' यो शिक्षाको कस्तो अर्थ हो ?

a)

शाव्दिक

b)

संकुचित

c)

व्यापक

d)

विश्लेषणात्मक

9.

Education ल्याटिन शव्द Edu र Catum मिलेर बनेको हो । Edu र Catum शव्दहरूको अर्थ के हो ?

a)

आन्तरिक, बाहिर निकाल्नु

b)

आन्तरिक, सिकाउनु

c)

अनुभवहरू, बाहिर निकाल्नु

d)

आत्मानुभुती, प्रकाशमा ल्याउनु

10.

हिन्दु/वैदिक र बाैध्द शिक्षाको प्रचलन रहेको नेपालमा आधुनिक शिक्षाको सुरुवात कहिलेदेखि भयो ?

a)

वि.सं. १९१०

b)

वि.सं. १९९०

c)

वि.सं. २००७

d)

वि.सं. २०२८

11.

नेपालमा उच्चशिक्षाको सुरुवात त्रिचन्द्र कलेजको स्थापनाबाट भएको हो । उक्त कलेजको स्थापना कुन सालमा भयो ?

a)

वि.सं. १९१०

b)

वि.सं. १९७५

c)

वि.सं. २००७

d)

वि.सं. २०१६

12.

वि.सं. २००७ सालमा नेपालको साक्षरता प्रतिशत कति थियो ?

a)

करिब २

b)

करिब ५

c)

करिब १०

d)

करिब १२

13.

वि.सं.२००७ सालमा नेपालमा कतिवटा प्रारम्भिक (प्राथमिक) स्कुल, माध्यमिक स्कुल र उच्च शिक्षाअन्तर्गत कलेज सञ्चालित थिए ?

a)

३२१, २१ र ३

b)

१२१, ११ र २

c)

३२१, ११ र १

d)

२२१, २१ र १

14.

नेपालमा हाल कतिओटा बालविकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालयहरू सञ्चालनमा रहेका छन् ?

a)

१३,३०४

b)

२३,४०४

c)

३३,५०४

d)

३३,४०४

15.

नेपालको प्राथमिक तहमा अहिले पनि विद्यालय जाने उमेरका कति प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् ?

a)

करिब ३.९

b)

करिब ४.९

c)

करिब ५.९

d)

करिब ६.९

16.

नेपाल सरकारको तथ्याङ्क अनुसार, माध्यमिक तहमा हाल विद्यार्थी र शिक्षकको अनुपात कति रहेको छ ?

a)

१३.८

b)

२३.८

c)

३३.८

d)

३३.१०

17.

'परम्पराको आत्मसात' शिक्षाको कुन कार्य हो ?

a)

सांस्कृतिक

b)

व्यक्तिगत

c)

आर्थिक

d)

राजनीतिक

18.

कुने निश्चित ढाँचा र स्वरूपमा आधारित रही प्रदान गरिने शिक्षा कुन प्रकारको हो ?

a)

अनियमित

b)

सामुहिक

c)

अनाैपचारिक

d)

औपचारिक

19.

नेपाल सरकारले कुन बर्षलाई निरक्षरता उन्मूलन बर्षका रुपमा मनायो ?

a)

आर्थिक बर्ष २०६९/७०

b)

आर्थिक बर्ष २०७०/७१

c)

आर्थिक बर्ष २०७१/७२

d)

आर्थिक बर्ष २०७२/७३

20.

नेपाली भाषाको पहिलो पाठ्यपुस्तक कुन हो ?

a)

अक्षराङ्क शिक्षा

b)

महेन्द्रमाला

c)

नयाँ गोरेटो

d)

स्रेस्ता बोध