wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षा सम्बन्धी कक्षा १२ सामाजिकको २

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

नेपालको संविधानको कुन धारामा शिक्षा सम्बन्धी हकको व्यवस्था छ ?

a)

२६

b)

२८

c)

३०

d)

३१

2.

नेपालको संविधानमा नभएको व्यवस्था कुन हो ?

a)

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक

b)

अपाङ्गता भएका नागरिकलाई निःशुल्क उच्च शिक्षा

c)

प्रत्येक नागरिकलाई अनिवार्य माध्यमिक तहसम्मको शिक्षा

d)

बोलाइ सम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषामा शिक्षा

3.

नेपालको संविधानको धारा ५१ (ज) मा कुन चाहीँ व्यवस्था छैन ?

a)

शिक्षामा निजी क्षेत्रको लगानीमा मुनाफा सुनिश्चित गर्ने

b)

शिक्षालाई वैज्ञानिक, प्राविधिक, रोजगारमूलक बनाउने

c)

उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँच योग्य बनाउने

d)

सामुदायिक सुचना केन्द्र र पुस्तकालयको प्रवर्द्धन गर्ने

4.

नेपालमा विद्यालय स्थापना गर्ने अनुमति कसले प्रदान गर्छ ?

a)

स्थानीय सरकार

b)

संघीय सरकार

c)

प्रदेश सरकार

d)

जुनसुकै तहको सरकार

5.

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार विद्यालय शिक्षाको उद्देश्य कुन होइन ?

a)

प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रष्फुटन गर्ने

b)

प्रत्येक व्यक्तिमा आध्यात्मीक चेतना जागृत गर्ने

c)

श्रमप्रति सम्मान एवम् सकारात्मक सोच भएका नागरिक तयार गर्ने

d)

प्राकृतिक सम्पदा र पर्यावरणको संरक्षण गर्ने सचेत नागरिक तयार गर्ने

6.

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार विद्यालय शिक्षाको उद्देश्य कुन होइन ?

a)

प्रत्येक व्यक्तिमा मानव अधिकारका मान्यता अनुरूपको आचरण विकास गर्ने

b)

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी दक्ष जनशक्ति तयार गर्ने

c)

उपलव्ध वस्तु वा सेवाको उपभोगमा सक्षम जनशक्तिको विकास गर्ने

d)

रचनात्मक चिन्तन र जीवनोपयोगी सीप भएका नागरिक तयार गर्ने

7.

नेपालमा हाल प्रचलित विद्यालयको तह कुनचाहीँ होइन ?

a)

प्रारम्भिक बाल विकास तथा शिक्षा

b)

आधारभूत

c)

निम्न माध्यमिक

d)

माध्यमिक

8.

कक्षा ११ र १२ को सिकाइ क्षमतास्तरको तह कुन हो ?

a)

b)

c)

d)

9.

प्रारम्भिक बालविकास तथा शिक्षाकाे सक्षमता कुन चाहीँ होइन ?

a)

पोषणयुक्त खाना र स्वस्थकर बानी विकास

b)

सरसफाइ र सामाजिक बानी व्यवहारको अबलम्बन

c)

सिर्जनात्मक सोचको विकास

d)

सूचनाप्रविधिको उपयोग गर्ने बानी विकास

10.

माध्यमिक तहका विद्यार्थीमा कुन चाहीँ सक्षमताको अपेक्षा गरिएको छैन ?

a)

मनोरञ्जन र खेलकुदमा मनग्य समय दिई उल्लेखनीय उपलब्धि हासिल गर्ने

b)

देशप्रेम एवम् राष्ट्रिय एकताको भावनाको विकास

c)

लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास

d)

भाषिक तथा सञ्चार सिपको विकास

11.

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ ले कुन अधिकारलाई सुनिश्चित गरेको छ ?

a)

हरेक व्यक्तिको रोजगारी प्राप्त गर्ने अधिकार

b)

हरेक व्यक्तिको मनोरञ्जन प्राप्त गर्ने अधिकार

c)

हरेक व्यक्तिको शिक्षा प्राप्त गर्ने अधिकार

d)

हरेक व्यक्तिको न्याय प्राप्त गर्ने अधिकार

12.

नेपाली नागरिकका सम्बन्धमा नगरिएको व्यवस्था कुन हो ?

a)

गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार

b)

स्थानीय तहमै उच्च शिक्षा पाउने अधिकार

c)

मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार

d)

निरक्षर नागरिकलाई साक्षर हुने अधिकार

13.

प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने जिम्मेवारी कसको हो ?

a)

नेपाल सरकार

b)

प्रदेश सरकार

c)

स्थानीय सरकार

d)

सबै तहका सरकार

14.

आधारभूत तहको शिक्षा हासिल गर्नु प्रत्येक नागरिकको …................ हो ।

a)

अधिकार

b)

कर्तव्य

c)

अधिकार र कर्तव्य दुबै

d)

स्वेच्छिक हक

15.

शिक्षा प्राप्तिको अधिकारको प्रयोगप्रति नागरिक …........ रहनु पर्छ ।

a)

आफैं पनि सचेत र सजग

b)

निर्धक्क र आश्थावान

c)

गाैरवान्वित

d)

आशावादी

16.

आधारभूत शिक्षा प्राप्त गर्ने उमेर समुहका आफ्ना बालबालिकाहरूलाई ….. अभिभावकको कर्तव्य हो ।

a)

विद्यालयमा भर्ना गरिदिनु

b)

नियमित रूपमा विद्यालय पठाउनु

c)

नियमित रूपमा घरैमा पढाउनु

d)

घरैमा आवश्यक रेखदेख गरेर राक्नु

17.

दिइएका मध्ये कुन चाहीँ नेपालको वर्तमान कानुनी व्यवस्था होइन ?

a)

प्रत्येक बालबालिकालाई आफूले चाहेको विद्यालयमा भर्ना हुन पाउने अधिकार छ ।

b)

प्रत्येक बालबालिकालाई आफूलाई पायक पर्ने विद्यालयमा पढ्न पाउने अधिकार छ ।

c)

अभिभावकले आफ्ना बालबालिकालाई जुनसुकै समय विद्यालयबाट छुटाउन सक्छन् ।

d)

बालबालिकालाई आधारभूत तहको शिक्षा पूरा गर्नबाट बञ्चित गराउन पाइदैन ।

18.

अभिभावक पहिचान नभएका वा पत्ता नलागेका बालबालिकाको पठनपाठनको जिम्मेवारी कसको हुन्छ ?

a)

सबैभन्दा नजिकको विद्यालय

b)

प्रदेश सरकार

c)

नेपाल सरकार

d)

सम्बन्धित स्थानीय तह

19.

विद्यालयमा भर्ना भई अध्ययन गरिरहेको कुनै बालबालिकाको आचरण खराब भएमा के गर्न पाइन्छ ?

a)

आधारभूत शिक्षा प्राप्त गर्नबाट बञ्चित गर्ने

b)

आवश्यक परामर्श सेवाको व्यवस्था गरी सत् मार्गमा ल्याउने

c)

परीक्षा दिनबाट बञ्चित गर्ने

d)

सामान्य शारीरिक दण्ड दिएर अनुशासित बनाउने

20.

विद्यार्थी भर्ना गर्न इन्कार गर्ने प्रधानाध्यापकलाई कतिसम्म जरिवाना हुनसक्छ ?

a)

एक हजार रुपैया

b)

तीन हजार रुपैया

c)

पाँच हजार रुपैया

d)

पचास हजार रुपैया