Worksheetsआयोनिकरण र मिश्रण
Total questions: 48
Worksheet time: 23mins
Name
Class
Date
1.
तामा, फलाम, एल्मुनियम, सुन, आदि धातुले के कारण विद्युत प्रवाह गर्छन् ?
a)
स्वतन्त्र इलेक्ट्रोन
b)
आयोन
c)
पोजिट्रोन
d)
प्रोटोन
2.
धातुहरु विद्युतका कस्ता प्रवाहक हुन् ?
a)
कुचालक
b)
सुचालक
c)
अर्धसुचालक
d)
अचालक
3.
शुद्ध पानी विद्युतको कस्तो प्रवाहक हो ?
a)
सुचालक
b)
कुचालक
c)
अर्धसुचालक
d)
अचालक
4.
नुन पानीको घोल विद्युतको कस्तो प्रवाहक हो ?
a)
कुचालक
b)
अर्धसुचालक
c)
सुचालक
d)
अचालक
5.
इलेक्ट्रोलाईटमा विद्युत प्रवाह कसले गर्छ ?
a)
आयोन
b)
स्वतन्त्र इलेक्ट्रोन
c)
पोजिट्रोन
d)
प्रोटोन
6.
विद्युत प्रवाह गर्ने ग्राफाइटको छडलाई के भनिन्छ ?
a)
Cathode
b)
Anode
c)
Electrolyte
d)
Electrode
7.
टर्चलाइट, रिमोड आदिमा प्रयोग गरिने Dry Cell को बिचमा हुने रड के बाट बनेको हुन्छ ?
a)
Iron
b)
Zinc
c)
Graphite
d)
Charcoal
8.
धनात्मक आयोनलाई के भनिन्छ ?
a)
Anion
b)
Cation
c)
Electron
d)
Positron
9.
ऋणात्मक आयोनलाई के भनिन्छ ?
a)
Electron
b)
Cation
c)
Anion
d)
Positron
10.
पानीको विद्युत विच्छेदन प्रक्रियामा H+ आयोन कता तिर लाग्छन् ?
a)
Cathode
b)
Anode
c)
Electrode
d)
None of the Above
11.
पानीको विद्युत विच्छेदन प्रक्रियाबाट के के पाइन्छ ?
a)
Hygrogen
b)
Oxygen
c)
Hygrogen peroxide
d)
Hydrogen र Oxygen
12.
आयोनको संकेतमा लेखिएको + र – चिन्हले के जनाउछ ?
a)
पिण्ड
b)
चार्ज
c)
अणु सङ्ख्या
d)
तौल
13.
कुनै आयोनमा धनात्मक आयोन किन आउँछ ?
a)
इलेक्ट्रोन गुमाएर
b)
इलेक्ट्रोन थप गरेर
c)
अक्टेट पुरा गरेर
d)
प्रोटोन र इलेक्ट्रोन बराबर भएर
14.
कुनै आयोनमा ऋणात्मक आयोन किन आउँछ ?
a)
इलेक्ट्रोन गुमाएर
b)
अक्टेट पुरा गरेर
c)
इलेक्ट्रोन थप गरेर
d)
प्रोटोन र इलेक्ट्रोन बराबर भएर
15.
पानीमा Hydrogen र Oxygen को अनुपात कति हुन्छ ?
a)
1:1
b)
2:1
c)
2:3
d)
1:4
16.
नुनमा Sodium र Chlorine को अनुपात कति हुन्छ ?
a)
1:2
b)
2:1
c)
1:3
d)
1:1
17.
तापक्रम वृद्धि हुँदा घोल्यमात्रामा के फरक पर्छ ?
a)
केहि फरक पर्दैन
b)
घोल्यमात्रा पनि बढ्छ
c)
घोल्यमात्रा पनि घट्छ
d)
शुन्य हुन्छ
18.
तापक्रम र घोल्यमात्रा विच कस्तो सम्बन्ध हुन्छ ?
a)
सम्बन्ध हुदैन
b)
ब्युतक्रमानुपातिक
c)
समानुपातिक
d)
बराबर
19.
घोलमा भएका रङहरु छुट्याउने विधिलाई के भनिन्छ ?
a)
उर्ध्वपातन
b)
आसवन
c)
क्रोमाटोग्राफी
d)
सेन्ट्रीफ्युजीङ
20.
पानीमा घुल्ने तर मट्टीतेलमा नखुल्ने पदार्थ कुन हो ?
a)
पोलार
b)
नन् पोलार
c)
धातु
d)
अधातु
21.
पानीमा नघुल्ने तर मट्टीतेलमा घुल्ने पदार्थ कुन हो ?
a)
पोलार
b)
नन् पोलार
c)
धातु
d)
अधातु
22.
नुनबाट आयोडिन उडेर जानु कुन प्रक्रिया हो ?
a)
क्रोमाटोग्राफी
b)
आसवन
c)
आंशिक आसवन
d)
उर्ध्वपातन
23.
घोलमा घुलित पदार्थको मात्रा कम भएको अवस्थाको घोललाई के भानिन्छ ?
a)
कडा घोल
b)
नरम घोल
c)
गाढा घोल
d)
फिक्का घोल
24.
घोलमा घुलित पदार्थको मात्रा बढि भएको अवस्थाको घोललाई के भानिन्छ?
a)
गाढा घोल
b)
कडा घोल
c)
नरम घोल
d)
फिक्का घोल
25.
वालुवा र कपूर छुट्याउन कुन विधि अपनाइन्छ ?
a)
क्रोमाटोग्राफी
b)
उर्ध्वपातन
c)
आंशिक आसवन
d)
थ्रेसिङ
26.
विरुवाले माटोबाट पौष्टिक तत्त्व के रुपमा प्राप्त गर्छ ?
a)
ग्याँसको रुपमा
b)
सस्पेन्सनको रुपमा
c)
कोलोइड्सको रुपमा
d)
घोलको रुपमा
27.
Universal Solvent भनेर के लाई भनिन्छ ?
a)
पानी
b)
अल्कोहल
c)
फर्मालिन
d)
क्लोरोफर्म
28.
पानी पछि दोस्रो उत्कृष्ठ घोलकको रुपमा के लाई लिइन्छ ?
a)
अल्कोहल
b)
फर्मालिन
c)
क्लोरोफर्म
d)
मट्टीतेल
29.
धातुलाई पेरियोडिक तालिकाको कुन स्थानमा राखिएको छ ?
a)
दाँया
b)
बाँया
c)
मध्य
d)
तल तिर
30.
पेरियोडिक तालिकामा धातुहरुसँग राखिएको अधातु कुन हो ?
a)
हिलियम
b)
अक्सिजन
c)
हाइड्रोजन
d)
कार्बन
31.
कस्तो तत्त्वलाई Semiconductors बनाउन प्रयोग गरिन्छ ?
a)
धातु
b)
अधातु
c)
अर्धधातु
d)
एक्टिनाइड्स
32.
कुन रेडिकललाई चार्जविहिन रेडिकल भनिन्छ ?
a)
Free Radical
b)
Acid Radical
c)
Basic Radical
d)
All of the Above
33.
कुन प्रक्रियाबाट Free Radicals बन्छन् ?
a)
Heterolytic Fission
b)
Nuclear Fission
c)
Nuclear Fusion
d)
Homolytic Fission
34.
Na+ कस्तो प्रकारको रेडिकल हो?
a)
Acid
b)
Free
c)
None of the Above
d)
Basic
35.
घोलमा पूर्णरुपमा अयोनिकरण हुने इलेक्ट्रोलाइटलाई के भनिन्छ ?
a)
Weak Electrolyte
b)
Strong Electrolyte
c)
Ditute Electrolyte
d)
Conc. Electrolyte
36.
दुध कस्तो प्रकारको मिश्रण हो ?
a)
समान मिश्रण
b)
असमान मिश्रण
c)
घोल
d)
मिश्रधातु
37.
रगत कस्तो प्रकारको मिश्रण हो ?
a)
असमान मिश्रण
b)
समान मिश्रण
c)
घोल
d)
मिश्रधातु
38.
नुन पानी कस्तो प्रकारको मिश्रण हो ?
a)
असमान मिश्रण
b)
कोलोइड्स
c)
समान मिश्रण
d)
सस्पेन्सन
39.
पित्तल बनाउन कुन कुन धातुको प्रयोग गरिन्छ ?
a)
Copper and Zinc
b)
Copper and Tin
c)
Iron and Copper
d)
Iron and Carbon
40.
Stainless Steel बनाउन कुन कुन तत्त्वको प्रयोग गरिन्छ ?
a)
Iron + Carbon
b)
Copper and Tin
c)
Iron and Copper
d)
Iron + Chromium + Nickel
41.
मणिभ नबन्ने पदार्थलाई के भनिन्छ ?
a)
Crystilline
b)
Amorphous
c)
Solid
d)
Liquid
42.
काँच कस्तो प्रकारको पदार्थ हो ?
a)
Crystilline
b)
Amorphous
c)
Solid
d)
Liquid
43.
पिठो र अन्न छुट्याउने विधि कुन हो ?
a)
थ्रेसिङ
b)
आंशिक आसवन
c)
विनोइङ्ग विधी
d)
सेन्ट्रीफ्युजीङ
44.
अन्नको बोटबाट अन्न छुट्याउने विधि कुन हो ?
a)
थ्रेसिङ
b)
आंशिक आसवन
c)
विनोइङ्ग विधी
d)
सेन्ट्रीफ्युजीङ
45.
दुधबाट क्रिम छुट्याउने विधि कुन हो ?
a)
थ्रेसिङ
b)
आंशिक आसवन
c)
विनोइङ्ग विधी
d)
सेन्ट्रीफ्युजीङ
46.
फरक फरक उम्लने तापक्रम भएका तरल पदार्थहरुको मिश्रण छुट्याउने विधि कुन हो ?
a)
थ्रेसिङ
b)
आंशिक आसवन
c)
विनोइङ्ग विधी
d)
मणिभीकरण
47.
रातो रङ र निलो रङ छुट्याउने विधि कुन हो ?
a)
क्रोमाटोग्राफी
b)
आंशिक आसवन
c)
सेन्ट्रीफ्युजीङ
d)
मणिभीकरण
48.
उखुको रसबाट चिनी बनाउने विधि कुन हो ?
a)
क्रोमाटोग्राफी
b)
आंशिक आसवन
c)
मणिभीकरण
d)
सेन्ट्रीफ्युजीङ
100 %
