NEW
Font size
Worksheetsसोच, लक्ष्य, उद्देश्य र रणनीति निर्धारण
Total questions: 16
Worksheet time: 8mins
सोच भनेको .......................... हो जसले भविष्यमा पुग्नुपर्ने अवस्थाको परिकल्पना गर्दछ ।
दूरदृष्टि
दृष्टि
सपना
कल्पना
सोचमा ..................... पहिचान गरिन्छ ।
गन्तव्यको
भविष्यको
कार्यक्रमको
लक्ष्यको
योजना तर्जुमाको सन्दर्भमा दीर्घकालीन सोच सामान्यतः ........ वर्षका लागि लिने गरिन्छ ।
१५ देखि २५
१० देखि १५
५ देखि १०
२ देखि ३
सोच लेख्दा स्पष्ट र ...... रुपमा लेख्नु पर्दछ ।
छोटो
आलङ्कारिक
लामो
प्रश्नको
"स्वस्थ, सुसंस्कृत र समुन्नत सहर", "सुरक्षित लगानी र व्यवसायीको सहर", " स्थानीय नेतृत्त्वको सुसंस्कृत मालिका, हाम्रो बडीमालिका", के को दृष्टान्तहरु हुन् ?
सोच
लक्ष्य
उद्देश्य
रणनीति
योजना अवधिमा योजनाको कार्यान्वयनबाट प्राप्त हुन सक्ने भनी निर्धारण गरिएको अपेक्षित नतिजालाई ....... भनिन्छ । यो परिमाणात्मक र गुणात्मक रुपमा मापनयोग्य हुनु पर्दछ ।
लक्ष्य
सोच
उद्देश्य
रणनीति
व्यावहारिक रुपमा दीर्घकालीन सोच उन्मुख हुने गरी ..... निर्धारण गरिनु पर्दछ ।
लक्ष्य
सोच
उद्देश्य
रणनीति
"शिक्षा तथा स्वास्थ्य सेवाको समुचित विकास गरी समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने " भन्ने वाक्यलाई के को उदाहरणको रुपमा लिन सकिन्छ ?
लक्ष्य
सोच
उद्देश्य
रणनीति
........ साध्य (End) भएकोले यसलाई माध्यम (Mean) को रुपमा उल्लेख गर्नु जरुरी हुँदैन ।
लक्ष्य
सोच
उद्देश्य
रणनीति
उद्देश्य लेख्दा लक्ष्य प्राप्तिसम्बन्धी मध्यमकालीन ........ समेटिने गरी लेख्नुपर्दछ र यो लक्ष्य भन्दा बाहिर जानु हुँदैन ।
नतिजा
सोच
परिमाण
रणनीति
एक लक्ष्य हासिल गर्न एक भन्दा बढी ...... लिन सकिन्छ ।
उद्देश्य
कार्यनीति
कार्यक्रम
रणनीति
"जोखिममा रहेका क्षेत्र र समूहहरुमा गुणस्तरयुक्त शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच बढाउनु" भन्ने विषय तल दिइएकामध्ये कुन कुरासँग सम्बन्धित छ ?
उद्देश्य
लक्ष्य
सोच
रणनीति
लक्ष्य एवम् उद्देश्य हासिल गर्न अपनाउनु पर्ने माध्यम/विधि/शैलीलाई के भनिन्छ ?
उद्देश्य
लक्ष्य
सोच
रणनीति
योजनाको उद्देश्य हासिल गर्ने माध्यमको रुपमा रणनीति भएकोले यसले स्थानीय तहले उद्देश्य ........ प्राप्त गर्ने कुराको उत्तर खोज्दछ ।
किन (Why) ?
कहाँ (Where) ?
कहिले (When) ?
कसरी (How) ?
"स्वास्थ्य र शिक्षाका लागि अनौपचारिक अवसरहरुप्रदान गर्ने" भन्ने कुरा तलकामध्ये कुन विषयसँग सम्बन्धित छ ?
सोच
लक्ष्य
उद्देश्य
रणनीति
प्रभावकारिता, समता, लागत प्रभावकारिता, स्वीकार्यता, समय, अनिश्चितता र दिगोपना जस्ता विषयहरु कुन विषयवस्तु छनौटका आधारहरु हुन् ?
लक्ष्य तथा उद्देश्य छनौटका आधारहरु
सोच तथा लक्ष्य छनौटका आधारहरु
रणनीति तथा कार्यक्रम छनौटका आधारहरु
योजनाका नतिजा तथा कार्यक्रम लक्ष्य आधारहरु
