wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

रमाइलो गाउँ खाने कथाबाट मजा लिनुहोस् ।

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

तान्दा दुख्ने काट्दा नदुख्ने के हो ?

a)

कपाल

b)

जुँगा

c)

कन्सिरीको रौं

d)

उल्लिखित सबै

2.

सुनौली नानी औंलामा बस्छिन्, बसेपछि नछाडि माया गाँस्छिन् के हो ?

a)

औंठी

b)

घडी

c)

सिक्री

d)

नेल पोलिस

3.

थालीमाथि पटुकी, पटुकीमा झोल, तह लगाउन त्यस्को कान मोल के हो ?

a)

कप

b)

प्लेट

c)

कपडा धोएको

d)

कप वा प्लेट

4.

सजिव हो भनौं भने काट्दा दुख्दैन निर्जीव हो भनौं भने बढ्न छोडेन । के हो ?

a)

कपाल

b)

नङ

c)

जुँगा

d)

उल्लिखित सबै

5.

मै काटिन्छु मै मर्छु तँ किन रुन्छस्। के हो ?

a)

लसुन

b)

अदुवा

c)

आलु

d)

प्याज

6.

हातले खेलाउनी हातैले चलाउनी अर्कालाई बोलाउनी के हो ?

a)

ईन्टरनेट

b)

ल्यापटप

c)

मोबाइल

d)

रेडियो

7.

कुन रानीसँग सबै सुत्छन् ?

a)

खरानी

b)

महारानी

c)

सिरानी

d)

मदानी

8.

आई बुढी मच्चिंदै गई बुढी थच्चिंदै के हो ?

a)

हिङ

b)

सिङ

c)

पिङ

d)

रिङ

9.

रुखमा तर्ल्याङ तुर्लुङ झुण्डिएको हुन्छ, फल होला भनौं भने बच्चा जन्माइ दिन्छ । यो के हो ?

a)

माकुरो

b)

मौरी

c)

चमेरो

d)

झुसिल किरा

10.

सानो सानो शरीरमा सानै मुख, उस्ले बोल्न थालेपछि अरुलाई दुःख । यो के हो ?

a)

गुलेली

b)

विजुली चम्केको

c)

बन्दुक

d)

बारुद