NEW
Font size
Worksheetsएक क्षणको रमाइलो त हो आखिर !
Total questions: 8
Worksheet time: 4mins
झूलभित्रको मच्छेडलाई दिलभित्र पसेकी केटीसँग तुलना गर्नुको अर्थ चाहिं के होला ?
दुवैले सुत्नु न बस्नु बनाउने भएकोले
दुवैको बन्धनभित्र परेपछि सुत्न समेत गारो हुने भएकोले
दुवैले राति मात्र दुःख दिने हुनाले
दिलभित्र कसैले बास गरेपछि झूलभित्र मच्छेडले सताए सरी जीवन बेचैनपूर्ण हुने भएकोले
उपियाँ र रुपियाँ किन उस्ता उस्तै भएका होलान ?
रुपियाँ उपियाँ जस्तै चञ्चले हुनाले
उपियाँ र रुपियाँ कहिल्यै एकै ठाउँमा नरहने हुनाले
उपियाँ र रुपियाँ दुवैको काम एउटै हुने हुनाले
उपियाँ र रुपियाँको लय एउटै भएकोले
उठी उठी उत्तरपुस्तिका परीक्षण गरे होलान् भनेर आकलन गर्नुको कारण के होला ?
राष्ट्रिय गानप्रतिको सम्मान भाव
धेरै उत्तर लेखेकोले बसेर परीक्षण गर्न असम्भव प्रायः भएकोले
उठेर परीक्षण गर्दा छिटो हुने भएकोले
नपढ्ने र जे मन लागेको लेखेर बस्ने विद्यार्थीको परीक्षाप्रतिको Lightheartedness
दाइको विहे हुँदा दिएको परीक्षाको परिणामबारे उनको छोरो हुँदासम्म बेखबर हुनुपर्ने विषयले के कुराको ईङ्गित गर्दछ ?
परीक्षाफल प्रकाशनमा हुने ढिलाई र समयको विलम्बपना
धेरै पढाइ भएपछि सोको परीक्षाफल निकाल्न समय लाग्दछ ।
भतिज र काका सँगसँगै पढुन् भन्ने शैक्षिक संस्थाको चाहना रहनु
परीक्षाफल प्रकाशन समयमा सम्पन्न गर्नुपर्ने विषय होइन
यी विम्बहरुको प्रयोग र तिनीहरुले दिने समष्टिगत अर्थ के होला ?
विभेदमा आधारित समाज र लिङ्गप्रति रहेको विभेदकारी सोच
प्रविधि र त्यसको प्रयोगले लिङ्गप्रति ल्याएको परिवर्तित भावना
शून्यवादी दर्शन
उपभोगवादी सँस्कृति
यसरी फेसबुकको केटीसँग विकास हुने सम्बन्ध र बाटोमा फेला परेको रु १००० को नोटप्रति विश्वास नभई सन्देहभाव रहनुको कारण चाहिं के होला खै ?
दुवै नक्कली हुने अधिक संभावना रहने हुनाले
दुवैको मूल्य धेरै हुने भएकोले
फेसबुकमा सक्कली माया पाउनु बाटोमा हजारको नोट पाउनु जस्तै भएकोले
फेसबुकमा राम्री केटी भेटाउँदा र बाटोमा हजारको नोट पाउँदा मनमा सारै डर हुने हुनाले
एक्लोपनाको महसुस ढाडको हात नपुग्ने ठाउँमा चिलाउँदा हुन्छ भन्नुको तात्पर्य चाहिं के होला कुन्नि ?
ढाडको हात नपुग्ने ठाउँमा चिलाउँदा कन्याउने मान्छे चाहिन्छ अनि कोही नहुँदा एक्लोपनाको महसुस हुन्छ ।
शरीरका अङ्ग चिलाउँदा मात्र सबैलाई सङ्गी साथीको आवश्यकता पर्ने हुन्छ ।
हात नपुग्ने ठाउँमा ढाड नचिलाए कसैलाई पनि एक्लोपनाको महसुस हुँदैन ।
सबैलाई समय र आवश्यकताले एक्लोपनाको महसुस गराउँछ ।
हे दैव ! यस्तो पनि ?! आफ्नो साथीको कारणले कसैको युगल जोडीको सम्बन्धमा असर पर्नाको मुलभूत कारण के होला ?
नकरात्मक सोचाइ र गराइको परिणाम
सही भाषामा लेख्न नजान्दाको परिणाम
शब्दको छनोट र क्रमले सञ्चारमा प्रत्यक्ष असर पार्दछ ।
फेसबुकमा गरिने Comment ले धेरैको सम्बन्ध विग्रन हुन्छ ।
