WorksheetsGenesis25-27
Total questions: 28
Worksheet time: 14mins
अब्राहामले अर्की एउटी पत्नी विवाह गरे। तिनको नाउँ के थियो ?
कतूरा
अतूरा
मतूरा
हागार
जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहका माताको नाम के हो ?
-
सारा
हागार
कतूरा
अतूरा
अश्शूरी कसका सन्तान थिए ?
योक्षान
ददान
मदान
मिधान
तर आफू जीवित छँदै तिनका भित्रिनीपट्टिका छोराहरूलाई तिनले उपहारहरू दिए, र आफ्ना छोरा इसहाकलाई पूर्व देशतिर पठाइदिए ?
ठिक
बेठीक
अब्राहम कति वर्षसम्म बाँचे ?
१५५
१६५
१७५
१८५
केदार कसका छोरा हुन् ?
मिश्मा
मस्सा
दुमा
इश्माएल
एसाव र याकूब जन्मिदा इसहाक कति वर्ष पुगेका थिए ?
५०
६०
७०
८०
रिबेकाले एसावलाई माया गर्थिन् किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर इसहाकले चाहिँ याकूबलाई माया गर्थे।
ठिक
बेठीक
एसावको अर्को नाउ के हो ?
एदोम
पदोम
सदोम
यदोम
एसावले आफ्नो ज्येष्ठ अधिकार केमा बेचे ?
झोल
सूप
ग्रेभी
सुरुवा
पलिश्तीका राजा को थिए ?
गरार
एपोद
मिधान
अबिमेलेक
अबिमेलेक कुन देशका राजा हुन् ?
गरार
मिश्र
कनान
एमोरी
परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, ...…............... नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस् ?
गरार
मिश्र
अश्शूर
हवीला
तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्तानहरूद्वारा संसारका सबै को हरूले आशिष् पाउनेछन्, ?
मानव
मानिस
जाति
पुस्ता
को अत्यन्तै सुन्दरी थिइन् ?
सारा
हागार
एस्तर
रेबिका
इसहाकले बालीनाली लगाए, र त्यही साल तिनले कति गुणा कटनी गरे ?
१००
२००
३००
४००
तिनका प्रशस्त भेड़ाबाख्रा, गाई-गोरु र नोकरचाकर भए। यसैकारण पलिश्तीहरूले तिनलाई के गर्न लागे ?
सम्मान
डाह
क्रोध
आदर
एक दिन अबीमेलेक आफ्ना सल्लाहकार पीकोल र आफ्नो फौजका सेनापति अहुज्जतलाई साथमा लिएर गरारबाट इसहाककहाँ आए ?
ठिक
बेठीक
तब तिनले त्यसको नाउँ शिबा राखे। यसकारण त्यस सहरको नाउँ आजसम्म के भनिन्छ ?
सित्ना
एसेक
रहोबोत
बेर्शेबा
कसले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो ?
यहूदीत
बासमत
बुहारी
स्त्री
जब इसहाक वृद्ध भए र तिनका के कमजोर भए ?
आँखा
हात
खुट्टा
सुत्ने क्षमता
अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति शिकार मारेर ले ?
ठिक
बेठीक
यसकारण ए …………, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान् ?
बाबु
छोरो
बालक
बच्चा
बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बाबुलाई मन पर्ने स्वादिष्ठ तरकारी …..........बनाइदिऊँ ?
त
तिमी
आफै
म
याकूबले आफ्नी आमा रिबेकालाई भने, “तर हेर्नुहोस्, मेरा दाजु एसाव के भएका मानिस हुन् ?
बाल नै बाल
कपाल नै कपाल
रौँ नै रौँ
भुत्ला नै भुत्ला
केका पाठाका छालाहरू याकूबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन् ?
बाख्रा
भेडा
भैसी
चौरी
याकूब नजिक गएर आफ्ना पितालाई म्वाइँ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्ध सुँघेर यसो भनी आशिष् दिए, “हेर, मेरो छोराको बास्ना, परमप्रभुले आशिष् दिनुभएको के को बास्नाजस्तै छ ?
अत्तर
खेत
बाख्रा
भेडा
इसहाक भयानक रूपमा ……......., र भने, “त्यसोभए त्यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्यायो ?
रिसाए
सरापे
कराए
कामे
