NEW
Font size
WorksheetsScientific Study
Total questions: 21
Worksheet time: 11mins
१.चरहरु कति प्रकारका हुन्छन् ?
(क). २
(ख). ३
(ग). ४
(घ). ५
२.प्रयोगकर्ताले मान निर्धारण गर्न सक्ने चरलाई................ चर भनिन्छ।
(क). आश्रित चर
(ख). स्वतन्त्र चर
(ग). नियन्त्रित चर
(घ). अचर चर
३ . अन्य चरहरूको मानमा निर्भर रहने र प्रयोगकर्ताले प्रत्यक्ष निर्धारण गर्न नमिल्ने चरलाई ..........चर भनिन्छ।
x
सही उत्तर
(क). आश्रित चर
(ख). नियन्त्रित चर
(ग). स्वतन्त्र चर
(घ). अचर चर
४. कुनै पनि प्रयोग गदां नियन्त्रण गरिने चरलाई .......... चर भनिन्छ ।
(क). स्वतन्त्र
(ख). नियन्त्रित
(ग).आश्रित
(घ). नियन्त्रित र आश्रित
५. पिण्डको एकाइ मिटरलाई आधारभूत एकाइ भनिन्छ किनभने ..
(क). यो नापका अन्य एकाइहरुमा निर्भर रहन्छ।
(ख). यो नापका अन्य एकाइहरुमा निर्भर रहदैन ।
(ग). यो नाप्न सजिलो हुन
(घ). यो नापका दुईओटा एकाइमा मात्र निर्भर रहन्।
६.तल दिइएका मध्ये आधारभूत एकाइको समूह पहिचान गर्नुहोस् ।
(क). Kg, Pa, m, s
(ख). Kg, m, K, A
(ग). Kg, N, Pa, W
(घ). M, s, N, W
७.तलका मध्ये कुन तत्जन्य एकाइहरुको समूह हो
(क). m, s, Pa, N
(ख). Pa, N,m/s, m/s2
(ग). K, m, kg, s
(घ). kg, K, Pa, N
८. बाट (W) एकाइमा समावेश गरिएका आधारभूत एकाइहरु पहिचान गर्नुहोस् ।
सही उत्तर (क). kg, m and s
(क). kg, m and s
(ख). kg, m and cm
(ग). kg, m and K
(घ). Kg, m and N
९. चापको एकाइमा समावेश गरिएका आधारभूत एकाइ तलका मध्ये कुन कुन हुन् .
(क). kg/ms2
(ख). kg m²/s²
(ग). g/ms2
(घ). kg/m³
१०. तल दिइएका एकाइसँग सम्बन्धित भौतिक परिमाण पहिचान गर्नुहोस् ।
(i). kg m2/s3 (ii).Kgm/s2
(क).(i) . सामथ्र्य .(ii) चाप
(ख).(i)चाप (ii) सामथ्र्य
(ग).(i)बल (ii) चाप
(घ).(i)चाप (ii) बल
११. एउटा अनुसन्धानको विषय चिनीको घोल्यमात्रामा तापको कस्तो असर हुन्छ ? स्वतन्त्र चर र आश्रित चर पहिचान गर्नुहोस् ।
(i).पानीको तापक्रम (oC)
(ii).पानीमा पूर्ण रूपमा घुल्न सक्ने चिनीको मात्रा (ग्राममा)
(iii).पानीको मात्रा
(iv).चिनीको तापक्रम
(क). (i) and (ii)
(ख). (i) and (iii)
( ग). (ii) and (i)
(घ). (iii) and (iv)
१२. स्वतन्त्र चर भनेको के हो ?
(क). परीक्षणका बेला एउटा चर स्थिर रहन्छ
(ख). परीक्षणका बेला एउटा चर परिवर्तन हुन्छ
(ग). एउटा चरले परिवर्तनलाई प्रतिक्रिया दिन्छ
(घ). परीक्षणपछि एउटा चर प्राप्त हुन्छ
१३. आश्रित चर भनेको के हो ?
(क). परीक्षणका बेला एउटा चर स्थिर रहन्छ
(ख). परीक्षणका बेला एउटा चर परिवर्तन हुन्छ
(ग). परीक्षणका बेला एउटा चर अर्को चरमा निर्भर रहन्छ
(घ). परीक्षणका बेला एउटा चर प्राप्त हुन्छ
१४. कुन चरलाई दायाँ चर भनिन्छ ?
(क). नियन्त्रित चरलाई
(ख). स्वतन्त्र चरलाई
(ग). सबै चरलाई
(घ). आश्रित चरलाई
१५. लुमिनस इन्टेनसिटीको S.I.एकाइ के हो ?
(क). क्यान्डेला
(ख). मोल
(ग). केल्भिन
(घ). एम्पियर
१६. स्वतन्त्र अस्तित्व भएका एकाइलाई के भनिन्छ ?
(क) भौतिक एकाइ
(ख). आधारभूत एकाइ
(ग). S.I. एकाइ
(घ). तत्जन्य एकाइ
१७. S.I.एकाइमा कति ओटा आधारभूत परिमाण हुन्छन् ?
(क). ३
(ख). ५
(ग). ७
घ. ९
१८. तलका मध्ये कुन आधारभूत एकाइ हो ?
(क). पास्कल
(ख). न्युटन
(ग). किलोग्राम
(घ). जुल
१९. दिइएका मध्ये कुन भौतिक परिमाणको एकाइ m/s हुन्छ ?
सहीउत्तरः (ख). गति
(क). प्रवेग
(ख). गति
(ग). बल
(घ). घनत्व
२०. तलका मध्ये कुन चाहि तत्जन्य एकाइ हो ?
सही उत्तर (ग). जुल
(क). क्यान्डेला
(ख). एम्पियर
(ग). जुल
(घ). किलोग्राम
के को चित्र हो ?
मौरी
कमिला
झिंगा
सर्प
