wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Classification of living being

Total questions: 40

Worksheet time: 20mins

Name
Class
Date
1.

१ तलकामध्ये कुन विरुवा डिभिजन अल्गी अन्र्तगत पर्छ ?

a)

क. मस

b)

ख.स्पाइरोगाइरा

c)

ग.साइकस

d)

घ. उनिउँ

2.

२.साइकसलाई किन सवडिभिजन जिम्नोस्पर्म अन्र्तगत राखिएको छ ?

a)

क. यसमा सियो आकारका पातहरु हुन्छन् .

b)

ख. यसमा बिउहरु नाँगा हुन्छन .

c)

ग. यसमा करोरोफिल हुन्छ ।

d)

घ. यसमा फलको सट्टा कोनहरु हुन्छन

3.

३.तलका मध्ये एकदलीय विरुवा पहिचान गर्नुहोस ।

    

a)

क.केराउ 

b)

ख.आँप

c)

ग.बांस

d)

घ.स्याउ

4.

४. तलका मध्ये फाइलम सिलेन्टेराटा अन्तर्गत पर्ने जीवहरुको विशेषताहरु पहिचान गर्नुहोस्।

                   

a)

क.यो एककोषीय हुन्छ.   

b)

ख.यो जमिनमा पाइन्छ  .

c)

ग. यसले टेन्टाकल्सको सहायताले चाल देखाउँछ .

d)

घ. यसको शरीरमा धेरै छिद्रहरु हुन्छन्

5.

५. सिलेन्टेरोनलाई किन ग्यास्ट्रोभास्कुलर क्याभिटी भनिन्छ?

 

a)

क.यो हाइड्रामा पाइन्छ .

b)

ख. यसले पाचन र परिवहनको काम गर्छ

c)

ग. यो नली आकारको हुन्छ.

d)

घ. यसले खाना पचाउन सहयोग गर्छ.

6.

६ तल दिइएका जन्तुमध्ये फाइनम प्लेटिहेन्मिन्थिसमा पर्ने जन्तुहरुको समूह पहिचान गर्नुहोस्।

 

a)

क. हाइड्रा, जेलिफिस, पिनवर्म, लिभर फ्लुक 

b)

ख. टेपवर्म, लिभर फ्लुक, डिप्लोजून, अटोप्लाना

c)

ग. स्पोन्जिला, हाइड्रा, टेपवर्म, जेलिफिस

d)

घ. टेपवर्म, लिभर फ्लुक, डिप्लोजून हाइड्रा

7.

७. तल दिइएका विशेषताहरुको आधारमा गंड्यौलाको पहिचान गर्नुहोस्।

a)

क. ओसिलो छाला, उभयलिंगी, नर्भ रिंग सहितको स्नायु प्रणाली, खण्ड खण्ड मिली बनेको शरीर

b)

ख. ओसिलो छाला, एकलिंगीय, नर्भ रिंगसहितको स्नायु प्रणाली, खण्ड खण्ड मिली बनेको गरीर

c)

ग. चेप्टो शरीर, उभयलिगी, निष्कासनका लागि नेफ्रिडियाहरु, शरीरको सतहबाट सास फेर्ने

d)

घ. बेलनाकार शरीर, एकलिंगीय, रिजेनेरेसन विधिद्वारा प्रजनन गर्ने, नर्भरिंग भएको

8.

८. तल दिइएका मध्ये फाइलम मोलस्काअन्तर्गत पर्ने जन्तु कुन हो?

a)

क. कटलफिस

b)

ख. जेलीफिस

c)

ग. पुतली

d)

घ. स्टारफिस

9.

९.माछामा गिल्सको काम के हो ?

a)

क. पौडिन सहयोग गर्ने

b)

ख.सास फेर्ने

c)

ग. खाना पचाउन सहयोग गर्ने

d)

घ. पानीमा दिशा परिवर्तन गर्ने

10.

१०. चमेरालाई क्लास म्यामलियाअन्तर्गत राख्नुको मुख्य कारण कुन हो?

a)

क. यसको शरीरमा मेरुदण्ड हुन्छ .

b)

ख. यसको शरीरमा दूध ग्रन्थिहरु हुन्छन्.

c)

ग. यसले फोक्सोने सास फेर्छ

d)

घ. यसले बच्चा जन्माएर दुध चुसाउँछ .

11.

११. तलका मध्ये सवडिभिजन एन्जिओस्पर्मअन्तर्गत पर्ने बिरुवाहरुको समूह कुन हो ?

 

a)

क. उनिउँ, साइकस, केराउ, प्याज  

b)

ख. सल्लो, आँप, सुन्तला, मकै

c)

 ग. लसुन, बाँस, सिमल, स्याउ        

d)

 घ. धुपी, लमुन, गुलाफ, साल

12.

१२ . सल्लोलाई किन सबडिभिजन जिम्नोस्पर्मअन्तर्गत राखिएको हो?

a)

क. यसमा कोनहरु हुन्छन् र फलभित्र बिउ हुन्छ .

b)

ख. यसका पातहरु सियो आकारका हुन्छन् र फूल फुल्छ .

c)

ग. यसमा फूल फुल्छ र फल हुन्छ ।

d)

घ. यसमा फलको सट्टा कोन हुन्छ र बिउ नाँगो हुन्छन् .

13.

 १३. चिप्ले किरालाई किन मोलस्का फाइलममा राखिन्छ ?

a)

क. शरीर, टाउको, भिसेरल मास, मांशपेशीयुक्त खुट्टा र म्यान्टलमा विभाजित हुन्छन.

b)

ख.ट्युब फिटको सहायताले चाल देखाउँछ .

c)

ग. शरीर, टाउको, छाती र पेटमा विभाजित हुन्छ.

d)

घ. यिनीहरु ओसिलो माटो र पानीमा पाइन्छन्

14.

१४. हरिले एउटा पोखरीमा दुईओटा मेरुदण्ड नभएका जनावरहरु P र Q देखे। उनने P लाई पहिलो बहुकोषीय जनावर र Q  लाई पहिलो तन्तु विकास भएको जनावर भनी पत्ता लगाए। यी विशेषता अध्ययन गर्दा उक्त जनावरसम्बन्धी तलको कुन कथन मेल खान्छ ।

a)

क.जनावर P डिप्लोब्लाष्टिक र जनावर Q ट्रिप्लोब्लाष्टिक हुन् ।

b)

ख. P को शरीरमा छिद्र हुन्छ भने Q शरीर खोक्रो हुन्छ .

c)

ग. P र Q  दुवैको शरीर डिप्लोब्लाष्टिक हुँदैन.

d)

घ. P र  Q दुवैको शरीरमा टेन्टाकल्स हुन्छन्.

15.

१५. रिसिया र हर्स टेल दुवै ओसिलो र छार्या परेको ठाउँमा पाउनुको कारण के हो?

a)

क. प्रकाश संश्लेषणको लागि सौर्य प्रकाश चाहिंदैन .

b)

ख. कम तापक्रममा मात्र बाँच्न सक्छ .

c)

ग. पोषणको लागि सूक्ष्मजीवहरुमा निर्भर गर्दछ .

d)

घ. गर्भाधानको लागि पानी चाहिन्छ .

16.

१६. वनस्पति जगत्मा पर्ने जीवहरुका मुख्य विशेषता के के हुन् ?

a)

(क) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, परपोषक

b)

(ख) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता नभएको, परपोषक

c)

(ग) युक्यारियोटिक, कोष, कोषमा कोषभित्ता भएको, स्वपोषक

d)

(घ) युक्यारियोटिक कोष, कोषमा कोष भित्ता भएको, स्याप्रोफाइटिक

17.

१७. साइकसलाई किन जिम्नोस्पर्ममा राखिएको हो ?

a)

(क) यसमा फूल फुल्छ, विउ उत्पादन गर्छ।

b)

(ख) यसमा फूल फुल्छ यसका पात तिखा हुन्छन्।

c)

(ग)यसमा फूलको सट्टा कोन हुन्छ, फलबिनाको नाँगो विउ हुन्छ।

d)

 (घ) यसमा फूलको सट्टा कोन हुन्छ, फलभित्र बिउ हुन्छ।

18.

१८. क्रमविकासका आधारमा दिइएका मध्ये सबैभन्दा धेरै नजिकको सम्बन्ध भएका जीवहरुको समूह कुन हो ?

a)

(क) पोरिफेरा, एनिलिडा, कोर्डेटा

b)

(ख) पोरिफेरा, आर्थोपोडा, कोर्डेटा

c)

(ग) सिलेन्टरेटा, आर्थोपोडा, कोर्डेटा

d)

(घ) प्लेटिहेल्मेन्थिस, निमाथेल्मेन्थिस, एनिलिडा

19.

१९.ह्वेललाई स्तनधारी समूह अन्तर्गत राखिनुको मुख्य कारण कुन हो ?

a)

(क) फोक्सोले सास फेर्छ

b)

(ख) शरीरमा मेरुदण्ड हुन्छ 

c)

(ग) भिभिप्यारस हुन्छ।      

d)

(घ) बच्चा जन्माएर दुध चुसाउँछ .

20.

२०. कोषमा कोषभित्ता हुने जीवहरुका जगत् कुन कुन हो ?

a)

(क) मोनेरा, फन्जाइ, एनिमलिया 

b)

(ख) फन्जाइ, प्लान्टी, प्रोटिस्टा

c)

(ग) फन्जाइ, प्लान्टी, एनिमलिया   

d)

(घ) फन्जाइ, प्लान्टी, मोनेरा

21.

१. मुटुमा चारओटा कोठा हुने, शरीर भुत्ला र पखेटाले छोपेको ओभिप्यारस जनावर कुन समूहमा पर्छ ?

a)

(क) स्तनपायी

b)

(ख) सरिसृप  

c)

(ग) पंक्षी 

d)

(घ) उभयचर

22.

२. तलका मध्ये कुन समूह एन्जियोस्पर्म अन्तर्गत पर्छन् ?

a)

(क) सल्लो, उनिउँ, केराउ

b)

(ख) धुपी, मकै, चना

c)

 (ग) मस, मकै, सिमी    

d)

(घ) धान, केरा, आँप

23.

३. शरीरमा भास्कुलर तन्तु हुने बिरुवाको डिभिजनलाई के भनिन्छ ?

a)

(क) स्पोरोफाइटा

b)

(ख) ग्यामेटोफाइटा 

c)

ग) ट्राकियोफाइटा 

d)

घ)स्पर्माटोफाइटा

24.

४. तलका मध्ये कुन सजीवहरुको वर्गीकरणको आधारभूत एकाई हो ?

a)

(क)Order   

b)

(ख) Family 

c)

ग)Class 

d)

घ) Species

25.

५. तलका मध्ये कुन वैज्ञानिकले जीवहरुको ५ जगत प्रणाली विकास गरे ?

a)

(क) कारोलस लिनेअस

b)

(ख) अस्टिोटल 

c)

ग)Ernast Haeckel

d)

घ) R.H.Whittaker

26.

६. तल दिइएका बिरुवा मध्ये कुनले बीउ उत्पादन गर्दछ ?

a)

(क) थालोफाइटा

b)

(ख) ब्रायोफाइटा

c)

(ग) टेरिडोफाइटा

d)

(घ) जिम्नोस्पर्म

27.

७. इकाइनोडर्माटा अन्तर्गत पर्ने जीवको चालमा आउने अंगको नाम के हो ?

a)

(क) Tube feet

b)

(ख) Musculer feet  

c)

(ग) jointed legs

d)

(घ) spicules

28.

८. दुई कोठे मुटु कुन जीवमा हुन्छ ?

a)

(क) कछुवा

b)

(ख) माछा

c)

(ग) भ्यागुता

d)

(घ) चरा

29.

९. तलका मध्ये कुन वास्तविक माछा हो ?

a)

(क) समुद्री घोडा

b)

(ख) कटल फिस

c)

(ग) जेली फिस

d)

(घ) सिल्भर फिस

30.

१०. क्रोकोडाइलका मुटुमा कति कोठा हुन्छन् ?

a)

(क) २ कोठे

b)

(ख) ४ कोठे  

c)

(ग) ३ कोठे

d)

(घ) ५ कोठे

31.

११. ह्वेल माछा कुन वर्गमा पर्दछ ?

a)

(क) पिसेज

b)

(ख) उभयचर

c)

(ग) रेप्टिलिया

d)

(घ) स्तनधारी

32.

१२. तल दिइएका मध्ये कुन चाँही जैविक वर्गीकरणको वास्तविक क्रम हो ?

a)

(क) जगत, अर्डर, वर्ग, जिनस, स्पेसिस        

b)

(ख) वर्ग, अर्डर, डिभिजन, जिनस, स्पेसिस

c)

(ग) फाइलम, डिभिजन, वर्ग, फेमिली, स्पेसिस  

d)

(घ) डिभिजन, वर्ग, अर्डर, फेमिलि, जिनस

33.

१३. प्रोकारियोटिक जीवहरू कस्ता जीव हुन ्?

a)

क.कोषबिनाको जीव   

b)

ख.न्युक्लियस बिनाको जीव  

c)

ग.डि.एन ए. विनाको जीव

d)

घ.क्लोरोफिल विनाका जीव

34.

१४. युकेरियोटिक जीवाहरु कस्ता जीव हुन ?

a)

क.न्यूक्लियस विनाको जीव 

b)

ख. न्युक्लिक कोरको रुपमा डि.एन.ए. भएका जीव

c)

ग. व्यवस्थित न्युक्लियस भएका जीव

d)

घ.कोष भित्ता भएका जीव

35.

१५. कुन जगत्मा एककोषीय प्रोकारियोटहरु समावेश छन् ?

a)

क.मोनेरा

b)

ख. प्रोटिस्टा

c)

ग फन्जाई  

d)

घ. जन्तु

36.

१६. एककोषीय युकेरियोट्सलाई कुन जगतले समावेश गर्छ ?

a)

क. मोनेरा 

b)

ख. प्रोटिस्टा

c)

ग. फन्जाई 

d)

घ. जन्तु

37.

१७. युग्लेना क्लोरोफिल भएको एककोषीय जीव हो ? यो कुन जगत्मा पर्छ ?

a)

क. मोनेरा 

b)

ख. प्रोटिस्टा 

c)

ग. फन्जाई 

d)

घ. जन्तु

38.

१८. विरुवाको कोषभित्ता केले बनेको हुन्छ ?

a)

क. ग्लाइकोल प्रोटिन

b)

ख. लिपिड

c)

ग. काइटिन 

d)

घ.सेल्युलोज

39.

१९.विरुवा स्वपोषक (अटोट्रोफहरु) हुन । यसको मतलब के हो?

a)

क .यसले मृतकलाई खनिजहरुमा विच्छेदन गर्न सक्छ .

b)

ख. यसले आफ्नै खाना संश्लेषण गर्न सक्छ .

c)

ग.यसले सडिरहेको जैविक पदार्थबाट पोषण सोस्न सक्छ

d)

घ. यसले विरुवा खान सक्छ

40.

२०.अल्गीहरु थैलस हुन । यसको अर्थ के हो?

a)

क. यसमा जरा, काण्ड र पात हुन्छन.  .

b)

ख.यसमा राइजोइड, राइजोम र फ्रोन्ड हुन्छन्

c)

ग.यसमा राइजोम र पात हुन्छ.

d)

घ. यसमा जरा, काण्ड र पात हुँदैन.