Worksheetsबेलना पाठसँग सम्बन्धित बहुबैकल्पिक प्रश्नहरू
Total questions: 10
Worksheet time: 5mins
आधारको अर्धव्यास 'r' र उचाइ 'h' भएको बेलनाको वक्र सतहको क्षेत्रफल (Curved Surface Area) पत्ता लगाउने सूत्र कुन हो?
(क) πr²h
(ख) 2πrh
(ग) 2πr(r+h)
(घ) πr²
बेलनाको पूरा सतहको क्षेत्रफल (Total Surface Area) पत्ता लगाउने सूत्र के हो ?
(क) 2πrh + πr²
(ख) πr²h
(ग) 2πr(r+h)
(घ) 2πr
आधारको अर्धव्यास 'r' र उचाइ 'h' भएको बेलनाको आयतन (Volume) निकाल्ने सूत्र कुन हो ?
(क) πr²h
(ख) 2πrh
(ग) πr(r+h)
(घ) 2πr²
एउटा खोक्रो बेलनालाई ठाडो पारेर काट्दा र त्यसलाई खोल्दा कुन आकार बन्छ ?
(क) वृत्त
(ख) आयत
(ग) त्रिभुज
(घ) गोला
आधारको क्षेत्रफल 'A' र उचाइ 'h' भएको बेलनाको आयतन (V) कति हुन्छ ?
(क) V = A + h
(ख) V = A / h
(ग) V = 2Ah
(घ) V = A × h
बेलनाको आधार वृत्ताकार हुने भएकाले आधारको क्षेत्रफलको सूत्र के हो ?
(क) 2πr
(ख) πd
(ग) πr²
(घ) rh
एउटा बेलनाको आधारको परिधि 44 cm र उचाइ 10 cm छ भने त्यसको वक्र सतहको क्षेत्रफल कति हुन्छ?
(क) 440 cm²
(ख) 220 cm²
(ग) 880 cm²
(घ) 1540 cm²
दुईओटा समानान्तर वृत्ताकार सतहहरू र एउटा वक्र सतह भएको ठोस आकृतिलाई के भनिन्छ ?
(क) गोला
(ख) शंकु
(ग) घन
(घ) बेलना
यदि कुनै बेलनाको उचाइलाई यथावत राखी अर्धव्यासलाई दोब्बर बनाइयो भने त्यसको आयतनमा के फरक पर्छ?
(क) दोब्बर हुन्छ
(ख) आधा हुन्छ
(ग) चार गुणाले बढ्छ
(घ) चार गुणाले घट्छ
यदि कुनै बेलनाको आधारको अर्धव्यास 7 cm र उचाइ 10 cm छ भने त्यसको आयतन कति हुन्छ ? (π = 22/7 मान्नुहोस्)
(क) 1540 cm³
(ख) 440 cm³
(ग) 770 cm³
(घ) 1232 cm³
