wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NRNC Bible Quiz " 2 तिमोथी 1 - 4 "

Total questions: 25

Worksheet time: 8mins

Name
Class
Date
1.

परमेश्‍वरको सामने र जिउँदा र मरेकाहरूको इन्‍साफ गर्न आउनुहुने ख्रीष्‍ट येशूको सामने, अनि उहाँको आगमन र राज्‍यलाई ध्‍यानमा राखेर म तिमीलाई "के" दिँदछु,

a)

आज्ञा

b)

कड़ा आज्ञा

c)

चुनौती

2.

किनकि यस्‍तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्‌, तर आफूलाई मन परेका कुरा मात्र सुन्‍न चाहनेछन्‌ र आफ्‍नो रुचिअनुसार "के"हरू थुपार्नेछन्‌,?

a)

प्रचारक

b)

शिक्षक

c)

अगुवा

3.

पावलले तिमोथी लाई के हुन् अर्ती दिनु भयो?

a)

शिक्षक

b)

प्रचारक

c)

अगमवक्ता

4.

मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले "के"लाई बचाइराखेको छु?

a)

विश्‍वास

b)

जीवन

c)

अनन्तता

5.

तिमोथीको पुस्तक लेखिंदा पावल संग को थिए?

a)

मर्कूस

b)

लूका

c)

तीतस

6.

तर सबै अन्‍यजातिहरूले सुन्‍न सकून्‌ भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्‍पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले "के" बाट छुटकारा पाएँ?

a)

झ्यालखाना

b)

मृत्यु

c)

सिंहको मुख

7.

तर यो बुझिराख, कि आखिरी दिनहरूमा "कस्ता" समयहरू आउनेछन्‌?

a)

आश्चर्यका

b)

डरलाग्‍दा

c)

विपत्ति

8.

भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस?

a)

बेठीक

b)

ठीक

9.

ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना "के"मा पर्ने नै छन्‌,?

a)

आशिष

b)

सतावट

c)

अनन्त जीवन

10.

तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा "के"को निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ?

a)

मुक्ति

b)

अनन्त

11.

सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

a)

२ तिमोथी ३:१६

b)

२ तिमोथी २:१५

c)

२ तिमोथी १:११

12.

ख्रीष्‍ट येशूका असल सिपाहीझैँ "के"मा हामीसँग सहभागी होऊ?

a)

दु:ख-भोग

b)

विश्वास

c)

प्रचार

13.

सेनामा भर्ना भएको सिपाही अरू धन्‍धामा अल्‍झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई "के" पार्नु नै उसको लक्ष्य हुन्‍छ?

a)

खुशी

b)

सन्‍तुष्‍ट

c)

गर्वमा

14.

त्‍यही सुसमाचार, जसको निम्‍ति म कष्‍ट भोगिरहेछु र अपराधीजस्‍तै साङ्‌लामा बाँधिएको छु। तर "के" त साङ्‌लामा बाँधिँदैन?

a)

आत्मा

b)

परमेश्‍वरको वचन

15.

यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्‌, जसले "के" गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ?

a)

भलाइ

b)

विश्वास

c)

काम

16.

तर परमेश्‍वरको दृढ़ जग खड़ै रहन्‍छ, र त्‍यसमा यो छाप लागेको छ, “प्रभुले आफ्‍ना जतिलाई "के गर्नु हुन्छ",” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्‌।”

a)

चिन्‍नुहुन्‍छ

b)

माया गर्नु हुन्छ

c)

प्रेम गर्नु हुन्छ

17.

यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै "के" को लक्ष्य राख?

a)

अनन्त जीवन

b)

धार्मिकता, विश्‍वास, प्रेम र शान्‍ति

c)

स्वर्गीय आशिष

18.

तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्‍कार गर– तिमी जान्‍दछौ यिनीहरूबाट झगड़ा हुन्‍छ।

a)

ठीक

b)

बेठीक

19.

र नम्रतासाथ आफ्‍ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने, सत्‍यतालाई बुझ्‍ने मन दिनुहुनेछ,

र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्‍कनेछन्‌, जसले तिनीहरूलाई त्‍यसको इच्‍छाअनुसार चल्‍नलाई "के" बनाएको छ?

a)

सहज

b)

कैदी

c)

अविश्वासी

20.

रोममा दोस्रो पटक कैदमा हुँदा, पावलले तिमोथीलाई यो पत्र लेखेका थिए।

a)

ठीक

b)

बेठीक

21.

जब म तिमीलाई निरन्‍तर आफ्‍ना प्रार्थनाहरूमा सम्‍झन्‍छु, म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म "के" ले गर्दछु।

a)

शुद्ध विवेक

b)

शक्ति

c)

धार्मिकता

22.

किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको शक्ति दिनुभएको छ।

a)

ठीक

b)

बेठीक

23.

उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्‍नै "के" को आधारमा हो, जो उहाँले ख्रीष्‍ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो,

a)

अभिप्राय र अनुग्रह

b)

इच्छा

24.

यसै सुसमाचारको निम्‍ति पावल एक "के" नियुक्त भएँ?

a)

प्रचारक, प्रेरित

b)

प्रेरित र शिक्षक

c)

प्रचारक, प्रेरित र शिक्षक

25.

यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्‍वास राखेको छु सो म जान्‍दछु, र मलाई निश्‍चय छ, जुन कुरा त्‍यस दिनसम्‍म मैले उहाँलाई सुम्‍पेको छु, त्‍यो "के" राख्‍न सक्‍ने उहाँ हुनुहुन्‍छ।

a)

पकडी

b)

सुरक्षित