wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

पाठ ३ बचत गर्ने बानी

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

हामीले के के कुराको बचत गर्नुपर्छ ?

a)

पैसाको

b)

समय र शक्तिको

c)

पैसा, समय , ऊर्जा र अरु पनि धेरै कुराहरूको

2.

बचत गर्नाले के हुन्छ ?

a)

धन सम्पत्ति सकिन्छ

b)

सबैको हित हुन्छ

c)

पैसा कुहिन्छ

3.

समाजमा धेरैजसो मानिस कस्ता छन् ?

a)

गरिब

b)

धनी

c)

सम्पन्न

4.

कस्ता मानिसहरूसँग धेरै धन सम्पत्ति हुन्छ ?

a)

गरिब मानिसहरूसँग

b)

ठिकैका मानिसहरूसँग

c)

धेरै धनी मानिसहरूसँग

5.

बिनासित्तिमा बढी पैसा खर्च गर्ने कस्तो बानी हो ?

a)

राम्रो बानी

b)

नराम्रो बानी

c)

असल बानी

6.

हामीले कुन कुरा बजारमा किनेर पाउन सक्दैनौँ ?

a)

किताब

b)

आशीर्वाद

c)

गाडी

7.

समयको बचत गर्नु भनेको के हो ?

a)

समयको सदुपयोग गर्नु हो

b)

समयको वास्ता नगर्नु हो

c)

समयमा कुनै पनि काम नगर्नु हो

8.

बचत गरेको पैसाले कस्तो काम गर्न सकिन्छ ?

a)

कुनै पनि काम गर्न सकिँदैन्

b)

बैङ्कको काम गर्न सकिन्छ

c)

सबैको भलो हुने असल काम गर्न सकिन्छ

9.

हामीले कस्ता वस्तु मात्र किन्ने बानी गर्नुपर्छ होला र ?

a)

राम्र राम्रा वस्तु मात्र

b)

महँगा धेरै मूल्य पर्ने वस्तु मात्र

c)

हामीलाई नभई नहुने आवश्यक परेका वस्तु मात्र

10.

समाजमा कस्ता मानिसलाई सबैले आदर गर्छन् ?

a)

धेरै धनसम्पत्ति खर्च गर्नेलाई

b)

समाजमा असल काम गर्नेलाई

c)

पैसा बचत गरेर राख्नेलाई

11.

ऋण दिने मानिसलाई के भनिन्छ ?

a)

पसले

b)

खेलाडी

c)

साहु

12.

हामीले पैसा खर्च गर्दा किन बडो होस पुर्याउनुपर्छ होला ?

a)

भविष्यका लागि पनि केहीँ पैसा बचत गरे‍र राख्न

b)

धेरै सामान किन्न

c)

आफूसित भएको सबै पैसा खर्च गर्न

13.

चाडपर्व मनाउँदा कुन कुरामा ध्यान दिनुपर्छ ?

a)

चाडबाडका बारेमा

b)

आफ्नो आर्थिक अवस्थाका बारेमा

c)

समाजका बारेमा

14.

ऊर्जाको बचत गर्नु भनेको के हो ?

a)

ऊर्जाको सही उपयोग गर्नु हो ।

b)

ऊर्जाको जथाभाबी प्रयोग गर्नु हो ।

c)

ऊर्जालाई खेर जान दिनु हो ।

15.

कठिन परिश्रम गरी कमाएको सम्पत्तिलाई के गर्नुपर्छ ?

a)

सबै खर्च गर्नुपर्छ

b)

धेरै खर्च नगरी पछिका लागि पनि जोगाएर राख्नुपर्छ ।

c)

सबैलाई बाँडिदिनुपर्छ ।