NEW
Font size
Worksheetsनेपाली व्याकरण, कक्षा १० क
Total questions: 9
Worksheet time: 5mins
राक्षसको पर्यायवाची शब्द .... हो ।
असुर
सुर
रावण
देवता
अनेकार्थी शब्द .......हो ।
कल
बल
छल
जल
श्रुतिसमभिन्नार्थक शब्द .... हो ।
चीर–चिर
दिल–मन
नयन–आँखा
काग–काेइली
तिम्रो आँगनबाट टहटह जुन लागेको दृश्य अति नै राम्रो देखिन्छ । यो वाक्यमा तिम्रो, टहटह, दृश्य, नै शब्दहरु कुन कुन पदवर्गका हुन् ?
विशेषण, क्रियाविशेषण, नाम, निपात
विशेषण, नाम, नामयोगी, संयोजक
विशेषण, नाम, संयोजक, नामयोगी
विशेषण, विशेषण, संयोजक, नामयोगी
तलका मध्ये कुन वाक्य करण हो ?
मेरो घर नराम्रो होइन ।
मेरो घर नराम्रो छैन ।
मेरो घर राम्रो छ ।
मेराे घर राम्राे छैन ।
तलका मध्ये कुन वाक्य सकर्मक हो ?
म सर्पदेखि डराउँछु ।
म छमछमी नाच्छु ।
म पोखरा जान्छु ।
म पुस्तक पढ्छु ।
तलका मध्ये कुन वाक्य सरल वाक्य हो ?
म खाना खाएर अनलाइन कक्षा लिन्छु ।
म खाना खान्छु अनि अनलाइन कक्षा लिन्छु ।
जब म खाना खान्छु, तब अनलाइन कक्षा लिन्छु ।
म खाना खान्छु त्यसपछि अनलाइन कक्षा लिन्छु ।
तलका मध्ये कुन वाक्यमा उद्धरण चिह्नको प्रयोग गरिएको छ ?
गुरुले मलाई नजान भन्नुभयो ।
आमाले आत्तिँदै भन्नुभयो, “ओहो ! यसले त हात पो काटेछ ।”
बुबाले आमाका लागि चौबन्दी ल्याउनुभयो; मेरा लागि भकुन्डो अनि भाइलाई साइकल ।
धन्यवाद ! तिमीले राम्रो काम गर्याै ।
तलका मध्ये कुन वाक्य कर्तृवाक्यको हो?
आमाद्वारा नित्य पूजा गरिन्छ ।
आमाले नित्य पूजा गर्नुभयो ।
आमाबाट नित्य पूजा गरियो ।
आमाबाट नित्य पूजा गरिएछ ।
