WorksheetsNRNC Bible Quiz "हिब्रू ४-9 अध्याय"
Total questions: 20
Worksheet time: 7mins
यसकारण परमेश्वरको "के"मा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस्।
आशिष
विश्राम
प्रतिज्ञा
किनकि "कस"ले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुनेथिएन?
दाऊद्
यहोशू
येशू
किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्वरले आफ्नो परिश्रमदेखि विश्राम लिनुभयो।
यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं, र त्यस्तै किसिमको "के"द्वारा कोही पनि पतित नहोस्?
अविश्वास
अनाज्ञाकारिता
अज्ञानता
किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
हिब्रू ५:१२
हिब्रू ४:१0
हिब्रू ४:१२
परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले "के" गर्नु पर्छ?
पछ्छ्याउनु
विश्वास
लेखा दिनु
आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा महान् पूजाहारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामिराखौं।
ठीक
बेठीक
यसकारण साहससँग "के"को सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं?
उच्च
सेतो रंग
अनुग्रह
"कस"को दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो?
मल्कीसेदेक
दाऊद्
अब्राहम
पतनबाट बाँच्ने चेताउनी बारेमा हामीलाई भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको "केको" शक्ति मन्द भएको छ?
हृदय
सुन्ने
आत्मा
खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर "के"द्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ?
मनन
अध्यन
अभ्यास
र परमेश्वरको उत्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्,
त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्चात्ताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ। किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि "के गर्छन", र खुल्लमखुल्ला उहाँको अपमान गर्छन्?
क्रूस बाट तल ओराल्छन
क्रूसमा टाँग्छन्
परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्दा अझ ठूला अरू कुनै नभएकाले आफ्नै नाउँमा यसो भनेर शपथ खानुभयो,
बेठीक
ठीक
हाम्रा आत्माको निम्ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा "कहाँ" प्रवेश गर्दछ,?
पर्दाभित्रको बासस्थान
पर्दाभित्रको पवित्रस्थान
विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन्।
हिब्रूको पुस्तकको यो वचनले कसलाई अंकित गर्दे छ?
येशू
मल्कीसेदेक
अघिका पूजाहारीहरू धेरै संख्यामा थिए, किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो।
तर येशूचाहिँ "के" हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्छ?
शक्तिशाली
अनन्त
अरू प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले "के" चढ़ाइरहनुपर्दैन? आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो।
क्रुसमा
बलिदान
दिनहुँ बलिदान
किनकि व्यवस्थाले दुर्बल मानिसहरूलाई प्रधान पूजाहारी नियुक्त गर्छ, तर सदासर्वदाको निम्ति सिद्ध तुल्याइनुभएको परमेश्वरका पुत्रलाई व्यवस्थाभन्दा पछि आएको "के"ले नियुक्त गर्छ?
शपथको वचन
करारले
आज्ञा
अब हामीले भन्न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् प्रभुको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।
ठीक
बेठीक
किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु,
र तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।”
हिब्रू ७:१२
हिब्रू ८:१२
हिब्रू ४:१२
यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो "के" भएर जानेछ?
लोप
शक्तिहीन
बेकाम
