wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NRNC Bible Quiz "प्रकाश ८-११ अध्याय "

Total questions: 25

Worksheet time: 8mins

Name
Class
Date
1.

जब थुमाले सातौँ मोहोर तोड्‌नुभयो, तब प्राय: "कति" घण्‍टासम्‍म स्‍वर्गमा सन्‍नाटा छायो?

a)

एक

b)

आधा

c)

दुई

2.

परमेश्‍वरको सामुन्‍ने उभिने सात स्‍वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा "के" दिइयो?

a)

सामदान

b)

तुरही

c)

किताब

3.

पहिलो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्‍यो, र ती पृथ्‍वीमा बर्सिन लाग्‍यो। अनि पृथ्‍वीको एक तिहाइ भाग, रूखहरूको "कति" भाग र सबै हरिया घाँसहरू डढ़िहाले?

a)

आधा

b)

एक तिहाइ

c)

एक चौथाई

4.

दोस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो "के"जस्‍तो समुद्रमा फालियो,?

a)

रुख

b)

चट्टान

c)

पहाड़

5.

तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आकाशबाट बल्‍दो राँकोझैँ एउटा ठूलो "के" खस्‍यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्‍यो खस्‍यो?

a)

तारा

b)

पहाड

c)

समुद्र

6.

चौथो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र सूर्यको एक ..... भागमाथि प्रहार गरियो, र चन्‍द्रमाको एक ... भागमाथि र ताराहरूको एक ..... भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक .... भागलाई अन्‍धकारले छोप्‍यो। तब दिनको एक .... ज्‍योतिविहीन भयो, त्‍यसरी नै रातको एक ..... पनि।

a)

तिहाइ

b)

चौथाई

7.

मैले हेरें, र मध्‍य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्‍दै चर्को सोरले कराएको सुनें, “फुक्‍न बाँकी रहेका तीन स्‍वर्गदूतका अरू तुरहीका आवाजको कारणले "के" गर्नेहरूलाई धिक्‍कार! धिक्‍कार! धिक्‍कार!”

?

a)

पृथ्‍वीमा वास

b)

पापका काम

c)

अधर्म

8.

अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्‍वर्गबाट पृथ्‍वीमा खसेको थियो। त्‍यस तारालाई "के"को साँचो दिइयो?

a)

स्वर्ग

b)

अतल कुण्‍ड

c)

नरक

9.

तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा "के" छैन?

a)

६६६

b)

परमेश्‍वरको मोहोर

10.

ती दिनमा मानिसहरूले मृत्‍यु खोज्‍नेछन्‌, तर पाउनेछैनन्‌। तिनीहरूले मर्न इच्‍छा गर्नेछन्‌, तर मृत्‍यु तिनीहरूबाट भाग्‍नेछ।

a)

ठीक

b)

बेठीक

11.

अतल कुण्‍डको दूत तिनीहरूको "के" थियो? हिब्रू भाषामा त्‍यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्‍यसको नाउँ अपोल्‍लियोन हो।

a)

मालिक

b)

राजा

c)

अधिकारी

12.

छैटौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, अनि ती घोड़सवार फौजको संख्‍या "कति" थियो?

a)

बीस करोड

b)

बीस लाख

c)

बीस हजार

13.

किनकि ती "के"हरूको शक्ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनभने तिनीहरूका पुच्‍छर सर्पजस्‍ता थिए, जसका टाउका थिए। तीद्वारा तिनीहरूले मानिसलाई चोट पार्थे।

a)

बिच्‍छी

b)

घोडा

c)

सिंह

14.

तिनीहरूले आफूले गरेको हत्‍या, जादूगरी, व्‍यभिचार र चोरीको "के" गरेनन्‌?

a)

विरोध

b)

पश्‍चात्ताप

c)

प्रशंसा

15.

मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्‍वर्गदूतलाई स्‍वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्‍द्रेनी थियो, र तिनको मुहार सूर्यजस्‍तो र पाउहरू "के"का खामाजस्‍ता थिए?

a)

काँसा

b)

आगो

c)

फलाम

16.

जब ती सात मेघ गर्जनहरूले आफ्‍नो-आफ्‍नो आवाज निकाले, म लेख्‍नै लागेको थिएँ, त्‍यसै बेला स्‍वर्गबाट यसो भन्‍ने आवाज मैले सुनें, “ती "कति" मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्‍त राख, र ती नलेख।”

a)

सात

b)

चार

c)

आठ

17.

तर ती दिनहरूमा जब सातौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुक्‍नै लाग्‍छन्‌, उहाँले आफ्‍ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्‍वरको "के" पूरा हुनेछ?

a)

रहस्‍य

b)

काम

c)

इच्छा

18.

अनि म स्‍वर्गदूतकहाँ गएँ र त्‍यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट महजस्‍तै गुलियो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्‍यो अमिलो हुनेछ।”

a)

ठीक

b)

बेठीक

19.

त्‍यसपछि नाप्‍ने टाँगोजस्‍तै एउटा निगालो मलाई दिइयो, र यसो भनियो, “उठ, र परमेश्‍वरको मन्‍दिर र वेदीको नाप लेऊ, र त्‍यहाँ "के" गर्नेहरूको गन्‍ती लेऊ।

a)

आराधना

b)

सेवा

c)

काम

20.

मेरा दुई साक्षीहरूलाई "कति" दिनसम्‍म भाङ्‌ग्राको वस्‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु।”

a)

दुई हजार दुई सय साठी

b)

एक हजार दुई सय साठी

c)

एक हजार एक सय साठी

21.

तिनीहरूले आफ्‍नो गवाहीको काम सिद्धयाइसकेपछि अतल कुण्‍डबाट निस्‍किआउने त्‍यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।

कस लाई पशुले जितेर मर्नेछ?

a)

दुई साक्षीहरू

b)

परमेश्वरका जन

c)

धार्मिक मानिस

22.

तिनीहरूका लाशहरू त्‍यस ठूलो सहरको सड़कमा पड़िरहनेछन्‌, जुन सहरलाई दृष्‍टान्‍तको रूपमा "के" भनिन्‍छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।

a)

सदोम र गमोरा

b)

सदोम र मिश्र

c)

सदोम र यरुशलेम

23.

साढ़े तीन दिनसम्‍म तिनका लाशहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन्‌ र ती लाशहरू गाड्‌न दिनेछैनन्‌।

a)

ठीक

b)

बेठीक

24.

अनि परमेश्‍वरको सामुन्‍ने आफ्‍नो-आफ्‍नो सिंहासनमा बस्‍ने ती "कति" धर्म-गुरुहरूले घोप्‍टो परी परमेश्‍वरलाई दण्‍डवत्‌ गरे,?

a)

चौबीसै

b)

बारह

25.

स्‍वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो, र उहाँको मन्‍दिरभित्र उहाँका "के" देखियो?

a)

सिंहासन

b)

करारको सन्‍दूक

c)

राज्य