WorksheetsNRNC Bible Quiz "प्रकाश १२-१४ अध्याय"
Total questions: 20
Worksheet time: 7mins
स्वर्गमा एउटा आश्चर्यजनक चिन्ह देखियो: सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो, र त्यसले शिरमा "कति" वटा ताराको मुकुट लाएकी थिई?
सात
बाह्र
छ
अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो "के" देखा पर्यो?
अजिङ्गर
सर्प
घोडा
त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको "केमा" लगियो?
नजिकमा
सिंहासनमा
छेउमा
त्यो स्त्रीचाहिँ उजाड-स्थानभित्र भागी, जहाँ "कति" दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको लागि ठाउँ तयार राख्नुभएको थियो।
एक हजार
एक हजार दुई सय साठी
एक हजार ६ सय साठी
तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
कसले?
(a)
जब त्यस अजिङ्गरले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले "कस"लाई खेद्यो?
मण्डली
विश्वासी
छोरो जन्माउने त्यस स्त्री
समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा "के"को नाउँ थिए?
शैतान
ईश्वर-निन्दा
त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा "को" छक्क परेर त्यस पशुको पछिपछि लाग्यो?
पृथ्वी
मानिस
विश्वासी
त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो
ठीक
बेठीक
अनि त्यसलाई सन्तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्यसलाई "के" दिइयो?
अधिकार
मौका
शक्ति
त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्?
ठीक
बेठीक
अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका "केमा" छाप लगाउन लायो?
दाहिने हात वा निधारमा
देब्रे हात वा निधारमा
बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
ठीक
बेठीक
अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें? उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।
बेठीक
ठीक
सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका "कस"ले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो?
विश्व्सी
एक लाख चवालीस हजार
तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्।
को हरु हुन्?
विश्वासी
एक लाख चवालीस हजार
धर्मगुरुहरु
तिनले चर्को सोरमा भने, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि "के" आएको छ? स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।”
उहाँका इन्साफको घड़ी
उहाँको हर्ष को दिन
यसरी बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, अनि पृथ्वीको "के" भयो?
कटनी
नाश
न्याय
ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीका "के"को फसल जम्मा गरे, र त्यसलाई परमेश्वरका क्रोधको ठूलो दाख-कुण्डमा फालिदिए?
अंगूर
नेभारा
अन्जीर
सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र "कति" किलोमिटरसम्म फैलिएको थियो?
तीन सय साठी
तीन सय तीस
तीन सय
