NEW
Font size
Worksheetsशिक्षक सेवा आयोग (पहिलो पत्र) ००१
Total questions: 50
Worksheet time: 41mins
१. विश्व जनसंख्या दिवस कहिले मनाइन्छ ?
जुलाइ ११
जुन ११
मे २२
सेप्टेम्बर ८
२. अस्तव्यस्त (jumbled) अंग्रेजी अक्षर 'SOINE' लाई अर्थपूर्ण शब्द बनाइ त्यसको विपरितार्थक शब्द तलका मध्ये कुनचाहीँ हो ? पत्ता लगाउनुहोस् ।
ANGER
WORRY
PEACE
HAPPY
३. शास्त्रिय सम्बन्धन सिद्धान्तमा उद्धिपकको पहिचान गरेर फरक व्यवहार वा प्रतिकृया जनाउनुलाई के भनिन्छ ?
सामान्यिकरण
विभेदिकरण
स्वतःस्फूर्त प्राप्ति
विलोपन
४. गाउँपालिका र नगरपालिका बराबर भएका जिल्लाहरू कतिवटा छन् ?
५ वटा
६ वटा
७ वटा
८ वटा
५. Hill Station of Nepal भनेर कुन प्रदेशलाई चिनिन्छ ?
महाभारत प्रदेश
चुरे प्रदेश
भावर प्रदेश
मध्यभुमी
६. नेपालको राजगद्धीमा बस्ने प्रथम नारी शासक को हुन् ?
देवलदेवी
नायकदेवी
राजल्लदेवी
राजेन्द्रलक्ष्मी
७. देहायका मध्ये नेपालमा चलेको त्रयी शासन कुन राजासँग सम्बन्धित छ ?
नरेन्द्रदेव
यक्ष मल्ल
प्रताप मल्ल
रणबहादुर शाह
८. औद्योगिक क्षेत्र सम्बन्धमा कुन भनाइ गलत छ ?
पहिलो औद्योगिक क्षेत्र बालाजु औद्योगिक क्षेत्र
सबैभन्दा सानो औद्योगिक क्षेत्र धनकुटा
सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हेटौँडा
सबैभन्दा बढी व्यक्तिलाई रोजगारी दिने औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्र
९. तलका भनाइ बारे बिचार गर्नुहोस्
1. निर्माणाधिन पोखरा विमानस्थलको धावनमार्ग उत्तर दक्षिण रहेको छ ।
2. यसको निर्माण गर्ने जिम्मा जापानिज कम्पनीले लिएको छ ।
दुबै सही
दुबै गलत
1 सही
2 सही
१०. "For a long planet" नारा कुन संस्थाको हो ?
UNDP
WWF
CITES OUT
IUCN
११. Photo voltaic cell भन्नाले केलाई बुझाउँछ ?
घरेलु सौर्य विद्युत प्रणाली
सौर्य उर्जा
जलविद्युत
गोबर ग्याँस
१२. सार्क उद्योग बाणिज्य महासंघको स्थापना कहिले भएको हो ?
सन् १९९४
सन् १९९५
सन् १९९६
सन् १९९७
१३. संयुक्त राष्ट्रसंघले शान्ति स्थापना गर्न सबैभन्दा बढी खर्च गरेको देश कुन हो ?
लेबनान
बुरूण्डी
हाइटी
कम्बोडिया
१४. नेपालमा किसान सुचिकरण राष्ट्रिय अभियानको सुरुवात कहिले देखि भएको हो ?
२०७७ फागुन २२
२०७७ फागुन २३
२०७७ फागुन २४
२०७७ फागुन २५
१५. शदाब्दीकै लामो चन्द्रग्रहण कुन मितिमा लागेको थियो ?
बि.सं. २०७८ मंसिर ३
बि.सं. २०७८ मंसिर ४
बि.सं. २०७८ मंसिर ५
बि.सं. २०७८ मंसिर ६
१६. देहायका मध्ये आर्जित प्रेरक कुन हो ?
यौन
पिडा
पुरस्कार
डर
१७. सबैको सिकाइ आवश्यकतालाई जोड दिइ निर्माण गरिने पाठ्यक्रम कुन हो ?
विषयकेन्द्रित पाठ्यक्रम
क्रियाकलाप केन्द्रित पाठ्यक्रम
मुख्य पाठ्यक्रम
सुषुप्त पाठ्यक्रम
१८. नवजात अवस्थामा Period of Partunate भन्नाले के बुझिन्छ ?
जन्मपछि नाल नकाटुन्जेलको अवस्था
नाल काटी सकेपछिको अवस्था
नाल काटी सकेपछि २ महिनासम्मको अवस्था
जन्मपछि २ हप्तासम्मको अवस्था
१९. लम्बिय विधि कसले प्रतिपादन गरेका हुन् ?
टरम्यान
सर्ले
टेम्प्लीन
अलेन ए स्टोन
२०. नेतृत्व विकास शिक्षाको कुन कार्यसँग सम्बन्धित हुन्छ ?
राष्ट्रिय कार्य
सामाजिक कार्य
व्यक्तिगत कार्य
प्रगतिशिल कार्य
२१. राष्ट्रिय शिक्षा नीति कहिले स्वीकृत गरियो ?
वि.सं. २०७६ मंसिर १८ गते
वि.सं. २०७६ भदौ १८ गते
वि.सं. २०७६ माघ १८ गते
वि.सं. २०७६ कात्तिक १८ गते
२२. विद्यार्थीका सिकाइ तथा व्यवहारका समस्या पहिचान गरेर मार्ग निर्देशन र सल्लाह सेवा प्रदान गर्ने कार्य कुन मनोविज्ञानले गर्दछ ?
उपचारात्मक मनोविज्ञान
सिकाइ मनोविज्ञान
विकासात्मक मनोविज्ञान
शिक्षण शास्त्र
२३. यदि हरेक पाचौँ सहि प्रतिकृयालाई पुनर्बल प्रदान गरिन्छ भने त्यो कस्तो पुनर्बल हो ?
समयान्तर पुनर्बल
अनुपातिक पुनर्बल
सकारात्मक पुनर्बल
सहायक पुनर्बल
२४. "नियम निर्माण सिकाई स्थानान्तरणको हो ।" यो भनाइ स्थानान्तरणको कुन सिद्धान्तमा आधारित छ ?
मानसिक अनुशासनको सिद्धान्त
समान तत्वको सिद्धान्त
सामान्यिकरणको सिद्धान्त
साझा र विशिष्ट तत्वको सिद्धान्त
२५. शास्त्रिय सम्बन्धन सिकाइमा बानी निर्माण गर्दा पहिलो चरणमा कुन कार्य गर्नुपर्छ ?
उपयुक्त उत्तेजनाको छनोट
राम्रो बानीको विपरितको बानीलाई उपयोग गर्ने अवसर नदिनु
उत्तेजना र प्रतिकृया सम्बन्धलाई दोहोर्याउनु
विद्यार्थीलाई राम्रो बानी बारे परिचित गराउनु
२६. हिल्डा टावाका पाठ्यक्रम विकासका चरणमा बिषयबस्तुको छनोट पछि कुन कार्य गरिन्छ ?
उद्धेश्यको निर्माण
विषयबस्तुको संगठन
सिकाइ अनुभवको संगठन
मूल्याङ्कन
२७. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले पाठ्यक्रममा समावेश पद्धतिका लागि लक्षित समुहमा देहायको कुन समुह समावेश छैन ?
विकट हिमाली क्षेत्रका बालबालिका
महिला
दैवी प्रकोप पिडित बालबालिका
कामदार वा मजदुरका बालबालिका
२८. दैनिक पाठयोजनामा प्रयोग गरिने उद्देश्यमा तलका कुन क्रियापद उपयुक्त मानिदैन ?
सुची तयार गर्न
परिभाषा दिन
जानकारी पाउन
फरक छुट्याउन
२९. शिक्षक केन्द्रित विधि तलका मध्ये कुन हो ?
सुक्ष्म शिक्षण विधि
मुल्य वर्गिकरण विधि
प्रदर्शनी विधि
प्रदर्शन विधि
३०. आधारभुत शिक्षा पाठ्यक्रम (कक्षा ६–८) २०७७ ले आन्तरिक मूल्याङ्कनलाई कति प्रतिशत भार दिने व्यवस्था गरेको छ ?
३० प्रतिशत
५० प्रतिशत
२० प्रतिशत
४० प्रतिशत
३१. कुनै एउटा कक्षामा एउटै मात्र शिक्षकले सम्पूर्ण विषयको पठनपाठन गर्ने शिक्षणलाई के भनिन्छ ?
विषय शिक्षण
बहुकक्षा बहुस्तर शिक्षण
बहुकक्षा शिक्षण
कक्षा शिक्षण
३२. शैक्षिक अनुसन्धानले शिक्षाको ...... पक्षसँग सम्बन्ध कायम गरी नयाँ सिद्धान्तको विकासमा सहयोग पुर्याउँछ ।
दार्शनिक पक्ष
समाजशास्त्रिय पक्ष
मनोवैज्ञानिक पक्ष
माथीका सबै
३३. विशेष योग्यता, आचरण, बानी ब्यहोरा र गुणलाई ४, ५ बर्गमा बिभाजन गरी त्यस्ता गुणहरूको कति मात्रामा विकास भएको छ सोको अवलोकन चिन्ह प्रयोग गरी परीक्षण गर्ने विधिलाई के भनिन्छ ?
श्रेणी मापन विधि
संचित अभिलेख विधि
घटनाबृत्त
रूजु विधि
३४. शैक्षिक व्यवस्थापन कहिलेदेखि एउटा स्वतन्त्र विधाको रूपमा स्थापित भएको मानिन्छ ।
सन् १९५०
सन् १९६०
सन् १९७०
सन् १९८०
३५. शिक्षाको पेशागत विकासको प्रारुप २०७२ अनुसार १० दिनको तालिम अवधिमा सिकेका सीप शिक्षकले आफ्नै विद्यालयमा गएर .... दिनका अभ्यास कार्य गरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।
४५ दिन
३५ दिन
३० दिन
१५ दिन
३६. RAM लाई के भनिन्छ ?
Permanent Memory
Primary Memory
Long Memory
Read/Write Memory
३७. खोजी इन्जिन (Search Engine) तलका मध्ये कुन होइन ?
Yahoo
Alta Vista
Gawab
३८. विपन्न लक्षित छात्रवृत्तीका लागि भरिने फारम कुन कुन कक्षामा पुगेपछि प्रदान गर्ने प्रयोजनका लागि भरिन्छ ?
कक्षा ८ देखि १२ सम्म
कक्षा ८ देखि १० सम्म
कक्षा ८ र १०
कक्षा ९ र ११
३९. शैक्षिक जनशक्ति विकास केन्द्रले कहिलेदेखि रेडियो प्रशारण तथा मुद्रित सामाग्री मार्फत एस. एल. सी. सहयोग कार्यक्रम सञ्चालन शुरू गरेको हो ?
आ. ब. २०६२/२०६३
आ. ब. २०६३/२०६४
आ. ब. २०६५/२०६६
आ. ब. २०६६/२०६७
४०. साइबर अपराधबाट सुरक्षित रहन अपनाउनुपर्ने उपाय अन्तर्गत कुन महत्वपूर्ण छ ?
सत्य तथ्य जानकारी सबैका लागि खुला गर्ने
इन्टरनेटका सबै कुरामा विश्वास गर्ने
अञ्जान व्यक्तिसँग पनि सहज सम्बन्ध कायम राख्ने
जटिल प्रकृतिको पासवर्ड राख्ने
४१. नेपालको संविधान २०७२ को धारा २८ केसँग सम्बन्धित छ ?
स्वच्छ वातावरणको हक
शोषण विरूद्धको हक
गोपनियताको हक
सुचनाको हक
४२. शिक्षा ऐन २०२८ (संशोधन सहित) अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि कति बर्षको हुन्छ ?
२ बर्ष
३ बर्ष
४ बर्ष
५ बर्ष
४३. शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार संस्थागत विद्यालयको शिक्षक अभिभावक संघको कार्यकारी समितिमा कम्तीमा कति जना सदस्य हुने व्यवस्था छ ?
७ जना
९ जना
१० जना
११ जना
४४. शिक्षक सेवालाई समावेशी बनाउन स्वीकृत शिक्षक दरबन्दीमा खुला प्रतियोगिताद्वारा पूर्ती हुने शिक्षक मदमध्ये कति प्रतिशत पद खुला प्रतियोगिताका लागि छुट्याइएको छ ?
५० प्रतिशत
५५ प्रतिशत
४८ प्रतिशत
४५ प्रतिशत
४५. सामुदायिक विद्यालयको जग्गाको स्वामित्व सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन कसको अधिकार क्षेत्रभित्र पर्दछ ?
वडा समिति
गाउँ/नगर शिक्षा समिति
गाउँ/नगर पालिका
शिक्षा विकास तथा समन्वय एकाइ
४६. यदि CONTRACT बाट पहिलो, दोश्रो, चौथो, पाचौँ र छैटौँ अक्षरलाई झिकेर A बाट शुरू हुने शब्द बनाउँदा बिचमा कुन अक्षर पर्छ ?
C
T
O
R
४७. समुहमा नमिल्ने चित्र पत्तालगाउनुहोस् ।
1
2
3
4
४८. Find the missing number:
42
44
46
48
४९. दिइएको चित्रमा छुटेको भाग दिइएको कुन सही बिकल्पबाट पुरा हुन्छ ? पत्ता लगाउनुहोस् ।
५०. समुहमा नमिल्ने कुन हो ? पत्ता लगाउनुहोस् ।
चामल
काउली
मकै
गहुँ
