wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

तीन खम्बे अर्थतन्त्र

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

https://arthasansar.com/news/10663

नेपालको संविधानले कुन अर्थनीतिको मोडेललाई अंगिकार गरेको छ ?

a)

साम्यवादी

b)

पुँजीवादी

c)

मिश्रित

d)

बजारद्वारा निर्देशित

2.

तीन खम्बे नीतिमा के के समावेश हुन्छन् ?

a)

बजार, कृषि र उद्योगक्षेत्र

b)

सरकार, सहकारी र बजारक्षेत्र

c)

सरकार, सहयोग र निजीक्षेत्र

d)

सरकार, सहकारी र निजीक्षेत्र

3.

https://sahakarisanjal.com/2020-10-30-13494-sahakarinews.html

निजी, सार्वजनिक र सहकारीबाट अर्थतन्त्रलाई कता तर्फ लैजाने नीति लिएको देखिन्छ ?

a)

साम्यवाद

b)

पुँजीवाद

c)

समाजवाद

d)

साम्राज्यवाद

4.

सबैजनाको उपयोगका लागि बनाइएको, सबैलाई समान रूपले काम लाग्ने र सबैसित सम्बन्ध भएको

a)

सरकारी

b)

निजी

c)

सहकारी

d)

साझेदारी

5.

जनताबाट सङ्कलन गरिएको राजस्वमा आधारित बजेट र सो बजेट खर्च गर्ने अधिकार कुन क्षेत्रसँग हुन्छ ?

a)

सरकारी

b)

निजी

c)

सहकारी

d)

साझेदारी

6.

सीमित व्यक्तिहरूको स्वामित्व रहने कुनले क्षेत्र नाफामूलक हुने भए तापनि सामाजिक उत्तरदायित्व समेत वहन गर्नुपर्छ ?

a)

सरकारी

b)

निजी

c)

सहकारी

d)

स्थानीय

7.

सहकार्य, सहअस्तित्व र सहमतिका मान्यतामा रहेर एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तमा आधारित तथा स्थापित संस्था कुन हो ?

a)

सरकारी

b)

निजी

c)

सहकारी

d)

साझेदारी

8.

सहकारीताका सात सिद्धान्तमा नपर्ने कुन हो ?

a)

स्वैच्छिक तथा खुला सदस्यता

b)

प्रजातान्त्रिक नियन्त्रण

c)

सदस्यहरूबाट आर्थिक सहभागिता

d)

मुनाफा, प्रतिस्पर्धा र नेतृत्व

9.

सहकारीले के के गर्छ ?

a)

स्थानीय जनतालाई बचत गर्ने बानीको विकास गराउने

b)

निजी क्षेत्र समग्र आर्थिक वृद्धिको संवाहकको रूपमा रहने

c)

समुदायको ससानो पुँजीलाई समुदायमै लगानी गर्न प्रोत्साहन गर्ने

d)

निजी क्षेत्रसँग सम्बन्धित नीति नियम तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने

10.

निजी क्षेत्रले के के गर्छ ?

a)

सार्वजनिक स्रोतको परिचालन गर्ने

b)

मुलुकको आर्थिक वृद्धि, राजश्व सङ्कलन र उद्यमशीलता वृद्धिमा योगदान गर्ने

c)

सामाजिक न्यायसहितको आर्थिक प्रणालीको निर्माण गर्ने

d)

उद्योग, व्यापार, पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन गर्ने,

11.

देशका सबैभन्दा ठूला र बृहत् प्रभाव पार्ने आयोजना एवम् कार्यक्रम कार्यान्वयन कुन सरकारले गर्छ ?

a)

संघीय

b)

प्रदेश

c)

स्थानीय

d)

विदेशी

12.

आफ्नो क्षेत्र भित्रका विद्यालयहरूको व्यवस्थापन, स्वास्थ्यचौकीहरू, कृषि तथा पशुपालन, पूर्वाधार निर्माण जस्ता क्षेत्रमा कुन सरकारले लगानी गर्छ ?

a)

संघीय

b)

प्रदेश

c)

स्थानीय

d)

विदेशी

13.

सरकार उपस्थित हुन नसक्ने र निजी क्षेत्र आकर्षित नहुने सामाजिक व्यवसायको मर्मअनुसार आधारभूत क्षेत्रमा वस्तु तथा सेवा प्रवाहलाई सुनिश्चित गर्न कसको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ ?

a)

संघीय सरकार

b)

प्रदेश सरकार

c)

स्थानीय सरकार

d)

सहकारी

14.

विप्रेषण आयका सकारात्मक पक्षहरूमा कुन होइन ?

a)

उत्पादनमुखी कार्यमा सङ्कुचन हुँदै जानका साथै अनौपचारिक कारोबार र अनुत्पादक क्षेत्रमा लगानी बढ्न गएको

b)

 ठुलो सङ्ख्यामा श्रमवजारमा प्रवेश गर्ने बेरोजगार युवाहरूलाई विप्रेषणको माध्यवाट थप नयाँ रोजगारी सिर्जना गर्न सहयोग पुगेको

c)

नेपालमा अत्यधिक मात्रामा रहेको गरिब घरपरिवारको जीवनस्तरमा सुधार ल्याउन उल्लेख्य भूमिका रहेको

d)

 विकास अनुदान तथा प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकाले नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधार रहेको

15.

कुन चाहीँ विप्रेषणको नकारात्मक पक्ष हो ?

a)

बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन र निजी क्षेत्रको कर्जा प्रवाहमा विप्रेषणले महत्त्वपूर्ण योगदान पुर्‍याएको

b)

लामो समय सम्म रोजगारीको सिलसिलामा विदेशमा रहनुपर्ने हुँदा सामाजिक चालचलन तथा पारिवारिक सम्बन्धमा समेत उतार चढाव आउने गरेको

c)

 विभिन्न वैदेशिक रोजगार बचतपत्र, शेयर तथा ऋणपत्रमा लगानी गरी पुँजी परिचालन गर्न सहयोग पुगेको

d)

 बढ्दो व्यापार घाटाका कारण चालु खाता ऋणात्मक रहेको हालको अवस्थामा बाह्य वित्तको महत्त्वपूर्ण स्रोत विप्रेषणले शोधानान्तर स्थिति र विनिमय सञ्चितिमा सकारात्मक योगदान पुर्‍याएको