wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Social & Soft Skills Class 11

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

आविष्कारहरु के कारणले सम्भव भएका हुन् ?

a)

इच्छा

b)

आवश्यकता

c)

लोभ

d)

सिर्जना

2.

उपलब्ध स्रोतसाधनको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहारलाई के भनिन्छ ?

a)

मितव्ययी जीवनशैली

b)

फजुल खर्ची बानी

c)

भड्किलो जीवनशैली

d)

विलासी जीवनशैली

3.

तलका मध्ये कुन कुरा सही छ ?

a)

पैसा कम महत्वपूर्ण र सीमित साधन हो ।

b)

पैसा एक महत्वपूर्ण र असीमित साधन हो ।

c)

पैसा सीमित तर अनावश्यक साधन हो ।

d)

पैसा एक महत्वपूर्ण तर सीमित साधन हो ।

4.

हाम्रा असीमित आवश्यकता सीमित धनले एकैपटक पूरा गर्न असम्भव हुनाले आवश्यकताको ‍‍‍‍.............. गर्नुपर्छ ।

a)

परिपूर्ति

b)

बेवास्ता

c)

प्राथमिकीकरण

d)

सदुपयोग

5.

कुन बानीले मितव्ययी जीवनशैली अपनाउन सहजता प्रदान गर्छ ?

a)

धन सञ्चय गर्ने

b)

धन खर्च गर्ने

c)

विलासी वस्तु खरिद गर्ने

d)

आवश्यकताहरुलाई वास्ता नगर्ने

6.

मितव्ययी रूपमा जीउने कला भएको व्यक्तिले के गर्दैन ?

a)

खर्चलाई लगानी बनाउने

b)

हरेक वस्तुको अर्थपूर्ण उपयोग

c)

तत्कालिन सीमित फाइदामा ध्यान केन्द्रित

d)

वस्तु र सेवाको उचित मूल्याङ्कन

7.

विना योजना धन खर्च गरे के हुन्छ ?

a)

सामाजिक प्रतिष्ठामा बढोत्तरि

b)

तनावमा कमि

c)

दिनचर्या व्यवस्थित

d)

खर्चको दुरुपयोग

8.

उपभोगको प्रवृत्ति किन दिनानुदिन बढेको हो ?

a)

माैलिक संस्कृतिको विस्तार

b)

विप्रेषणको उचित उपयोग

c)

अरूको नसिक्ने बानी

d)

साथीसङ्गतको प्रभाव

9.

वैदिशिक व्यापार घाटा किन चुलिएको हो ?

a)

आयातको घट्नाले

b)

स्वदेशी उत्पादनमा ह्रासले

c)

निर्यात बढ्नाले

d)

स्वदेशी उत्पादन बृध्दिले

10.

कुन चाहीँ नकारात्मक वा हानिकारक कुरा होइन ?

a)

आवश्यकता भन्दा बढी उपभोग

b)

आयातित संस्कृतिमा ह्रास

c)

दुर्व्यसनको लत

d)

माैलिक संस्कृति माथि सङ्कट

11.

कुन चाहीँ आर्थिक व्यवस्थापनको सहज र व्यावहारिक उपाय होइन ?

a)

भड्किला कार्यक्रम वा गतिविधि नगर्ने

b)

फजुल खर्च नियन्त्रण गर्ने

c)

विलासी वस्तुको उपभोग नगर्ने

d)

आवश्यक काममा भन्दा अन्यत्र खर्च गर्ने

12.

कुन चाहीँ आर्थिक व्यवस्थापनको सहज र व्यावहारिक उपाय हो ?

a)

आम्दानी र खर्चको नियमित हिसाब राख्ने

b)

उद्यमशीलता प्रति उदासिनता राख्ने

c)

वित्तीय साक्षरताको बेवास्ता गर्ने

d)

धक फुकाएर मनलागेको खर्च गर्ने

13.

आर्थिक व्यवस्थापन नगरेमा के हुन्छ ?

a)

उद्यमशीलताको विकास

b)

बेरोजगारी बढ्छ

c)

जीवनस्तर सुध्रन्छ

d)

सफलता हासिल हुन्छ

14.

स्वतन्त्र रूपले आफ्ना लागि केहि काम गर्ने माैका प्राप्त भएको समयलाई के भनिन्छ ?

a)

उद्यमशील समय

b)

अनावश्यक समय

c)

फुर्सदिलो समय

d)

मनोरञ्जनको समय

15.

कुन चाहीँ खेलकुदको फाइदा होइन ?

a)

तनाव हटाउने

b)

तन्दुरुस्ती कायम गर्ने

c)

सामाजिकीकरणमा सहयोग गर्ने

d)

अनावश्यक कुरामा ध्यान जाने

16.

फुर्सदको समय कुन काममा लगाउनु हुदैन ?

a)

खेलकुद

b)

मनोरञ्जन

c)

भविष्यको चिन्ता

d)

निद्रा

17.

निद्राको कमीले कुन समस्या देखिँदैन ?

a)

आलश्यता

b)

धेरै बोल्ने

c)

सिर्जनशीलतामा ह्रास

d)

शरीरको ताैल घटबढ

18.

श्री श्री रविशङ्करजीले प्रतिपादन गर्नुभएको ध्यान कुन हो ?

a)

सक्रिय ध्यान

b)

विपश्यना

c)

सुदर्शन क्रिया

d)

पञ्चकोश

19.

ध्यानको फाइदा कुन हो ?

a)

शान्त र निश्चिन्त मन

b)

समाजदेखि एक्लो हुने

c)

अरूलाई आफ्नो वशमा राख्न सकिने

d)

कुनैपनि ईच्छाहरू पुरा गर्न सकिने

20.

एड्रेनल ग्रन्थि कहाँ हुन्छ ?

a)

निधारको बीचमा

b)

किड्नीभन्दा थोरै माथि

c)

फोक्सोहरुको बीचमा

d)

घाँटीमा